ट्रेंडिंग:

>> लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि ले मानव सेवाआश्रमलाई २ करोड बढी सहयोग गर्ने >> एनआरएनए स्वीडेनद्वारा अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग >> अक्सफोर्डमा विद्यार्थीले पस्के सात देशका खानाका परिकार >> सेण्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकताको प्रवद्र्धनका लागि वाकथन   >> असमानता बिरुद्ध कपिलबस्तुमा बृहत रयाली र ज्ञापन >> सुरुङ्गमार्ग समयमै सम्पन्न हुन्छ : प्रम ओली >> रबि लामिछाने माथीकाे छुनछेक बहस सुरू >> पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर >> एनसेल फाउन्डेसनः समाजको माझ सधैं सँगै >> विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङ यसरी भयो साकार >>   घमण्डको अति दम्भले हुन्छ विनास       >> युगानुकुल बनाउ नयाँ शिक्षा ऐन >> पर्यटन मन्त्रीलाई बँधिया भाले >> चौपाया छाड्नेलाई सात हजार जरिवाना >> बुटवलका मासु पसलमा अब बधशालाको मासु >> १९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै >> पश्चिमी भूभागमा न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ? >> भूमि समस्या समाधान अभियान बाणगंगाबाट सुरु हुने >> माघ १५ देखि गुञ्जिंदै बढैयाताल >> दाङमा मिटरब्याज पीडितले गरे प्रदर्शन  >> अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण >> दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु >> सामाजिक सञ्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ >> मुद्रण नीति परिमार्जन गर्न उद्योगीहरुको आग्रह >> फुडमाण्डुको सेवा अब बुटवलमा >> नेप्से परिसूचक दोहोरो अंकमा घट्दा कारोबारमा पनि भारी गिरावट >> मानव बेचबिखनमा संलग्न पौडेल ओमानमा इन्टरपोलको सहयोगमा पक्राउ >> समाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह >> स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्यो >> अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरी आगो फैलिँदै, १९ हजारलाई सुरक्षित स्थानमा सारियो >> भैरहवा विमानस्थलमा अब ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने >> प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी  >> रवि लामिछानेको अदालतमा थुनछेक बहस जारी >> त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलको लागि दुई जनाको मात्र आवेदन >> चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको आखेटोपहारसहित दुई जना पक्राउ >>  मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल >> माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड >> सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीसँग अब थप ४ हजार डलर तिर्नुपर्ने >> अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु >> भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित >> जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह >> सुन चाँदीको भाउ घट्यो >> २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट >> रबि लामिछाने पुगे रूपन्देही अदालत, केही बेरमा थुनछेक बहस हुने >> लुम्बिनीका गाउँगाउँमा अब प्रहरी पुग्ने >> कपिलवस्तु जेसिजका लागि ३ जनाको प्रतिस्पर्धा >> रामग्राम स्तुपदेखि लुम्बिनीसम्मको निःशुल्क धम्मयात्रा >> सरकारलाई सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन >> आर्थिक सम्बृद्धिका निम्ति राजनीतिमा सुधार जरूरी >> पुँजीगत खर्च बढाउन पहल गर

स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ?

पश्चिम नेपालको व्यापारीक हबका रुपमा स्थापित बुटवल बसपार्क भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, यात्रुहरुको चाप ,सवारी साधनको चाप,फोहर र दुर्गन्धले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले भने यसको स्वरुप बदलिदै गएको पाइन्छ ।
१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

बुटवल ।

व्यापारी केन्द्रको शहर बुटवलमा बढ्दो शहरीकरणका कारण नयाँनयाँ भौतिक संरचनाहरु पनि थपिदै छन भने बसपार्क पछिल्लो समय निकै व्यस्त देखिन्छ । विगत केही बर्ष अगाडि सम्म बुटवल बसपार्क निकै नै असुरक्षित बसपार्कका रुपमा चिनिन्थ्यो त्यहाँ सरसफाइदेखि व्यवस्थापनमा पनि ध्यानै नपुगेको बसपार्क आजभोलि सिसिटिभी जडानले यात्रुहरुमा सुरक्षित महसुस भएको छ भने अर्कोतिर बसपार्कभित्र बन्दै गरेका भौतिक संरचनाले थप व्यवस्थित बन्ने देखिन्छ ।

बुटवल सरसफाई अभियानबाट सुरु गरिएको कार्यक्रम अहिले आधुनिक स्नानगृह सहितको व्यवस्थित शौचालय सम्म पुगेको छ । बुटवल शहरमा अहिले यहाँको जनघनत्व पनि बढ्दै गएको छ भने बुटवल अस्तव्यस्त देखिन्छ । बैदेशिक रोजगारका लागि भारतीय प्रवेशद्वार पनि नजिकै भएका कारण सुनौली नाका हुँदै भारत जाने आउने यात्रुहरुको चाप पनि उत्तिकै देखिन्छ । लुम्बिनी प्रदेशका १२ जिल्ला बाहेक अन्य छिमेकी जिल्लाबाट समेत बुटवल बसपार्क हुँदै आवातजावत गर्नेहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । यसले गर्दा बुटवल बसपार्कमा सवारी साधन र यात्रुहरुको चाप बढी नै छ । यी सबै बिषयलाई मध्यनजर गर्दै लुम्बिनी बस टर्मिनलाई यात्रु सेवामैत्री बनाउन शुद्ध पिउने पानी, व्यवस्थित खाजा घर, शौचालय सहितको स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित बिश्राम स्थल निर्माण गरी सुविधा सम्पन्न बसपार्क बनाउने रणनीतिक योजना साथ बुटवल उपमहानगपालिका आगाडि बढेको छ । यसले सवारी चालक र यात्रुहरुलाई त स्वाभाविक रुपमा फाईदा र सहजता हुने देखिन्छ भने अर्कोतिर बसपार्क छेउँछाउँमा भााड तिरेर सञ्चालन गरिरहेका होटल व्यवसायीहरु भने बिस्थापित हुने सम्भावना पनि देखिन्छ ।
बाग्लुङका प्रेम बहादुर थापाले बिगत १८ बर्षदेखि यातायातको क्षेत्रमा निरन्तर चालकका रुपमा काम गरिरहेका छन् । उनले बाग्लुङ बुटवल हँुदै काठमाडौंको रुटमा गाडी चलाउँछन् ।

आफु चालक हुँदा चालक भएकै कारण आफुले भोगेका दुखहरु उनले स्मरण गर्दै भने, “कति पटक बसमै सुत्नु पर्ने अबस्था हुन्थ्यो तर त्यहाँ हाम्रो कुनै सुरक्षा हँुदैनथ्यो बसपार्कमा चोरी गर्नेहरुको गिरोह पनि उत्तिनै देखिन्थे । कतिका मरेका शवहरु पनि बसपार्कमै भेटिन्थे बसपार्क भन्ने बित्तिकै यो स्थानमा चोरी गर्छन् । चालकहरु नै चोरी हुन्छन् सम्म भन्थे ।” “हामीलाई कहिले सुरक्षा र सुशासनको प्रत्याभूति भएन, शौचालय भित्र छिरेर दिसापिसाव गर्न त धेरै परको कुरा हो, छेउँछाउँमा समेत दुर्गन्ध फैलिरहेको हुन्थ्यो तर पनि अरु बिकल्प थिएन । शौचालयमा छिर्नै पथ्र्याे”–उनले स्मरण गरे, “शौचालयको दुर्गन्ध र फोहरका कारण यसले हाम्रो मानव स्वस्थ्यलाई पनि कतै न कतै असर त परिरहेको नै थियो होला तर पनि हाम्रो बाध्यता थियो । तर पछिल्लो समय भने यात्रुहरुको चाप र सवारी साधनको चाप हुने बसपार्क जस्तो क्षेत्रमा पनि व्यबस्थापनमा स्थानीय तहले जुन कामहरु अगाडि बढाएको छ त्यो अति नै सह्रानीय छ ।”

२०५७ सालमा बनेका बुटवल बसपार्कका शौचालयहरु अहिले पुरै जिर्ण अबस्थामा पुगेका छन् । बसपार्क क्षेत्रमा पुरै दुर्गन्ध फैलिरहेको अबस्थामा थियो । व्यापारीक केन्द्र भएकै कारण सवारी चाप पनि उत्तिकै बढिरहेको छ । यस सँगसँगै मानव स्वास्थ्यलाई पनि मध्यनजर गरी आधुनिक शौचालयको अवधारणा बुटवल उपमहानगरपालिकाले ल्याएको छ । यसले मानव स्वास्थ्य सँगै सवारी चालक र यात्रुहरुलाई समेत सहज बन्ने भएको छ । बुटवल बसपार्कबाट दैनिक १२ देखि १४ सयको हाराहारीमा बसहरु आवतजावत गर्छन् । बाहिरबाट आउने यात्रहरुलाई समान्य नुहाउन पनि होटल छिर्नु पर्ने अबस्था हुन्छ । त्यसमाथि महिलाहरुको लागि अझै बिशेष समस्या हुने हुँदा यात्रुहरुको सहजताको लागि बुटवल उपमहानगरपालिकाले आधुनिक बसपार्कको रुपमा स्नानगृह सहितको शौचालयको बिश्राम स्थल लगायतका जनसेवा अबधारणहरु ल्याएको छ ।

बुटवलको नयाँ बसपार्कमा १ करोड ८० लाख ८४ हजार रुपैयाँ लागतमा यात्रुलक्षित सुबिधा सम्पन्न स्मार्ट स्नानगृह सहितको शौचालय निर्माण कार्य भैरहेको छ । बसपार्कलाई गुणस्तरीय, सुविधासम्पन्न र सुरक्षितरुपमा विकास गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले स्नानगृहसहितको शौचालय बनाउन थालेको हो ।

कस्तो बन्दै छ स्नानगृह सहितको शौचालय ?

निर्माणाधीन स्नानगृहमा महिला र पुरुष गरी दुईबटा प्रबेशद्वार हुनेछन भने प्रवेश गर्ने बित्तिकै युटिलिटि सप पनि हुनेछ आवश्यक अनुसारका साबुन, स्याम्पु र सेनेटरी प्याड लगायतका आवश्यक अन्य सामग्रीहरु पनि त्यही उपलब्ध हुनेछन । एउटा फिमेल र अर्को मेल गरी २ वटा आपाङ्ग मैत्री स्नानगृह सहितको शौचालय बन्दै छ भने बिचमा ४ वटा मेल र ४ वटा फिमेल गरी दुबै सेक्सनमा ८ बटा हात धुने ठाउँ बन्ने छ । मेलतर्फ १२ वटा युरिनल र र ४ वटा स्नानगृह सहितको शौचालय र फिमेलतर्फ ५ वटा युरिनल र ६ वटा स्नानगृह सहितको शौचालय बन्ने छ । विश्रामस्थल रहने शौचालयमा महिलाहरुका लागि सेनेटरी प्याड, बालबालिका हेरचाहका लागि उपयुक्त स्थल समेत बन्दै छ ।

स्नानगृह संचालनका बिषयमा व्यक्तिलाई दिने वा पालिका आफैले संचालन गर्ने भने भाौतिक संरचना बनेपछि संचालन सम्बन्ध कार्यबिधि बनाएर मात्रै निर्णय गर्ने बताए नगर प्रमुख खेलराज पाण्डेले बताए ।

उक्त स्नानगृह १७ सय २९ बर्गफिटमा बन्दैछ । २ करोड ८ लाख लागत स्टिमेटको योजना १ करोड ८० लाखमा सैनामैनाको सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्स्ट्रक्सनले ठेक्का पाएको हो । २०८० बैशाख ३१ मा ठेक्का सम्झौता भएको योजना २०८१ असार १५ सम्म निर्माण कार्य सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । अहिले उक्त स्नानगृहको भौतिक प्रगति भने भने ८० प्रतिशत सम्पन्न भैसकेको पूर्वाधार बिकास शाखा अधिकृत रुक्मांगत बस्यालले बताए । उनले भने, “सुबिधा सम्पन्न स्नानगृहको व्यवस्थापन र सरसफाईमा भने चुनौती नै देखिन्छ । यसका लागि युटिलिटी सपको ठेक्का कुनै एक व्यक्तिलाई दिन सक्यौ भने जिम्मेबारीसँगै सरसफाइ र व्यवस्थापनमा पनि राम्रो हुने अधिकृत बस्यालले बताए ।
बुटवल बसपार्कलाई स्तरीय, सुविधासम्पन्न दैशकै नमुना बसपार्कको रुपमा विकास गर्नेगरी योजना अगाडि बढाएको सोही पालिकाका प्रमुख पाण्डेले बताए । यात्रुहरु एकठाउँबाट लामो समय यात्रा गरी अर्को ठाउँमा जाँदा बसपार्कमै स्नान गरी आराम गरेर पुन गन्तव्यतर्फ जान सहज हुनेछ भने यात्रुलाई स्नानको लागि होटल छिर्न पनि परेन र आर्थिक रुपमा पनि यात्रुलाई सहज हुने भएको कारण पनि यस्तो अबधारण ल्याएको प्रमुखले बताए ।

उनले भने, “बसपार्कको पूर्वपट्टी निर्माणाधीन स्नान गृह रहेको छ भने दक्षिणतर्फ कार पार्किङ सहितको ७ तले व्यबस्थित व्यवसायिक भवन निर्माण गर्न डिपिआर तयार भैसकेको छ । ३ सय जना अट्ने क्यान्टिको व्यबस्थापन पनि गरिदै छ बाहिरबाट आउनु यात्रुहरुको लागि सुबिधायुक्त न्युनतम मूल्यमा खाना खुबाउने र प्याकेजिङ खानाको पनि व्यवस्था गराउने तयार गरेको उनले बताए । अहिले पुरानो शौचालय भएको स्थानमा भने कोसेली घर निर्माणको लागि लगानीकर्तासगै दीर्घकालिन प्रयोजनामा आउने गरी अध्ययन अनुसन्धान चलिरहेको छ । बसपार्क क्षेत्रलाई फ्रि वाईफाई जोन बनाउने र स्वच्छ पिउने पानीको व्यबस्था गरिने तयारी भैरहेको छ । रात्रीकालिन समयमा पनि सुरक्षित महसुस गराउनको लागि नाईटभिजन सिसिक्यामेरा जडान गर्ने र ५ सय मिटर दुरी सम्म उज्यालो दिने २ वटा हाईमास्ट लाईट जडान गर्ने र त्यसको निगरानी स्वरुप नगरप्रहरी परिचालन गर्ने योजना रहेको प्रमुख पाण्डेले बताए ।

पहिलाको बसपार्क ठेलागाडा र सेकुवा कर्नरले अस्तव्यस्त देखिन्थ्यो महिलाहरुका लागि रात्रीकालिन अबस्थामा बस चढ्न र ओर्लने समेत असुरक्षित भएको थियो । अहिले ती सबै हटाईएको छ । आत्यधिक मात्रामा गुट्खा, भोला र सुर्तीजन्य बस्तुहरु सेवनले पनि बसपार्क फोहोर हुने हुँदा त्यसलाई जथाभावी फ्याक्न समेत निषेध गरिएका छ सरसफाइमा पालिका आफै प्रत्येक्ष रुपमा सहभागी हुने र बसपार्कलाई सुबिधासम्पन्न सुरक्षित बसपार्क सुन्दर बसपार्क र हरियाली बसपार्क गराउने उद्देश्य रहेको नगर प्रमेख पाण्डेले बताए । यस बिषयमा यातायात व्यबसायी, होटल व्यवसायी र स्थानीयहरुसँग छलफल गरी उनीहरुको सुझाब अनुसार अगाडि बढ्ने उनले बताए ।

व्यवस्थित बसपार्कको अवधारणाः व्यवसायीलाई घाटा

बुटवल उपमहानगरपालिकाले व्यवस्थित र नमुना बसपार्काको अबधारण अनुसार बसपार्क भित्रै स्नानगृह र क्यान्टिन आफै संचालन गर्नु भनेको होटल व्यवसायीको हित बिपरित काम गरेको बुझाई भएको होटल व्यवसायी संघका सचिव थम्मन भण्डारीले बताए । यसले होटल व्यवासयीलाई प्रत्यक्ष असर पर्ने भएको छ । उनले भने, “कोभिड पछाडि बिश्वभर आर्थिक मन्दी लागेको अबस्थामा नेपाल पनि अछुतो रहेन र होटल व्यवसायी पनि थला परेको अबस्था छ । यस्तो अवस्थामा यो योजना कति दीर्घकालिन हुने हो पालिकाले सोच्नु पर्ने गम्भीर बिषय बनेको छ ।” “पालिकाले व्यवसायीहरुलाई सहयोग र संरक्षण गर्ने ठाउँमा आफैले होटल व्यवसायी संघले दिएको मेनुको आधारमा भन्दा पनि न्यूनतम मूल्य कायम गरी क्यान्टिन संचालनमा ल्याउनु पक्कै पनि व्यवसायीको हितमा छैन”– उनले भने । “यस्तै हो भने होटल व्यवसायी नै बन्द गर्नुपर्ने अबस्था सृजना हुन्छ र हामी बिस्थापित हुन्छौ । होटल व्यबसायीलाई संरक्षण गर्नु पनि पालिकाको जिम्मेवारी र दायित्व हो । होटल व्यवसायीलाई निगरानी गर्ने पालिकाको जिम्मेवारी र क्षेत्राधिकारको कुरा हो तर पालिका आफैले व्यवसायी संचालन गर्नु हाम्रो रोजीरोटी खोसिएको हो हामी यसको बिरोधमा छौँ”–उनले भने ।

बसपार्कको गुरुयोजनाको बिषयलाई ध्यान नदिएर बिकासको फड्को मार्न खोज्नु यो आफैमा बिकासको रोल मोडलमा परिणत भएको पश्चिम बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलले बताए । “यातायात व्यवसायीले उपयोग गर्ने कुरा पहिलो प्राथमिकतामा राख्नु पर्छ भौतिक संरचना ठुलाठुला हँुदैमा विकास हुन सक्दैन, बसपार्कमा आधारभुत कुराहरुलाई प्राथमिकता दिनुपर्छ । उपयोग गर्ने ठाउँ भए यात्रु प्रतिक्षालय र पेट्रोल पम्प बसपार्क भित्रै राखिदिनु पर्छ”–उनले भने । खरेलका अनुसार बसपार्कभित्र अहिलेको अबस्थामा हेर्ने हो भने सावरी साधनका पट्टा भाँचिएको अबस्था देखि खाल्डाखुल्डीको कारण दुर्घटना हुने सम्भावना पनि धेरै बढेको देखिन्छ । “अहिले बसपार्क घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य भएको अबस्था पनि छ । पहिले त्यो समाधान गर्न जरुरी छ । बसपार्क पछाडि ढल व्यवस्था गर्न नसक्दा पानि जमेर बर्षातको समयमा बसपार्कभित्रै पानिका ताल बन्छ” उनले भने । बसपार्कभित्र यात्रुहरु मैत्री सामाजिक वातावरण छ कि छैन सावारी भाडा दरमा यात्रुहरु मारमा परेका छन कि छैन यात्रुको गुनासो के छ भन्ने जस्ता बिषयमा अनुगमन निरीक्षण गर्नु पालिकाको जिम्मेवारी भएको उनले बताए । लामो दुरीबाट आएको सवारी चालक र यात्रुलाई मध्यनजर गरी बसपार्कमा होहल्ला धेरै हुन्छ त्यसकारण अन्य कुनै बाहिर क्षेत्रमा रिफ्रेस सेन्टर जहाँ चालकले एकाध घण्टा आराम गरेर जान सकोस् त्यस्तो खालको अबधारणा ल्याउन जरुरी रहेको अध्यक्ष खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?