ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

लीलाचोकको लीला

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

मथुरा पिया
लिला भन्नाले सोझो अर्थमा क्रियाकलाप हो । काम हो । लगभग चालिस, पैतालीस बर्ष पहिलेको कहानी हो यो । त्योबेला नारायणगढको लिलाचौकको लीला पनि अपरम्पार नै थियो । नारायणगढमा लिला चौक अथवा अन्य थुप्रै चोकहरू छन् । ती हुन् पुलचोक, बेलचोक, लायन्सचोक, संगमचोक, गणेशचोक, चौबीस कोठीचोक आदि । यी चौकहरू बजारको पश्चिम, दक्षिण दिशामा अवस्थित छन् । जहाँसम्म लीलाचौकको विषय छ यो मुख्य बजारको पूर्व दिशामा पर्दछ । अगाडि, पछाडि, दाया“ बाया“ पा“चवटा बाटाहरूसंग गा“सिएको छ । नारायणी नदीले बर्षा याममा यो ठाउ“लाई पानीको भेलले छोला झैँ गर्दछ । चोकको नामाकरण लीलाबाजेको नामबाट भएको हो । बाजे आफैले आफ्नो नामबाट होटल खोलेपछि यो चोक लीला नामले प्रख्यात भएको हो । लीला होटल भन्नु र लीलाचौक भन्नु पर्यायवाची शब्दजस्तै भए । अचम्म लाग्छ लीलाचौक अस्तित्वमा छँदा यहा“का अन्य कुनैपनि चोकहरू स्थापना नै भएका थिएनन् । बजार विकासको क्रममा पछि यहा“ पुल बनेपछि पुलचोक, गणेश मन्दिर स्थापना गरेपछि गणेशचोक, दुकान (कोठी) खोलेपछि चौबीस कोठीचोक, लायन्स क्लबको सचिवालय खोलेपछि लायन्सचोक, दाया“बाया“ घर बनाएपछि बीचमा संगम परेकोले संगमचोक भएका हुन् । नेपालभरीकै नाम कहलिएका चौकहरूको विषयमा लहरो तान्ने हो भने पनि लिलाचौकको नाम अग्रपंक्तिमा नै आउने गर्दथ्यो । जस्तो काठमाण्डौंको इन्द्रचोक, पोखराको पृथ्वीचोक, बुटवलको जेसीजचोक, बन्दीपुरको चाँदनीचोक, धरानको छाताचोक, बिराटनगरको ट्राफिकचोक, नेपालगञ्जको धम्बोजीचोक र तानसेनको भगवतीचोक, बिरगंजको घण्टाघर चोकहरू आदि । यस भित्रका अरू चोकहहरू त लीलाचोक भन्दा कान्छै हुन् ।
इन्द्रजात्रालाई नेवारी भाषामा यया पून्ही पनि भनिन्छ । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म सत्ताहव्यापी रूपमा यो पर्व मनाउने चलन छ । किंवदन्तीअनुसार यो पर्वलाई औपचारिक रूपमा मनाउने प्रचलन लिच्छवी राजा गुण कामदेवले थालेका हुन् । ऐतिहासिक मान्यताअनुसार लिच्छवीकालिन समयमा नेपालमा ठूलो संकट आएको थियो । राजा गुण कामदेवले भगवान इन्द्रको पूजा गरी देश र जनतालाई ठूलो संकटबाट बचाएका थिए ।
लीलाचौकको भौगोलिक बनावटबारे बुझ्दै जा“दा यहा“का पुराना बासिन्दाहरूले भन्ने गरेका कुरा यस्ता छन् । पहिले नारायणी नदी यही चोक भएर बग्ने गर्दथ्यो । पछि नदीले धार परिवर्तन गरेपछि भनौ या पानीको भलुम कम हु“दै गएपछि यो ठाउ“ समथर भूमिको रूपमा रह्यो । पछि यस भूभागलाई पुरै ढड्डीघारीले ढाक्दै ल्यायो । मान्छेहरूको बस्ती लगभग यहा“ शुन्य थियो । बिस्तारै थारु समुदायका मानिसहरू यहा“ बस्न थाले । पछि बन्दीपुरबाट पनि मानिसहरू यहा“ आउन थाले । २०१०।११ सालतिरको कुरा हो त्यतिबेला उनीहरूले नै बस्ती बसालेका हुन् । झुपडी बनाएर आफ्ना व्यवसाय नुन मट्टितेलबाट काम प्रारम्भ गरे ।
त्योबेला यहा“ जंगली जनावर, हुरीबतास, बाढी, मलेरियाको प्रकोप बढि थियो । बर्षायाममा ब्यापारीहरू आफ्नो घर पहाडतिर फर्कन्थे । हिउ“दमा मात्र बस्थे । विस्तारै यसले बजारीकरणको रूप लिंदै गयो । पछि नारायणगढ, बिरगञ्जबीच कच्ची मोटर बाटो बन्न शुरु ग¥यो । यता नारायणगढ बुटवल पनि बृटिसले सडक खन्ने कामको जिम्मा लियो । बन्दीपुर अलवा मनाङ, लमजुङ, गोर्खा, धादिङसम्मका मानिसहरू ब्यापार अलावा औषधि मुलो गर्न पढ्न, लेख्न साथै काठमाडौं र भारतसम्मको नाकामा जान नारायणगढ झर्नुपर्ने भयो । त्यतिखेर त्रिभुवन राजपथमात्र चल्तीमा थियो । बिरगञ्जबाट नारायणगढसम्म बसको सेवा भर्खरै भर्खरै सुरु हु“दै थियो । यातायात खुलेपछि यो ठाउ“ दिन दुइगुना रात चौगुनाका हिसाबले विकास हु“दै गयो । विशेष नारायणगढको लीलाचौकमा नै सम्पूर्ण पूर्वाधारहरू केन्द्रित हु“दै गए । बिरगञ्जबाट आएको सम्पूर्ण बसहरू यहीँ रोक्न थालियो । लगभग यसले बस स्टपकै रूप लियो । सम्पूर्ण बसहरू नेपाल पब्लिक मोटर सर्भिसका थिए । यही नै होटल, लज, मिठाई पसलहरू खुल्दै गए थपिँदै गए । पान पसल पनि बिरगञ्जका नेपाली मुलका देशीहरूले सुरु गरे । छेउँछाउँतिर किराना दुकान, कपडाको दुकान पनि खुल्न थाले । गल्लाको काममा पनि केही व्यवसायीहरू लागे । नारायणघाटको प्रवेशद्वार फेरी (डुंगाबाट मानिसहरू ओहोर दोहोर गर्ने ठाउ“) पनि यसको सम्मुखमा प¥यो । फलतः नारायणी नदीको पश्चिमतिरका मानिसहरूको आगमन पनि यहा“ बढ्यो । त्यसैपनि यहा“ किनमेल, खाने बस्ने ग्राहकहरूको जमघट बढि नै थियो । रातको १÷२ बजेसम्म व्यवसायच चल्न थाल्यो । यहा“का मानिसहरूको भाग्य चम्कँदै गयो । सबै व्यवसायीहरूको आयश्रोत बढ्न थाल्यो । मान्छेको मात्र होइन ठाउ“को पनि भाग्य कुनैबेला के हुन्छ किमार्थ भन्न सकिदैन ।
विकासको चरम बिन्दुमा पुगेको यो लीलाचौक अहिले चामचुम छ । सुनसान छ । दुकानहरू बन्द हुने क्रममा छन् । धेरै दुकान त पहिले नै बन्द भैसके । लिला होटल बन्द भएको पनि बर्षांै भैसक्यो । कति व्यवसायीहरू विस्थापित भैसके । झिंगा धपाउन फुर्सद नभएका यहा“का व्यवसायीहरू अहिले धपाउनका लागि झिंगा खोज्दैछन् । पाँचवटा बाटोको बीचमा बसेको यो बस्ती अहिले निमोनिया लागेको रोगी झँै सुस्ताएको छ । अब मेरो कहानी शुरु छ । कहानी लीलाचौकसंग सम्बन्ध राख्दछ । प्रवेशिका परीक्षा २०२६ सालमा उत्तीर्ण भएँ । दोस्रो श्रेणीमा परिणाम निस्केपछि अंग्रेजी र गणित बिषयमा भने पहिलो श्रेणीको लब्धांक थियो । साइन्स पढ्ने प्रवल इच्छा थियो । त्योबेला बन्दीपुरबाट पोखरा र काठमाण्डौ पढ्न जाने भन्ने कुरा असंभव नै थियो । बाटोघाटो केही सुविधा थिएन । दुई दिनको पैदल यात्राले नारायणगढ पुगें । बन्दीपुर नारायणगढको बिचको बाटो बडो कठिन थियो । बीच बाटोमा दुई ठूला नदीहरू साराङघाट र गाइघाट पर्दथ्यो । नदिकोबीचमा पुग्दा भेलले डुङै ढाकिएला जस्तो हुन्थ्यो । त्यतिखेर राम राम भन्दै भगवानको कृपाले ज्यान बचाए झँै लाग्थ्यो । साहिँलाबाको छोरा देशीराम पिया पनि साथैमा थिए । भरतपुरको बिरेन्द्र क्याम्पसमा भर्ना भयौँ । साइन्सको फेकेल्टी रहेनछ । इण्टरमिडियट अफ आर्ट लिएर पढ्यौं । नाइट क्याम्पस रहेछ । दिनभरि हामी दुवै व्यवसायमा लाग्यौं । म मट्टितेल बेच्ने काममा लागेँ । दाजु प्राइभेट पढाउने काममा लागे ।
हाम्रो डेरा लीलाचौकभन्दा एक फर्लाङ्ग अगाडि थियो । दिनहु“ झ्यालबाट लीलाचौकको चर्तिकिला हेर्ने गथ्र्याैं । बडो अजीबोगरीबको लिला हुन्थ्यो त्यहा“ । क्याम्पसबाट फर्केपछि साँझको ८ बजे डेरा आइपुग्थ्यौं । खाना खाइवरी हामी दुवै दाजुभाइ बेला मौकामा लीलाचौकमा टहलिन पनि निस्कन्थ्यौं । हामी दुवैको यो सधैँको रुटिनजस्तो बन्यो । यहीँबाट बढि जात्राहरू पनि निस्कने गर्दथ्यो । भाद्र महिनामा हामीले यहा“ गाईजात्रा, बाघजात्रा, लाखेनाच, कृष्णजात्रा, तिजको रतेउली, गाँठेमगल देख्न पायौं । यतिबेला त यहा“ जात्राले गर्दा अन्य कृयाकलाप कमै हुन्थ्यो । अरूबेला त यहा“को लीला बेग्लैछ । जब सा“झ सुरुहुन्छ तब बुढीमाउ तात्छ भने झँै हुन्छ । कहिले यहा“ बाँदरको लठ्ठी डान्स सुरु हुन्छ, कहिले भालुको नाच भैरहन्छ । शिवविँडी ग्रुपको नाच बेजोड छ । ठूलाठूला ढोलकका बाजाले नाचलाई थप उचाईमा पु¥याइरहेको छ । रात छिप्पिँदै गएपछि झगडा सुरु हुन्छ । कहिले ड्राइभर र पेसेन्जरबीच, कहिले ग्राहक र साहुजी को बीच, कहिले स्थानीय डाँडा र बाहिरको डांडाको बिच । हल्लाखोर उत्तिकै छ । यस्तै छ यहा“को माहोल लगभग हरेक दिन । मान्छे ग्वारग्वार आइरहकै छ, गईरहेकै छ । बाहिर सडकमा बस्दै कोही जेरी स्वारीको स्वाद लिँदैछ, कोही सोमरस खुलेआम पिउ“दैछन् । कहिँकतै कुनै छेकवार छैनन् यहा“ । अबेलासम्म कहिले यता कहिले उता मानिसहरू हल्लीरहेकै छन् । होटलेभित्र खाना खानेको भीड अत्याधिक छ । विशेष लिला होटलमा ग्राहकको माचामाच बढि हुन्छ । बाहिर पानको दुकान वरीपरी मानिसहरूको जमघट पनि उत्तिकै हुन्छ । हिन्दी गीत बेजोडले बजीरहेको छ । गीतको मजा लिँदै मानिसहरू पान चपाउ“दै छ । सबैका ओठ लाली दलेझँै राता देखिएका छन् । हामीलाई यो दृश्य देख्दा छक्क पथ्र्यांै । हामीलाई पनि आफ्नो आँेठ रातो पार्ने इच्छा लाग्याँै । यसैले पानको दोकान नजिक पुग्यौँ । साहुजीले हामीलाई कौन सा पान लेंगे ‘मिठा, सादा, और जर्दा’ भनेर सोध्थ्यो । कुन ब्राण्डको खाने भन्ने अलमलमा प¥यौँ । कहिले खाएको भए पो चाल पाउनु । मिठा र सादाको अर्थ त बुझ्यौँ । तर जर्दा भन्ने ब्राण्ड पहिलो पल्ट सुन्दैछौँ । यसैले यही खाने भन्ने सोँचमा पुग्याँै । दुवैले दुई दुई बिँडा पान चपाउ“दै डेरातिर लाग्यौँ । हिँड्दै गर्दा बीच बाटामा नै चकराउन शुरु ग¥यो । डेराम पुगुञ्जेल दुवैजना ढल्न पुग्यौँ । दुवै अचेत भएछौँ । पछि पो थाहा भयो जर्दा भनेको त सुर्ती पो रहेछ । त्यो मोरो पानवालाले ३६४ नम्बरको सुर्ती पो राखेकोरहेछ पानमा । हामी भर्खरै गाउ“बाट झरेका गाउ“लेलाई ३६४ नं. सुर्तीको के पत्तो ? तै पनि लीलाचौकमा हामीले व्यहोरेको त्यो लीला जिन्दगीमा कहिले भुल्न सकँुला र ? अस्तु ।à बन्दीपुर, हाल बुटवल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?