© २०२३
यहाँका एक वडा अध्यक्षले आफूले पाउने सुबिधा वडाका जेष्ठ नागरिकलाई तिर्थयात्रामा पठाएर खर्च गरेका छन् । रामग्राम नगरपालिका ८ का वडा अध्यक्ष महेन्द्र ठाकुरले वडा अध्यक्षले पाउने पारिश्रमिक र सुविधा विभिन्न सामाजिक क्रियाकलापमा खर्च गर्दै आएको र यो बर्ष सो सुविधा वापतको रकम खर्च गरेर वडा भित्रका १ सय ५० जना जेष्ठ नागरिकलाई तिन दिनका लागि धार्मिक तिर्थ गर्न पठाएका हुन् । जनप्रतिनिधिले सुबिधा लिएर कर बढाएको आरोप लाग्दै आएको अवस्थामा ठाकुरले आफूले एक्लै सुविधा छोडेर कुनै अर्थ नरहेको बताए । बरु पाउने सुविधा लिएर आफ्नो ब्यतिmगत आवश्यकता पुरा गर्नु भन्दा वार्डकै बासिन्दाले आफुलाई चुनाव जिताएर वडा अध्यक्ष बनाएको हुँदा सो रकम उनीहरूको इच्छा अनुसारको कार्यक्रममा खर्च गरिदिने गरेको सुनाए । आफ्नो घरपरिवार चलाउनका लागि आफ्नै उद्यम ब्यवसाय छ, उनले भने, राज्यबाट पाउने सुविधा जनतामै खर्च गरिदिएको छु । तिनै जनताले मलाई स्थानमा पु¥याए, उनले थपे, आफूले पाएको यो बर्षको सुविधा वडाका जेष्ठ नागरिकलाई तिर्थ यात्रामा खर्च गरि दिए । अघिल्लो बर्षको सुबिधा बाढी पिडितलाई राहतमा खर्च गरेका थिए । अघिल्लो बर्ष ठूलो बाढी आएर डुबान हुँदा गाँउमा बालीनाली नष्ट हुनुका साथै कतिपयको घर समेत भत्किएर समस्या आएको थियो । त्यो बेला पनि ठाकुरले कहिँबाट चन्दा सहयोग नउठाई उनले पाउने सुबिधामा पनि थप गरेर बाढीपिडितलाई सहयोग गरेका थिए । अहिले तीन लाख भन्दा बढि खर्चेर उनले डेढ सय जनालाई तिर्थ गर्ने अवसर जुराई दिएका छन् । जो सर्बसाधारणका लागि राहत हुने भएको छ । उनका अनुसार वार्डका डेढ सय जना जेष्ठ नागरिकलाई भारतको विभिन्न स्थानमा तिर्थ यात्रा गर्न भ्रमणमा पठाएका छन् । दुई वटा बसको खर्च र उनिहरूलाई तिन दिनसम्म लाग्ने खाजा,खाना र आवास खर्च दिएर शनिवार विहान भारतका लागि बस प्रस्थान गराएका थिए । ती बसबाट तिर्थयात्रामा जाने जेष्ठ नागरिकले भगवान बुद्धले परिनिर्वाण लिएको स्थान कुशिनगर,अयोध्या, लेहणा माई स्थान,बनइलिया माईको थान, भरतकुण्ड, गुप्तरकुण्ड,गोरखपुर स्थित गोरखनाथ दर्शन, तरकुलहा देवी, रामकोला र इटहिया बोलबंम धाम गरेर फर्कने छन् । कतिपय बिपन्न परिवारले तिर्थाटन समेत गर्न नपाएको बेला वार्ड अध्यक्षले उनीहरूलाई पनि तिर्थाटन गर्ने अवसर मिलाई दिएर प्रशंसनिय कार्य गरेको जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायले बताए । जनप्रतिनिधिलाई अहिले राजनीतिक रूपमा नीति निर्माण, विकास निर्माणसंगै आफ्ना ब्यतिmगत लगानी गरी जनताको सेवा गर्ने अवसर मिलेकोमा वडाध्यक्ष ठाकुरले त्यसको सदुपयोग गरेको उनले बताए । ठाकुरको यस्तो सराहनिय कार्य अरू जनप्रतिनिधिका लागि पनि उदाहरण बन्न सक्ने उनको भनाइ थियो । केही रकम सुविधालाई जोगाएर पुरै जिवन कट्ने होईन, उनले भने–‘त्यो पनि सुविधा जनतामै खर्च गरिदिएर सधैका लागि स्मरणिय कार्यले जनतामा जनप्रतिनिधिको सधै याद रहने छन् ।’
रामग्राम–८ का वडाध्यक्ष महेन्द्र ठाकुरले पाएको सुबिधाबाट वडाका जेष्ठ नागरिकलाई भारत तीर्थयात्रामा पठाउँदै । तस्वीर ः बुटवल टुडे