ट्रेंडिंग:

>> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र >> नक्कली सवारी चालक अनुमति पत्र बनाएर मासिक ३ करोड ठगी >> यातयात कार्यालय बाँकेका चार जना पक्राउ

मार्सी र मेरो साइनो

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

वसन्त पोखरेल

गाई भैँसी किन्दा रूप हैन, थुन हेर्नुपर्छ । कल्चौँडो हेर्नुपर्छ । त्यसको गुन हेर्नुपर्छ । बाबाले भैँसी किनेर ल्याउँदा मैले भैँसीको रूप राम्रो लागेन भनेर प्रश्न उठाएपछि उहाँले यो जवाफ दिनु भएको थियो । हुन पनि भैँसी हेर्दा वास्तवमा त्यसको दुध नै नखाउँ कि जस्तो थियो । सिंगहरू तेर्छाेबाट बढ्दै भुइँतिर निहुरिएर फेरि आकाशतिर निस्केका थिए । सर्लक्कको ज्यान नभएर डल्लो परेको थियो । बसेको अवस्थामा उसले सिंगको शिरानी हालेको हुन्थ्यो । घरको पुरानो भैँसी कति राम्रो थियो । गोरो, घाँटीमा कण्ठ भएको, जसलाई पनि ज्यानमा बस्न दिन्थ्यो, दुहुन दिन्थ्यो । नुहाइदियो भने सफा देखिने, सर्लक्कको ज्यान भएको थियो । बोलायो भने वाँ..एँ गथ्र्यो । त्यस्तो भैँसीका अगाडि बाबाले ल्याएको त्यो कुरूप भैँसी एकै भकारोमा राख्न नसुहाउने खालको थियो । भएन भनेर हामी केटाकेटीलाई राता आँखा बनाएर हेथ्र्यो । नजिक जान डर लाग्थ्यो । सिंग नआएको हुँदा पाडी भने राम्रै देखिन्थ्यो । त्यसलाई दुहुने काम बाबा आफैले गर्नुहुन्थ्यो । मैले त यहाँसम्म पनि भनेँ कि दुईओटा भैँसीको दूध अलग अलग कुँडाइमा तताए हुन्छ ।
साउनमा ल्याएको त्यो भैँसी असौजमा फाँट खुल्थ्यो, चर्न जाँदा चिदी खेतको हिलोमा गाडिएछ । चिदीको फाँटमा भैँसीले खाने घाँस हुन्थ्यो । पहिले देखि चर्दै आएको भए सायद कहाँकहाँ चर्ने भन्ने मेसो पाउने थियो । त्यसले मेसै पाएन । चिदीको हिलोमा मुण्टो र अलिकति ढाड बाहेक सबै डुबेछ । रातीको अँध्यारोमा फाँटमा देखिने कुरा भएन । भोलिपल्ट बिहानमात्र कसैले देखेर खबर गरे । आमालाई नदेखेर पाडी कराएर रातभरी सुत्न पाइएन । खान त घाँस दाना खायो । अर्को भैँसीको दुध पनि दुहेर खुवाइयो । तर, यति धेरै करायो कि टिठ पनि लागेर आयो । भोलिपल्ट मान्छे जुटाएर बाँसका घारा, फलियाहरू, फरुवा, कोदाली लिएर भैँसी निकाल्न जानुप¥यो । दश बाह्रजना मानिसहरू गयौँ चिदी खेतमा । आधा घण्टा लगाएर बडो मुस्किलले निकालियो । त्यतिबेला त्यसका सिंगले निकाल्नको लागि केही मद्दत ग¥यो । त्यसपछि सुरुसुरु हिँडेर भैँसी घरमा आयो । त्यो दिन भने मलाई भैँसीप्रति टिठ लागेर आयो । कुँडो पकाएर ख्वाएँ । दुध दुहेँ । मेरो त्यसलाई हेर्ने स्वभाव नै बदलियो ।
चिदी खेतमा धानबाहेक अरू उत्पादन हुन्थेन । वास्तवमा त्यो सिमसार क्षेत्र भित्र पर्छ । सबैको खेतको लालपूर्जा छ । त्यहाँ अलिकति लालपूर्जावाला खेत हाम्रो पनि थियो । धान काट्न जाँदा त्यहाँ टेक्नको लागि आधार चाहिन्छ । काट्दै काठका फलिया सार्दै त्यसमाथि टेक्दै अगाडि बढ्नुपर्छ । धानका पाँजा हिलोमा राख्न मिल्थेन । कसको ओभानो खेत नजिक छ त्यहाँ ल्याउने र सुकाउने हो । धेरैले त्यसै गर्थे । एकपटक धान काट्दै गर्दा फलियाको सन्तुलन डग्मगायो । हिलोमा टेक्न पुगेँ । खुट्टा भासियो । त्यहाँ यस्तो दलदल रहेछ कि खुट्टा त आफ्सेआफ गड्दै गए । माथि निस्कन मैले जोड गर्थेँ । तर, त्यो जोडवल हिलोको लागि मलाई तल धकेल्ने बाटो पो बन्दोरहेछ । हेर्दा हेर्दै कम्मर, पेट, छाती, हुँदाहुँदा घाँटी नै हिलोले छोयो । तर, पनि गोडाले साह्रो खालको माटो भेट्न सकेन । त्यतिबेला मेरो उचाइ सायद चार फिटको थियो होला । अहिले पाँच फिट छ इञ्चीको छ । बैदार कान्छा दाइले फलियामा टेकेर हात समाएर मेरो उद्धार गरेका थिए । उनले सायद ढीलो गरेका हुन्थे भने म त्यहि चिदीको सिमसारभित्र नरकंकाल बन्ने थिएँ ।
धानको कुरा गरौँ । अरूको खेतमा आफ्नो धानको पाँजा सुकाउँदा कहिलेकाहिँ आफ्नो पाँजा कुन हो भन्ने छुट्टाउन समस्या हुन्थ्यो । किनभने सबैको धान काट्ने बतेली एकैचोटी हुन्थ्यो । सबैको समस्या पनि एउटै खालको थियो । खेतैभरी धानका पाँजैपाँजा सुकाइएका हुन्थे । कुन धान कसको हो छुट्टाउन सकस पथ्र्यो । कसैले त यस्तो समस्या नआओस् भनेर आफ्नो पाँजामा केही न कुनै चिनो राख्थे । कसैले घाँसको मुठा राख्थे । कसैले सिमलीका हाँगा राख्थे । कसैले घरबाटै बाँसको लिंगो लैजान्थे चिनो राख्नको लागि । कसैले त कपडाका टालाटुली पनि लैजान्थे । हामीले घरबाट बाँसका सानासाना लिँगा लिएर जान्थ्यौँ । बेलाबेलामा त्यसरी सुकाएका पाँजाहरू बेपत्ता हुन्थे । राती धान चोर जाँदोरहेछन् । खेतमै माडेर बोराका बोरा धान लैजाँदा रहेछन् । नजिकका बाठाहरूले त मेरो पाँजा यो हो भनेर नमाडिएको धान माडेर ल्याउँथे । टाढाका सोझा सिदा मानिस मर्कामा पर्थे । त्यस्तै मर्कामा एकसाल हामी पनि प¥यौँ । आफ्नो पाँजा यहि गरामा थियो भन्ने लाग्छ । तर, अर्कोले यो त मेरो हो भन्छ । धमाधाम झटाइ गर्छ । यस्तै पाँच मुरीजति धान आउँथ्यो । एक बर्ष त्यो गुमाउनु प¥यो । सिमसार खेतमा मात्र आएको समस्या हो त्यो । अरू खेतमा यो समस्या आउँथेन ।
प्युठानको त्यो फाँटमा सँधै जेठमा धान रोप्ने र भदौमा काट्ने गरिन्थ्यो । सबैले मार्सी धान रोप्थे । अहिले धानको प्रजाति फेरिएको छ । जुन धान बढीमात्रामा फल्छ त्यसको खेती गरिन्छ । मार्सी धान त लगभग लोप भई सकेको छ । केही बर्ष अगाडि प्युठान गएको बेला कता पाइएला मार्सी धानको चामल भनेर निकै खोजी गरियो । दुई सय नै किलोलाई किन नपरोस् दुई चार किलो मार्सी चामल ल्याउनु पर्ला भनेको थिएँ । तर, सफल हुन सकिएन । धान त लोप भई सकेछ । कतिपय नयाँ, युवा पिँढीका मानिसले त मार्सी धानको नाम पनि भुलिसकेछन् । धन्न गएको बर्ष जुम्लाको मार्सी धानको चामल बुटवलको ब्यापार मेलामा राखेको रहेछ दुई सय रूपैयाँ किलोको भाउमा । त्यहाँबाट दुई किलो जति ल्याएको थिएँ । मज्जाले खिर पकाएर खाइयो । मार्सी चामल वास्तवमै खिर पकाउनको लागि प्रकृतिले उत्पादन गरेको हो भन्ने लाग्छ । मार्सी चामलसँग मेरो अर्को साइनो के छ भने मेरो भात खुवाइ कार्यक्रम नै मार्सी चामलबाट भएको थियो । अरू प्रजातिका चामल नै त्यहाँ उत्पादन हुन्थेनन् । जता हेर्यो मार्सी, जहाँ गयो मार्सी । घरै पिँडालु, बनै पिँडालु, ससुराली गयो बाह्र हातको पिँडालु भन्ने उखानजस्तै थियो मार्सीको उपलब्धता । मेरो मुखमा पहिलो दाना त्यहि मार्सी चामलको दाना परेकोले त्यससँग न्यानो मायाँ गाँसिएको छ । आत्मीय सम्बन्ध गाँसिएको छ । जैविक सम्बन्ध गाँसिएको छ । म जिउँदै छु । तर, मार्सी धान फाँटबाटै मृत्युशैयामा पुगिसकेछ ।
क्वाडीको त्यो हाम्रो भैँसी भासिएको, म आफै भासिएको सिमसार खेतलाई सिमसार क्षेत्र घोषणा गर्ने र संरक्षण गर्ने हो भने सायद प्युठानमा एउटा नयाँ आयाम थपिने थियो । त्यहाँ अनेक प्रजातिका चराहरू आउँछन् । आहार टिप्छन् । भदौ लाग्ने बेलामा उत्तरतिरबाट कर्यांग कुरुंग गर्दै तालचराहरू आउँछन् र केही दिन सुस्ताउँछन् । साइबेरियन चराहरू त आउँथे आउँथेनन् थाहा भएन, तर, त्यो सिमसार खेतमा चराहरू नबसेको कुनै बेला छैन । त्यहाँमात्र सिमसार छैन, टाहारीमा पनि सिमसार खेत छ । यी सबै सिमसार क्षेत्रको संरक्षण गर्न सक्ने हो भने प्रकृतिको संरक्षणमा अलिकति टेवा मिल्ने थियो । यत्ति हो कि त्यहाँ उत्पादन हुने अनाज, खासगरी धान बराबरको क्षति सरकारले ब्यहोर्नु पर्ने हुन्छ । किनभने किसानले पेट पाल्ने आधार हो त्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission