ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

बाँझो खोस्रेर ‘अर्गानिक फार्म’

९० प्रतिशत भन्दा बढि जंगल झाडी भएको उनको अर्गानिक फार्ममा तरकारी, फलफूलका साथै भंैसी, गाई, बाख्रा, हाँस, खरायो समेत पाल्दै आएका छन् ।
२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

बुटवल, २७ चैत । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा नुरुद्दीन शाह विद्यालय उमेरदेखि नै कृषिलाई माया गर्दथे । विद्यालय जाँदा आउँदा होस् बाटोमा हिँड्दै गर्दा उनले कुनै पनि बोट बिरुवा देखियो कि उनी घरमा लगेर रोप्थे । फलफूल तथा तरकारीको व्यवसायमा जोडीएको उनको परिवारले कृषितर्फ भने ध्यान दिन सकेको थिएन ।

कृषिलाई पेशाको रूपमा अगाडि बढाउने योजना बनाएका नुरुद्दीन शाहले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ कलुवामा अहिले कृषिमा नमुना काम गर्दै आएका छन् । शुद्धोधनमा केही जग्गा किनेर जोड्दै गएका उनले २० विघा जग्गा जोडेका छन् । जसमा उनले १० बर्ष पहिला सुरुवात गरेका थिए ‘शाह कृषि फार्म’ ।

उक्त फार्मममा उनले नरोपेको, नलगाएको र नपालेको बस्तु केही छैनन, प्रयाः सबै प्रकृतिका तरकारी, फलफूल, पशुपंक्षी पालन गरेका उनले फार्मलाई रिसोर्ट जस्तै बनाएका छन् । पहिलो फार्म उनको फार्ममा जाने मानिस दंग पर्छन् । लहरै रहेका आँपका बिरुवा, बीच बीचमा ईन्टरकर्पको रूपमा तरकारी खेती, अम्बा खेती सहितका सुन्तला समेत उनले रोपेका छन् । कागती पनि छन् । फार्मका बाटोको दायाँ बायाँ क्षेत्रलाई समेट्दै उनले लहरेबाली तरकारी रोपेका छन् । अहिले उनको फार्ममा भक्तपुरे लोकल काँक्रा उत्पादन छन् । यस्तै टमाटार पनि लटरम्म फलेका छन् भने लौका, फर्सी पनि लटरम्म फलेका छन् । सबै उत्पादनमा उनले कुनै पनि विषादी प्रयोग गरेका छैनन् ।
केही क्षेत्रमा मकै खेती समेत गरेका उनको फार्ममा हरियो मकै लटरम्म फलेको छ । पूर्णरूपमा अर्गानिक खेती गर्दै आएका उनले हालसम्म फार्ममा १५ करोड भन्दा बढि लगानी गरिसकेका छन् । ‘पूर्णरूपमा अर्गानिक फार्म स्थापना गरी सोही अनुसार १२ वटै महिना तरकारी उत्पादन गरेर बजारीकरण गर्ने योजना बनाएको छु,’ उनी भन्छन् ।
तरकारी खेतीमा प्रयोग हुने मल उनको आफ्नै फार्मबाट उत्पादित गोबर मल हो । यसको अलवा उनले कुखुरा पनि पालेका छन्, हाँस पनि छन्, रानी हाँस, खरायो, भंैसी, गाई, बाख्रा उनको फार्ममा छन् । मल्टी एग्रो फार्मको रूपमा विकास भएको उनले फार्मलाई नमुना एग्रो रिसर्च सेन्टरको रूपमा विकास गर्ने योजना समेत बनाएका छन् । फार्ममा जाने, अध्ययन अवलोकन गर्ने, खान बस्नको लागि मौलिक प्रकृतिका ४ वटा घर समेत उनले निर्माण गरेका हुन ।
रूपन्देही जिल्लामा मात्रै होईन, प्रदेशमै नमुना फार्मको रूपमा उनको फार्म रहेको छ । १३ बर्ष पहिला ९० प्रतिशत भन्दा बढि जंगलले ढाकेको क्षेत्रलाई उनले अहिले हराभर, नमुना बनाएका छन् । जसमा उनको परिवारका दाजु, भाईको समेत सपोर्ट रहँदै आएको छ । सुरुवाती दिनमा जग्गा किन्दा बयर, कडीपत्ता जस्ता झाडीले घेरिएको उनको फार्मलाई नमुना फार्मको रूपमा विकास गरेका हुन । फार्ममा उनले गड्यौला मल समेत उत्पादन गरेका छन् । गोडमेल, कुखुराको मल, गड्यौला मल उनले फार्ममै उत्पादन गरी प्रयोग गर्दै आएका हुन ।

३० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिँदै आएका उनको फार्ममा गोबरबाट बिजुली समेत उत्पादन हँुदै आएको छ । फार्ममा बसोबास गर्ने व्यक्तिहरूले गोबर ग्याँसलाई ईन्धनको रूपमा प्रयोग गरी सोहीबाट खाना पकाउने, खाने गर्दछन् । होम स्टे सहितको अवधारणामा उनले फार्मलाई अगाडि बढाएका हुन । कुनै पनि व्यवसायिक संघ संस्थाको कार्यक्रम, साधारणसभा तथा अधिवेसन समेत फार्ममा नै गर्न सकिने गरी व्यवस्थापन समेत उनले गरेका छन् । अध्ययन अवलोकन गर्न आउनेहरूको लागि त फार्म नमुना नै भैहाल्यो । फार्ममा भैंसी सानो ठूला गरेर ७० भन्दा बढि छन् । गाई १ वटा, बाख्रा ७० वटा, लोकल कुखुरा १ हजार वटा, हाँस ५ सय वटा, राज हाँस ५० वटा, खरायो ७० वटा लगायतका उनको फार्ममा छन् ।

नुरुद्दिन शाह आफैमा कृषि प्रेमी व्यक्ति हुन । उनले कृषिमा खासगरी प्रकृति प्रेम समेत फार्ममा झल्काएका छन् । फार्ममा भौतिक संरचना निर्माण गर्दा उनले कुनै पनि बोटविरुवा काटेका छैनन । घरको बीच भागबाट नै बिरुवा उनले संरक्षण गरेर राखेका छन् । यसको अलवा ठूलो गोठ मात्रै ४ वटा, सानो गोठ ४ वटा उनकोमा छन् । फार्ममा उत्पादित बस्तुको उनी बुटवलमा बजारीकरण गर्दै आएका हुन । पूर्णरूपमा अर्गानिक उत्पादन गरिरहेका उनले गाउँका अन्य किसानलाई समेत अर्गानिक खेतीमा जोड दिएका हुन । हजारांै संख्यामा उनको फार्मममा आँप रहेका छन् । जुन विभिन्न प्रजातिका रहेका हुन । जसले फार्मममा जाने जो कोही मोहित हुने गर्दछन् ।

फार्मलाई अझ व्यवस्थीत गरी पूर्णरूपमा अर्गानिक बस्तु उत्पादन गरी विक्रि वितरण गर्ने योजना बनाएका उनले यसको लागि उपभोक्तमा जागरण आउनुपर्ने बताउँछन् । उपभोक्ता सचेतना आवश्यक रहेको भन्दै उनले थोरै खाने तर पूर्णरूपमा अर्गानिक खाने बानीको विकास गर्न आवश्यक रहेको उनको भनाइ रहेको छ । मानिसले विषादी प्रयोग गरिएको खाद्यान्न, तरकारी प्रयोग बाट दीर्घकालीन रोग लाग्ने भएको कारण यसको लागि समयमा नै सचेत हुनुपर्ने उनको भनाई रहेको छ । उनको फार्मममा उत्पादन भएका सबैजसो बस्तु पूर्णरूपमा अर्गानिक मल प्रयोग गरिएको हुन्छ । कुनै पनि रोग वा किरा लागेमा उनले गाई भैसीको गहूँतलाई औषधीको रूपमा प्रयोग गर्ने गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?