© २०२३
काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् ।
संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका हुन् ।
सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन् ।
उनले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए । उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
उनले भने आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।
सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।