ट्रेंडिंग:

>> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

नयाँ कानुन सिकाउँदै न्याधिवक्ता

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

भदौ १ गतेदेखि लागू हुन लागेको नयाँ मुलुकी ऐन कानुन सम्बन्धी सचेतना दिन सुरु गरिएको छ । जिल्लाका सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले गुल्मीको तम्घासमा सार्वजनिक सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय गुल्मीद्वारा आयोजना गरिएको सचेतना कार्यक्रममा जिल्ला न्याधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसुर ऐन २०७४ को बारेमा जानकारी गराएका छन् ।
कार्यक्रममा मुलुकी अपराध संहिता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै जिल्ला न्याधिवक्ता घिमिरेले अपराध संहिताको स्वरूप, अपराध संहितामा समावेश कसुरहरू, वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुर, गाली बेईज्यति सम्बन्धी कसुर लगायतका विषयवस्तुहरूको बारेमा थप स्पष्ट पारेका थिए ।
विगतको ऐनमा भन्दा नयाँ मुलुकी ऐनमा कसुरको प्रकृति हेरी सजाय निर्धारणका मापदण्डहरूमा परिवर्तन गरिएको बताए । न्याधिवक्ता घिमिरेले सरकारले कानुनी व्यवस्थालाई समय सापेक्ष बनाई त्यसलाई आधुनिकिकरण गर्दै अन्र्तराष्ट्रिय अभ्यास अनुरूप कानुनी व्यवस्था लागु गर्न नयाँ मुलुकी ऐन कानुन लागु हुन लागेको बताए ।
उक्त कार्यक्रमका सहभागिहरूले वहुविवाह, कसुर सजाय, महिला हिंसा, सम्वन्ध विच्छेद, हिरासत सुधार जस्ता विषयमा आआफ्ना जिज्ञासाहरू राखेका थिए । सहभागिहरूले राखेको जिज्ञासा समाधान गर्दै जिल्ला न्यायाधिस रामप्रसाद न्यौपानेले कानुनको अवधारणा र विकासक्रम, प्रकृया, फैसला र त्यसको कार्यान्वयन लगायतका विषयमा स्पष्ट पारेका थिए ।
सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समग्रमा समय सापेक्ष रूपमा कानुन आएको भन्दै यसको कार्यान्वयन गर्न आफुहरू प्रतिवद्ध रहेको बताउँदै यसलाई थप प्रभावकारी बनाउनका लागि सबैको सहयोग महत्वपूर्ण रहने बताए । उक्त सचेतना कार्यक्रममा जिल्ला स्थीत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक समाज, कानुन व्यवसायी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?