ट्रेंडिंग:

>> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त

प्रतिबिम्बन र अनुसन्धान शिक्षण सिकाइका प्रमुख साधन

२७ फाल्गुन २०८०, आईतवार
२७ फाल्गुन २०८०, आईतवार

शिक्षण पेशालाई बढी प्रभावकारी र दिगो राख्नका लागि प्रतिबिम्बन र अनुसन्धान कार्य प्रभावकारी हुने देखिएको छ । समालोचकीय प्रतिबिम्बनात्मक अभ्यासले सिकाइ सिद्धान्त र प्रयोगको सुक्ष्म मूल्याङ्कन गरी समीक्षा गर्ने र त्यसले शिक्षकका दैनिक क्रियाकलापको ढाँचा निर्माण गर्ने बेलायती प्राध्यापक डा. एण्डिज सिरोकीले बताउँछन् । नेपालमा शिक्षण र सिकाइवीच तालमेल भएको देखिदैन । शिक्षकहरूले आफूले शिक्षण कार्य इमान्दारितापूर्वक गरिरहेको भएतापनि विद्यार्थीमा अपेक्षित सिकाईस्तर कायम गर्न नसकेको गुनासो गरिरहेका हुन्छन् । सिकाइ सुधार नहुनुका विभिन्न कारणहरूको सूचि दिने गर्दछन् । उदाहरणका लागि आमरूपमा समाजमा पढ्ने बानी छैन । अभिभावकको चासो छैन । मोबाइलले बालबालिकाको अध्ययन गर्ने बानी घटाएको छ । आदि । तर, नेपालमा शिक्षकले आफ्नो शिक्षण कार्यको स्मरण गरी के गर्दा के भयो भनी चिन्तन गर्ने बानी छैन । शिक्षक बाहेक अन्य कुनैपनि पक्षबाट कक्षा शिक्षणको अवलोकन गरी छलफल पृष्ठपोषण दिने अनुगमन, सुपरिवेक्षण वा बाह्य सहयोगको अभ्यास पनि छैन । तसर्थ शिक्षण कार्यको शिक्षकद्वारा स्व–मूल्याङ्कन गरी कुन कार्यको प्रभावकारिता सकारात्मक रह्यो, त्यस कार्यको निरन्तरता र जुन कार्यले कम प्रभाव पारेको देखिन्छ त्यस कार्यको विकल्पको खोजी गरी अर्को तरिका वा विधिको प्रयोग गर्ने संस्कृतिको विकास गर्नु आवश्यक देखिन्छ । यसो नगरी अन्य पक्षलाई औंलो तेस्र्याएर गरिने टिप्पणीले सिकाइ सुधार हुन सक्दैन । बरु आफ्नो जिम्मेवारीबाट पञ्छिने बानी बढ्दै जान्छ ।

प्रतिबिम्बनात्मक अभ्यासको मुख्य लक्ष्य भनेको शिक्षण–सिकाई प्रक्रियासम्बन्धी शिक्षकमा बोध गराउने, शिक्षकहरूलाई शिक्षण कार्यप्रति बढी जवाफदेही बनाउने, शिक्षकको बैयक्तिक तथा पेशागत दक्षता बढाउने र कक्षा शिक्षण सम्बन्धी कार्यमूलक अनुसन्धान कार्य गर्ने बानीको विकास गर्ने हो । प्रतिबिम्बन कार्यका विभिन्न साधन हुन सक्छन् । उदाहरणका लागि सफलताका कथाहरूको अभिलेखीकरण, शिक्षण दैनिकी लेखन, विद्यार्थी प्रतिबिम्बन र रुजु सूचिको प्रयोग, कक्षा अवलोकन समीक्षा बैठक, कार्यसञ्चयिका फाइल निर्माण, ब्लग लेखन र अनुसन्धनात्मक लेख प्रकाशन जस्ता नवीनतम सिर्जनात्मक कार्य गरी शिक्षकले कक्षाशिक्षण र विद्यार्थी सिकाईस्तर सुधार गर्नुका साथै आफ्नो पेशागत क्षमता विकास गर्न सक्दछन् । अमेरिकन प्राध्यापक रिचार्डस् रोजरले त्यहाँका शिक्षकहरूले कक्षाशिक्षण पश्चात् लेखेका टिप्पणीहरूबाट प्राप्त अन्तर्दृष्टिहरूको आधारमा शिक्षकको पेशागत विकास नामक पुस्तक लेखेका छन् । ती टिप्पणीमा शिक्षकले कक्षामा के के गरेको ? ती कार्य गर्दा विद्यार्थी सिकाइ र प्रतिक्रिया के के प्राप्त भएको ? र प्राप्त नतीजा र प्रतिक्रियाका आधारमा अब कसरी सुधार गर्न सकिन्छ ? भन्ने चिन्तन समेत समेटिएको देखिन्छ । अर्थात् शिक्षकले आफूले कक्षामा गरेका क्रियाकलापको सूचि, ती कार्यको प्रभाव मूल्याङ्कन र सुधारका लागि सम्भावित उपाय उल्लेख गरिएको करिव ५०० शब्दको दैनिकी लेखन गर्ने हो भने धेरै सुधार हुने देखिन्छ ।
प्रतिबिम्बनात्मक अभ्यासको अर्को प्रभावकारी तरिका कार्यमूलक अनुसन्धान हो । शिक्षण पेशा एउटा गतिशील कार्य हो । ज्ञानको विकास र विस्तार द्रूतगतिमा भैरहेको हुन्छ । अझ अहिलेको सूचना प्रविधिको रफ्तारमा संसारभर भैरहेका नयाँनयाँ खोजी र प्रबद्र्धनात्मक कार्यको अध्ययन र सान्दर्भिक उपयोगबाट मात्र प्रभावकारी शिक्षण हुने देखिन्छ । तसर्थ सबैभन्दा पहिले शिक्षकले आफूले जानेको ज्ञान र प्रयोग गरेको विधि नै शत प्रतिशत ठीक छ भन्ने घमण्ड त्याग्नुपर्छ । अर्थात् आफ्नो कार्यको मूल्याङ्कन गर्न तत्पर हुनुपर्छ । आफूले गरेको कार्यका सकारात्मक र कमजोर दुवै पक्षको पहिचान गर्न सक्नुपर्छ । कक्षा शिक्षण र सिकाईमा देखिने खाडलका कारणहरू कक्षा बाहिरका पक्षमाभन्दा कक्षाभित्र र शिक्षकले आफ्नै कार्यशैली, कार्यक्षमता र कार्यसम्पादनमाथि प्रश्न गर्न सक्नुपर्छ । यही क्षमतालाई नै स्व–मूल्याङ्कन वा आत्म–मूल्याङ्कन भनिन्छ । यो नै कार्यमूलक अनुसन्धानको पहिलो शर्त हो । अर्थात् आफ्नो अनुहार ऐनामा हेर्न तयार शिक्षकहरूले मात्र प्रतिबिम्बनात्मक अभ्यास, कार्यमूलक अनुसन्धान र पेशागत सुधार गर्न सक्छन् । ब्रिटिश काउन्सिल कोलम्बोले आयोजना गरेको श्रीलंकाली प्राध्यापकहरूको सम्मेलन २०२४ मा प्रमुख वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गर्दै बेलायती प्राध्यापक डा. लुक हार्डिङ्गले अबको शिक्षण अनुसन्धान, उपभोक्ता र सूचना प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । अर्थात् शिक्षण कार्य शिक्षकले आर्जन गरेको परम्परागत ज्ञानभन्दा समकालीन अध्ययन र अनुसन्धानबाट प्राप्त दृष्टिकोणमा आधारित हुनुपर्ने, सिकारु अर्थात् युग अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने खालको ज्ञान र सिप विकास गर्ने र डिजिटल साक्षरतासहितको शिक्षाबाट मात्रै अबको शिक्षण प्रभावकारी हुने देखिन्छ । तीन दिनसम्म सञ्चालित सम्मेलनमा ४४ वटा अनुसन्धान प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए । अर्थात् अनुसन्धान कार्यलाई उच्च प्राथमिकता दिन थालिएको यो सम्मेलनका सहभागीले प्रमाणित गरेका छन् ।

अनुसन्धान कार्यलाई विधिवत संरचनाको त्रासका कारण सहजै स्वीकार्न नसकेको आभास हुन्छ । कक्षा शिक्षणका क्रममा गरिने अनुसन्धनात्मक कार्यलाई केही सरल तरिकाले सम्पन्न गर्न सकिन्छ । अनुसन्धानको बैधानिकताका लागि आवश्यक कतिपय संरचनागत आधारहरूलाई छाडेर कक्षा शिक्षणको सकारात्मक र कमजोर प्रभाव पहिचान गरी गम्भीर प्रकृतिको कमजोरीलाई सुधार गर्न सबैभन्दा पहिला कार्य गर्ने (समस्या पहिचान र प्राथमिकीकरण), समस्याको समाधानका लागि कुन विकल्प उचित होला भनी निर्णय गर्ने (योजना), विकल्पको कार्यान्वयन कक्षाशिक्षणका क्रममा गर्ने (कार्यान्वयन), ती उपायहरूको प्रभाव के रह्यो ? (अवलोकन), यी सबै कार्यको समग्रमा कस्तो प्रभाव रह्यो ? (प्रतिबिम्बन) गर्ने र त्यसका आधारमा भावी योजना निर्माण गर्ने चक्रलाई नै कार्यमूलक अनुसन्धान भनिन्छ । यस कार्यमा विकल्पको छनोट गर्ने र प्रभाव मूल्याङ्कन गरी निर्णय लिने क्रममा द्वितीयक स्रोतको उपयोग गर्न सकिन्छ । नत्र शिक्षकको अनुभवका आधारमा सुधारात्मक कार्य हुने भएकोले यस कार्यलाई बढी औपचारिक संरचनात्मक उल्झनका रूपमा लिइनु आवश्यक छैन । योजना, कार्यान्वयन, अवलोकन र प्रतिबिम्बनका क्रममा अनुभूति गरिएका विचारलाई टिपोट गर्ने र शिक्षक समुदायका विच शेयर गर्ने हो भने असल अभ्यासबाट एक अर्काले सिक्न पाइने हुन्छ । तसर्थ शिक्षण दैनिकी र कार्यमूलक अनुसन्धान जस्ता प्रतिबिम्बनात्मक अभ्यासका कार्यबाट शिक्षकले स्व–मूल्याङ्कन गरी आफै कार्यक्षमता सुधार गर्न सक्ने हो भने विद्यार्थीको सिकाइस्तर सुधार हुनुका साथै शिक्षकको पेशागत विकास हुने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?