ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

उखुले उठाउँदै किसानको आम्दानी

उखुका लागि जिल्लाकै पकेट क्षेत्रको रूपमा चिनिने छत्रकोट गाउँपालिका अन्तर्गत दिगाम, हर्दिनेटा र हु“गा, रुरुक्षेत्र गाउँपालिकाको थानपति र थोर्गाका किसानले उखुको व्यवसायिक खेतीलाई विविधिकरण गरेर आम्दानी गर्न थालेका छन । उखुलाई मेशिनबाट पेलेर रस निकाल्ने र त्यही रसलाई पकाएर खुदो र खुदोलाई पकाएर बाक्लो बनाई गुड (सक्खर) बनाउने गरिन्छ ।
५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

गुल्मी, ५ वैशाख । बारीमा लगाएको उखुले गाउँदेखि शहरसम्म राम्रो बजार पाएको छ । गुल्मीका किसानले यतिबेला उखुको विविधिकरण गर्दै आम्दानी बढाएका हुन् । यहाँका किसानले उखुको रसवाट खुदो र गुड (सक्खर) बनाएर बिक्री गरि राम्रो आम्दानी गर्दै आएका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिका –४ स्थित दिगामका युवा कृषक रामकृष्ण न्यौपानेलाई पनि पनि उखु रसबाट खुदो र गुड बनाउन भ्याईनभ्याई छ । उनीसँग किरण न्यौपाने, जगदीश पाण्डेय र मीना न्यौपाने सहित चार जनाको समूह छ । उनीहरू चारै जनाको संयुक्त लगानीमा ६० लाख भन्दा बढी रकम खर्चिएर गाउँमै गाउँले ग्रुप अफ इन्ड्रस्टिज प्रालिको नाममा उद्योग स्थापना गरेका छन । त्यही उद्योग मार्फत दुई वर्षदेखि व्यावसायिक रूपमा उखु खेति गरेर खुदो र गुड उत्पादन गरि बिक्री गर्दै आएका छन ।

गाउँले ग्रुप अफ इन्ड्रस्टिज उत्पादित खुदो र गुडलाई ‘दिगामे’ गुड र खुदोको नामबाट ब्रान्डिङ गरि बजारमा पु¥याइएकोे छ । खुदो र गुड बिक्रीवाट ९० लाख रूर्पैया भन्दा बढीको कारोबार भएको गाउँले ग्रुप अफ इन्ड्रस्टिज प्रालिका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए । गाउँमा केही पनि छैन भन्ने र बेरोजगार भैयो भनेर विदेश जानेहरूका लागि न्यौपानेले स्वदेशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न आफूहहरू उखुको बिबिधिकरणमा लागेको बताए ।

उनीहरूले १२ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन । त्यही जनशक्ति मार्फत उखुको रस प्रशोधन गरेर खुदो र गुड बनाउने काममा लागेका छन । उखु प्रशोधन गरेर बनाएको खुदोको मूल्य प्रतिलिटर एक सय ७५ र गुड प्रतिकिलो दुई सय ७० रूपैयाँदेखि तीन सय २० रूपैयाँमा बिक्री हुने गर्दछ । त्यति मात्र हैन उनीहरूले गाउँमा एक सय ५० जना भन्दा बढी किसानले उत्पादन गरेको उखु बारीमै पुगेर प्रतिकिलो नौ रूपैयाँदेखि १३ रूपैयाँसम्ममा खरिद गरिदिन्छन ।

उखुका लागि जिल्लाकै पकेट क्षेत्रको रूपमा चिनिने छत्रकोट गाउँपालिका अन्र्तगत दिगाम, हर्दिनेटा र हु“गा, रुरुक्षेत्र गाउँपालिकाको थानपति र थोर्गाका किसानले उखुको व्यवसायीक खेतीलाई विविधिकरण गरेर आम्दानी गर्न थालेका छन । उखुलाई मेशिनबाट पेलेर रस निकाल्ने र त्यही रसलाई पकाएर खुदो र खुदोलाई पकाएर बाक्लो बनाई गुड (सक्खर) बनाउने गरिन्छ । जिल्लामा उत्पादित त्यही खुदो र गुड बिक्रि गरेर किसानले बार्षिक पाँच करोड भन्दा बढीको कारोबार गर्दै आईरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन ।
गुल्मीको दिगाम र थोर्गामा उत्पादित खुदो र गुड उपहारका रूपमा स्थानीय बजारदेखि बुटवल, पोखरा, काठमाण्डौं लगायतका विदेशसम्म पुग्ने गर्दछ । देशका विभिन्न ठाउँहरूमा वेलावखत आयोजना हुने व्यापारिक मेला महोत्सव र औद्योगिक प्रदर्शनीमा गुल्मीको गुड भनेपछि मानिसहरूले खोजीेखोजी लैजाने गर्दछन् ।

उखुबाट निकालेको रसलाई फिल्टर गरेर आगोमा पकाएपछि खुदो तयार हुन्छ । खुदो तयार भएपछि त्यसलाई फेरी साना साना भाडामा पकाएर बाक्लो बनाई नरिवल, काजु बदाम जस्ता विभिन्न स्वाद जन्य सामग्रि राखि तयार पारेर निश्चित आकार अनुसारका भाडामा राखेपछि गुड तयार गरिन्छ । जिल्लामा सादा, मसलेदार, फसफसे, चकलेटी र हाडे गरि पाँच प्रकारका गुड बनाउने गरिन्छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लाको खेती योग्य जमिन मध्ये एक सय ९० हेक्टर क्षेत्रफलमा व्यवसायीक रूपमा उखु खेति गरिएको छ । यस वर्ष जिल्लामा पाँच सय ८९ मेट्रिकटन खुदो र गुड उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए । जिल्लामा यस पटक पाँच करोड ४५ लाख बराबरको उत्पादन भएकोमा दुई करोड ७० लाख रूपैंया बराबरको खुदो र गुड जिल्ला बाहिर निर्यात भएको भण्डारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?