ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

हराउँदै गयो बिना मूल्यको श्रम

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

पछिल्लो समय कुनै पनि विकासमा सरकारी निकायको भर पर्ने प्रवृत्ति बढ्दै गएको छ । बाटो, खानेपानी बिग्रीएमा उपभोक्ताहरू एकजुट हुनुको साटो स्थानीय सरकारको मुख ताक्ने चलन बढ्न थालेको छ । ानातिना सार्वजनिक कामका लागि पनि सरकारको मुख ताक्दा आफ्नो गाउँबस्ती विकासमा पछाडी त पर्छ नै सामूहिक कार्य हराउँदै छ भने सकारात्मक संस्कार पनि जीवित नहुने हो की भन्ने डर बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधीहरूले सामुहिक कार्यमा मानिसहरूले श्रमदान गर्न छाडेको र साना तिना मर्मतका काममा समेत सरकारको मुख ताकेर उल्टै दोष लगाउने चलन मौलाउँदै गएको गुनासो गरेका छन् । पछिल्लो समयमा श्रमदानको परम्परा हराउँदै गएपछि सरकारी प्रयास एक्लिँदै गएको छ ।
श्रमदान गर्न नआउने व्यक्तिलाई स्थानीयले अर्को दिन काममा लगाउने र त्यो पनि नगरे जरिवाना तिराउने नियम पहिले गाउँगाउँमा थियो । जरिवाना तिर्ने डरले श्रमदानका लागि एक घरबाट एक जना व्यक्ति श्रमका लागि पठाउने परम्परा लामो समयदेखि चल्दै आएको थियो ।
यद्यपी हिजोआज यो परम्परा हराउँदै जाँदा घर नजीकको बाटोमा झरेको ढुंगा हटाउन पनि सरकार गुहार्नुपर्ने लाजमर्दाे स्थीती उत्पन्न भएको छ । यो स्थीती आफ्नो गाउँपालिकामा मौलाउँदै नजाओस् भनेर जिल्लाको सिद्धकुमाख गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र स्थानीयहरूले शुक्रबार सडक मर्मत गरेर सकारात्मक सन्देश दिन खोजेका छन् । ढोरचौर बजार देखि गाउँपालिका कार्यालय अगाडीबाट गाउँ जोड्ने मोटरबाटो उनीहरूले स्वस्फूर्त रूपमा मर्मत गरेका छन् ।
सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले विकासमा सबै स्थानीय एकजुट हुनुपर्छ भन्ने सन्देश दिनका लागी, ‘हामीले वर्षातको कारण विभिन्न ठाउँमा खाल्डाकुल्डी परेर विग्रीएको सडक मर्मत ग¥यौँ,’ भने । विकास निर्माणका काममा स्थानीयको अपनत्व ग्रहणका लागि श्रमदान अनिवार्य हुनुपर्ने उनको बुझाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष पुष्पा कुमारी बोहोराले भनिन्, ‘गाउँभरिका स्थानीयलाइ एकजुट बनाउन पनि सामूहिक श्रमदान आवश्यक छ । यसले अरूको मुख पनि ताकेर बस्नु पर्दैन ।’ उनले अघि भनिन्, ‘सानोतिनो कामका लागि पनि गाउँपालिका लगाएत सरकारी निकायमा सहयोग माग्न जानपर्ने स्थीती गाउँमा नआओस् भन्ने चाहन्छौँ ।’ आफै सक्ने काममा पनि बजेट खोज्ने सांरले आफ्नो गाउँ आफै बनाउन नसकिने भएको हुँदा विकासमा जनसहभागीता बढाउन सकेमा फलदायी हुने जानकारहरू बताउँछन् । निराजन माध्यामिक विद्यालय ढोरचौरका प्रधानाध्यापक धर्मराज घर्तीले विकासमा अरूको मुख ताक्ने हो भने अव पनि गाउँको गरिवि, रोग, भोक र शोक हट्न मुस्किल हुने बताउँछन् । उनले भने, ‘सार्वजनिक निर्माणको क्रममा विगतमा व्यापक मात्रामा विना मूल्यको श्रमको प्रयोग गरिन्थ्यो । त्यस्तो श्रमको परिचालनवाट मन्दिर, वाटोघाटो, पुल आदि निर्माण गरिन्थ्यो । यो सकारात्मक संस्कार जोगाउन सबै लाग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?