© २०२३
रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई टेवा पु¥याउने र नेपालीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कतिपयको भनाइ छ । कतिपयले भने रेमिट्यान्सले परिनिर्भरता सिन्ड्रोम अर्थात अर्थतन्त्र बाह्य प्रभावमा अत्यधिक निर्भर हुने गरेको बताउँछन । रेमिट्यान्स नेपालको लागि वरदान हो कि अभिषाप थाहा पाउनको लागी रेमिट्यान्सको बारेमा जान्नुपर्छ । रेमिट्यान्स शब्द रेमिट शब्दबाट आएको हो जसको अर्थ फिर्ता पठाउनु हो । रेमिट्यान्स भनेको सामान्यतया विदेशमा बसोबास गरेको एक पक्षबाट अर्को पक्षलाई हस्तान्तरण गरिएको वा पठाइएको रकमलाई जनाउँछ र रेमिट्यान्स भनेको प्रायः विदेशी कामदार, डायस्पोरा समुदायको सदस्य, विदेशमा पारिवारिक सम्बन्ध भएका नागरिकले आफ्नो देश वा गृहभूमिमा रहेका ब्यक्तिलाई पैसा हस्तान्तरण गर्ने कार्य हो । श्रमिकको रेमिट्यान्स अन्तर्राष्ट्रिय पुँजी प्रवाहको एक महत्वपूर्ण हिस्सा हो । विशेषगरी श्रम निर्यात गर्ने देशहरूको सन्दर्भमा विश्व नीतिगत परिवर्तन र नेपालले स्वतन्त्र बजार अर्थन्त्र अपनाएपछि विश्व श्रम बजारमा नेपाली प्रवेश गर्ने प्रवृत्ति बढेको छ । फलस्वरूप विगत दुई दशकमा श्रम आप्रवासन दरमा तिव्र वृद्धिका कारण रेमिट्यान्स आप्रवाहन उल्लेख्य वृद्धिका कारण रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्दि भएको छ ।
रेमिट्यान्सको अवस्था :
चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको नेपालको आर्थिक सर्वेक्षण अनुसार रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि भई रु ९ खर्व ६१ अर्व र २२ करोड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०८०/८१ मा रेमिट्यान्सको हिस्सा नेपालको कुल ग्राहस्थ उत्पादनको २५.१९ प्रतिशत थियो । तसर्थ, माथिको तथ्याङ्कबाट हामीले देख्न सक्छौ कि रेमिट्यान्स नेपालको कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा ओगटेको छ । त्यसैले रेमिट्यान्स नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्न सकिन्छ । रेमिट्यान्स रोक्ने हो भने हामीले नेपालको अर्थातन्त्रको बारेमा कल्पना पनि गर्ने सक्दैनौ । उदाहरणका लागि श्रीलंकाको कुल जिडिपीमा २०१९ अघि १५ प्रतिशत पर्यटनले योगदान गरेको थियो तर कोभिड १९ महामारी र २०१९ मा भएको बम विष्फोट घटनाका कारण श्रीलका भ्रमण गर्ने पर्यटकहरू लगभग ठप्प भएको थियो र श्रीलंकामा भ्रष्टाचारको स्तर पनि उत्कर्षमा पुग्दा पर्यटन क्षेत्रमा ठूलै लगानी भएको थियो । फलस्वरूप मूल्यवृद्धि वा मुद्रास्फीति बढ्दै गएपछि श्रीलंकाको आर्थिक अवस्था झन् खराब हुँदै गयो । १५ प्रतिशत जिडिपीमा प्रत्यक्ष असर पर्दा श्रीलंकाको आर्थिक अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा पुगेको छ भने नेपालको २५ प्रतिशत भार बोकेको रेमिट्यान्स रोक्ने हो नेपालमा पनि त्यस्तै परिणाम आउन सक्ने देखिन्छ । रेमिट्यान्सको सकारात्मक पक्षको बारेमा कुरा गर्दा यसले स्वदेश वा नेपालमा बसोवास गर्ने परिवारका सदस्यको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ भन्न सकिन्छ र यसले नेपालको गरिबी दर घटाउन मद्दत गरेको छ । सन १९९५/९६ मा नेपालको गरिबी दर ४२ प्रतिशतको हाराहारीमा थियो तर विप्रेषण गरिबी निवारणको एउटा कारक भएकोले गरिबी दर घटेर २०१०/११ म २५.२ प्रतिशत र २०११ मा १७.४ प्रतिशत भयो । त्यसैले गरिबी निवारणमा र जीवनस्तरमा बृद्धि गर्न रेमिट्यान्सले मद्दत गर्छ । यो बाहेक रेमिट्यान्सले नेपालको विदेशी मूद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुयाउँछ जसले देशको भुक्तानी सन्तुलनलाई स्थिर बनाउन मद्दत गर्छ । साथै रेमिट्यान्स घरेलु उपभोगलाई उत्प्रेरित गर्छ र नेपालको आर्थिक वृद्धिमा योगदान पुप्याउँदै विभिन्न क्षेत्रमा लगानी गर्न सहयोग गर्छ । अब रेमिट्यान्सको बेफाइदाको कुरा गर्दा यसले कृषि , उद्योग, पर्यटन लगायत क्षेत्रमा जनशक्तिको अभाव सिर्जना गर्छ । नेपाल कृषि प्रधान देश भएपनि अधिकांश खेतियोग्य जमिन बाँझो भई बसेको छ र अर्कोतर्फ खाद्यान्न आयात गर्नुपर्छ जसको कारणले गर्दा नेपालले उच्च व्यापार घाटाको सामना गर्नुपर्ने अवस्था छ ।
रेमिट्यान्सको उपयोग :
लगभग २८ प्रतिशत रेमिट्यान्स बचतमा प्रयोग गरिन्छ । लगभग २५.३ प्रतिशत विभिन्न प्रकारको ऋण तिर्नमा प्रयोग गरिन्छ । लगभग ३३.५ प्रतिशत घरायसी खर्चमा प्रयोग गरिन्छ । लगभग ९.७ प्रतिशत स्वास्थ्य र शिक्षामा प्रयाोग गरिन्छ । विवाह र सामाजिक कार्यमा लगभग ३.५ प्रतिशत प्रयोग गरिन्छ । सम्पत्ति खरिदमा लगभग ३ प्रतिशत प्रयोग गरिन्छ । उत्पादन क्षेत्रमा लगभग १.१ प्रतिशत प्रयोग गरिन्छ । अरू क्षेत्रमा लगभग ५.९ प्रतिशत प्रयोग गरिन्छ ।
तसर्थ माथिको तथ्याङ्कबाट हामीले देख्न सक्छौ कि रेमिट्यान्स २८ प्रतिशत मात्र बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा प्रयोग भएको छ । धेरैजसो रेमिट्यान्स उपभोक्ता र ऋण तिर्ने उद्देश्यका लागि प्रयोग गरिन्छ । फलस्वरूप यसले आर्थिक स्थिरता निम्त्याउन सक्छ किनभने दिगो विकास र विकासका अवसरहरू गुमाएर आयातमा थप निर्भरता सिर्जना गर्दछ । यसवाहेक रेमिट्यान्सले नेपालमा ब्रेन ड्रेन निम्त्याउँछ किनभने धेरै दक्ष र प्रतिभाशाली कामदारहरू राम्रो अवसरहरूको खोजीमा विदेश पलायन हुन्छन । जसले मानव पुँजी गुमाउने र घरेलु विकासमा बाधा पु¥याउँछ । साथै आफ्नो परिवारको राम्रो जीवनको खोजीमा विदेश गएका नेपालीको मृत्यु भएको धेरै देख्न र सुन्नु परेको छ । त्यसैले रेमिट्यान्समाथिको भारी निर्भरताले सिन्ड्रोम सिर्जना गर्न सक्छ । अर्थतन्त्रमा बाह्य प्रभाव अत्याधिक निर्भर हुन्छ जसले यसलाई विश्वव्यापी आर्थिक अवस्थाहरूमा हुने उतार चढावको लागि कमजोर बनाउँछ । तसर्थ नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदानलाई सन्तुलनमा राख्नुपर्छ ताकी त्यसलाई रोकिँदा अर्थतन्त्रमा कुनै खतरा नहोस् । साथै रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा स्वतन्त्र अर्थतन्त्र निर्माण गर्ने आर्थिक बृद्धीदर बढाउन हाम्रो आफ्नो देश नेपालमा रोजगारी सिर्जना प्रयोग गरिनुपर्छ र उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको प्रयोलाई प्रवद्र्धन गर्ने विभिन्न नीति प्रवद्र्धन र सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ ।
ख