ट्रेंडिंग:

>> एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात >> उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई दियो जिम्मेवारी >> अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी >> दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ >> अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ट्याक्टर दुर्घटनामा एकको मृत्यु >> महर्षि आगमनको स्वर्ण महोत्सव >> बेलडाँडा मारुनी नाच प्रथम >> झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु >> कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा >> अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत >> आज सुनचाँदीको मुल्य कति छ ? >> स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख >> अमेरिकी राष्ट्रपतिको नतिजा आउने क्रम जारी, ट्रम्पको अग्रता कायमै >> पाँच किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै >> आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता >> लापत्ता सन्तान: वृद्धाश्रम पुगेकी आमाको कथा >> अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरु, ट्रम्पको अग्रता >> लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण >> प्रतिशोधजन्य घटना नियन्त्रण गर >> स्क्राबल खेल, सिद्धबाबा स्कुल र रेसुङ्गाको घुमघाम >> आउँदा अम्बा, फर्किदा नुन तेल >> बटौलीलाई ‘पहाडी स्वाद’ >> छठको दोस्रो दिन आज ‘खरना’ >> पश्चिमी र स्थानीय वायुको प्रभाव : यस्तो रहनेछ आजको मौसम >> मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष लम्साल पक्राउ >> दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन >> घाइतेहरुलाई मुख्यमन्त्रीको ढाडस्–‘उपचारमा कुनै कमी हुन दिंदैनौं’ >> दाङको पर्यटकीयस्थल घोरदौरामा पर्यटकको संख्यामा वृद्धि >> नेतृत्वबिहीन हुँदा कर्णालीका संसदीय समिति निष्क्रिय >> रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश >> देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, ६ जिल्ला उच्च जोखिममा >> रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने >> मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत रुपमा छठपर्व मनाइदैं >> ऐतिहासिक डल्ले सरायँ मेलाः थापडाँडा उत्कृष्ट >> राष्ट्रपति चुनावमा ठुलो मुद्धा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ? >> सबैको मन जोड्ने सेतु छठ पर्व >> पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्री आचार्यको चिन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय >> आजदेखि सरकारी कार्यालयको नयाँ समयावधि: १० बजेदेखि ४ बजेसम्म >> तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी >> तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो >> रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, पोखरापछि भैरहवा ल्याइने >> छठ पर्व आजदेखि विधिपूर्वक सुरु >> अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै >> खिल्जी दुर्घटनाः घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री >> विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

‘गाउँमै बस्छु—केही गर्छु’

२३ बर्षको दौरानमा कृष्ण प्रसाद पाण्डेले श्रीकृष्ण ब्रान्डको कफी बजारीकरण गर्दै आएका छन् । उनको उद्योगबाट जैविक कफी तथा मसला जन्य उत्पादन हुन्छ । उत्पादित कफीका विभिन्न प्रकारमा ए, वि, सी ग्रेडका कफी, धूलो कफी रहेका छन् ।
१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठुलापोखराका कृष्ण प्रसाद पाण्डे भारतमा एक बैंस समय बिताए । भारतका विभिन्न स्थानमा १६ बर्ष समय विताएका पाण्डेले होटल भारतका आफ्नै होटल चलाएका थिए । त्यहाँ राम्रो आम्दानी भएन । उनी २०५७ सालमा नेपाल फर्किए । गाउँमा उनले सबैको घरमा कफीका बोट देखे तर कफीको प्रसोधन उत्पादन केही भएको थिएन । कतिपय किसानले भने धमाधम कफीका बोट समेत काट्दै थिए । त्यो देखेपछि उनी भारत जान मन लागेन । उनी आफ्नै जन्मघर मै बस्ने र कफीलाई ब्रान्डीङ्ग गर्ने सोँच बनाए । र अठोट गरे अव ‘गाउँमै बस्छु र केही गर्छु’ । उनले आफ्नो घरको बाँजो बारीमा कफी मात्रै रोपण गरेन्न । अन्य किसानहरूलाई पनि कफीका बोट लगाउन प्रेरित गरे । उनी यसरी कृषि क्षेत्रमा पूर्णकालिन कृषकको रूपमा लागेको २३ बर्ष भएको छ । यो २३ बर्षको दौरानममा कृष्ण प्रसाद पाण्डेले श्रीकृष्ण ब्रान्डको बजारीकरण गर्दै आएका छन् ।

गाउँमा उनले जैविक कफी तथा मसला उद्योग सञ्चालन गरेका छन् । जसमा हालसम्म करिब २५ लाख लगानी भएको छ । उनले उत्पादन गरेको कफीका विभिन्न प्रकार, ए, वि, सी ग्रेडका कफी, धुलो कफी लगायतका बेसार समेत उनको उद्योगले उत्पादन गर्दै आएको छ ।
पाण्डेको फार्ममा अहिले १०० बढि बोट कफी छन् भने गाउँका अन्य किसानहरू गरी करिव २ हजार भन्दा बढि बोट छन् । बार्षिक रूपमा ६ देखि ७ टन कफी उत्पादन हुदै आएको छ ।

कफीसंगै उनले बेसार उत्पादन गर्दै आएका छन् । केही बर्ष पहिला जैविक बायोमास उत्पादन गर्दै आएका पाण्डेले उत्पादन गरेको कफी लाई अन्य कम्पनी मार्फत विदेश समेत निर्यात गर्दै आएका छन् । गुल्मी कफी संगको सहकार्यमा उनको कफी अहिले कोरिया, जापान लगायतका देशहरूमा जाने गरेको छ । अहिले उनको उद्योगमा उत्पादन गरेको कफी लाई केही मात्रा प्रसोधन गरी अन्य भने कन्ट्याक्टमा विक्री गर्दै आएका छन् । उनी भन्छन्–‘अर्घाखाँचीमा कफीलाई ब्रान्ड बनाउने गरी हामीले लागीपरपेका छौ । ’

कफी को उत्पादन देखि प्रसोधन, बजारीकरण समेत गर्दै आएको उद्योग सानो स्केलमा भएको र उत्पादन र बजारीकरण समेत नभएको कारणले गर्दा समस्या भएको उनको भनाई रहेको छ । साना किसान भएको कारण सहुलियत कर्जा समेत नपाएको किसान पाण्डेको भनाई रहेको छ । उनी भन्छन्–‘कृषिमा सहज कर्जा, सहुलियत कर्जा समेत नपाउने अवस्थाछ, बैंकहरूले पनि यसमा लगानी गर्न चाँसो दिएका छैनन, जसको कारण समस्या छ । ’ उनले स सानो लगानगीमा स्थापना भएका कृषि जन्य उद्योगमासरकारले सहुलियत कर्जा दिएर प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।

कफीको माग उच्च भएको भन्दै उनले बार्षिक २५ टन सम्म कफी उत्पादन भएमा यसको बजारीकरण सुनिश्चित भएको बताउँछन् । त्यहाँ उत्पादन भएको कफी गुल्मी कफी ले समेत सम्झौता गरी लैजाने गरेको छ । बार्षिक ४ लाख रूपैयाँ आम्दानी गर्दै आएको बताउने कृषक पाण्डेले कफीको अलवा, बेसार, अदुवा लगायतको समेत संकलन, प्रसोधन र बजारीकरण गर्दै आएका छन् । किसान बाट पाकेको कफीलाई प्रतिकिलो ८० रूपैयाँमा खरिद गर्दै आएको उनको भनाई रहेको छ । कफी जोन सञ्चालक समितिका अध्यक्ष समेत रहेका पाण्डेले अहिले समुहमा ३ सय बढि किसान आवद्ध भएको बताउँछन् । ३ वटा वडामा कफी जोन विस्तार गरिएको छ ।

कफी जोन लाई जिल्ला स्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रर्वद्धन गर्दै आएको छ । यो कार्यालयको सहयोगमा कफी रोस्टर गर्ने मेसिन समेत जोन ले अनुदानमा प्राप्त गरेको छ । जोनमा अहिले व्यवसायीक किसान २ हजार बढिको काफि संकलन हुदै आएको छ ।
कफीको ब्रान्डीङ्ग गर्दै आएका उनी कफी सम्बन्धी काम गर्ने संस्थाको सहयोगमा दुई पटक दक्षिण कोरिया समेत भ्रमण गरेर आएका छन् । गाउँमा अगुवा किसानकोरूपमा पहिचान बनाएका पाण्डेको ‘श्रीकृष्ण ब्रान्ड’ विभिन्न मेला महोत्सवमा समेत सहभागिता हँुदै आएका छन् । मेला महोत्सवमा पूर्णरूपले अर्गानिक, जैजिक खेतीबाट उत्पादन भएको कृषि जन्य पद्धार्थ भएको कारण राम्रो प्रतिक्रिया पाउने गरेको उनको भनाई रहेको छ । अर्घाखाँची जिल्ला कफी खेतीको लागि उपयुयक्त मौसम भएको जिल्ला भएको कारण गुल्मी संगको सहकार्यमा अर्घाखाँची र गुल्मीलाई कफीको सुपर जोन समेत बनाउने कुरा भएको भएको पनि कार्यान्वयन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?