ट्रेंडिंग:

>> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने

सियारीबाट ‘ढाका’ कोशेली

सियारी गाउँपालिकाको सहयोगमा महिला सहकारीले स्थापना गरेको ढाका उद्योगबाट उत्पादन भएका ढाका सामग्रीहरूको बजार बिस्तार नहुँदा बिक्रीमा समस्या छ ।
१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

बुटवल, १७ माघ । रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ का पुजा अधिकारी, सोही वडा कै विष्णु रेग्मी, शुद्धोधन गाउँपालिका वडा नम्बर ३ की किसान गुरुङ्ग अहिले धमाधम ढाकाको कपडा बुनीरहेका छन् । उनीहरूले यसरी कपडा बुन्दै आएको ३ बर्ष भन्दा बढि भैसकेको छ । सुरुवाती चरणमा १५ जना महिलाहरूले यसरी नै सामुहिक रूपमा ढाकाको कपडा बुन्दै आएका थिए । कार्य व्यस्तताको कारण अन्यले छाडेर गएपनि अहिले ७ जना महिलाहरूले भने नियमित रूपमा ढाकाको कपडा बुन्दै आएका छन् ।

रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–७ अमुवा बजार नजिकै रहेको ‘नारी एकता महिला विकास बचत तथा ऋण सहकारी संस्थाको भवनमा उनीहरूले यसरी नै दिनहुँ घरधन्दाको काम सकेर ढाका बुनाईमा आउने गरेका छन् । उनीहरूले उत्पादन गरेको ढाकाको कपडा सोही सहकारीले खरिद समेत गर्दै आएको छ । २०६३ सालमा स्थापना भएको सहकारीले ३ बर्ष पहिला सियारी गाउँपालिकाको आर्थिक सहयोगमा ढाका सम्बन्धी तालिम प्रदान गरेको थियो । सोही तालिम पश्चात सुरुवाती चरणमा १५ जना महिलाहरूले नियमित रूपमा ढाका बुन्दै आएका थिए अहिले भने ७ जनाले नियमित रूपमा ढाकाको कपडा बुन्दै आएका छन् ।

सहकारीका अध्यक्ष सरस्वती भट्राईका अनुसार यसरी तालिम पश्चात उद्योगमा काम गर्ने महिलाहरूले उत्पादन गरेको कपडाको आधारमा पारिश्रमीक समेत दिँदै आएको छ । उद्योग स्थापना गर्नको लागि सुरुवात दिनमा गाउँपालिकाले ८ लाख रूपैयाँ अनुदान समेत दिएको थियो । जसबबाट तान, धागो लगायतका अन्य सामान खरिद गरी त्यसलाई उद्योगको रूपमा स्थापना गरिएको हो ।
ढाकाको रूपमा पहिचान बनाएको पाल्पाली ढाका जस्तै ‘सियारी ढाका’ लाई पहिचान दिनको लागि पालिकाले यो उद्योग स्थापनाको सहयोग गरेको पालिकाका अध्यक्ष थानेश्वर घिमिरे बताउँछन् । महिला उद्यमशिलता प्रवद्र्धन मार्फत महिलालाई स्वरोजगार बनाउने गरी यो उद्योगको सुरुवात गरिएको अध्यक्ष घिमिरेको भनाइ रहेको छ ।

उद्योगमा नियमित आउने महिलाहरूले थान कपडा उत्पादन गर्दै आएका छन्, यसको अलवा ढाकाको सल, ढाकाको साडी समेत बुन्दै आएका छन् । जसको लागि कच्चा पदार्थ काठमाडौंबाट ल्याएर बुन्दै आएको सहकारीका व्यवस्थापक रेखा भट्टराई बताउँछिन् ।
सात सय भन्दा बढि सदस्य रहेको उक्त सहकारीले ढाका उद्योग संगै कृषि क्षेत्रमा महिला स्वरोजगारको लागि कृषि कर्जा, घर कर्जा, व्यवसाय कर्जा समेत प्रदान गर्दै आएको छ । जसले विभिन्न तालिम समेत सञ्चालन गरेको छ । व्युटिपार्लर तालिम, कृषि तालिम, सिलाई बुनाई तालिम लगायतका तालिम समेत प्रदान गर्दै आएको छ । जसबाट महिलाहरूले उद्यमशिलता समेत सृजना गरेका छन् ।

सहकारीले उद्योग सञ्चालनको लागि १० लाख भन्दा बढि लगानी गरेको छ । जसबाट उत्पादन भएका ढाका कपडा, थान कपडा, सल, साडी सहित अन्य थान कपडाबाट ढाकाको झोला लगायतका बस्तु निर्माण समेत गर्दै आएको छ । जसको बजारीकरणमा भने समस्या रहेको सहकारीका अध्यक्ष सरस्वती भट्टराई बताउँछिन् । उनका अनुसार ढाकाको सल उत्पादन पछि विक्रि राम्रै भएको छ भने अन्य थानको कपडा, ढाका टोपी, झोला(व्याग), रुमाल, लुङ्गी लगायतका सामाग्रीहरू उत्पादन पछि केही स्टक रहेका छन् विक्रिको लागि प्रचार प्रसारको अभाव भएको कारण पनि समस्या भएको अध्यक्ष भट्टराईको भनाई रहेको छ ।

उद्योगमा महिलाहरूले उत्पादन गरेको ढाकाको कपडा अनुसारको पारिश्रमीक पाउँदै आएका छन् । तान हेरेर मिटरको १ हजार रूपैयाँ सम्म पारिश्रमीक दिदै आएको सहकारीले जनाएको छ । यसको अलवा पुरा ढाकाको साडी बुन्ने महिलालाई ३ हजार रूपैयाँ दिदै आएको छ । सलको साईज –आकार) अनुसार ६ सय देखि ७, ८ सय रूपैयाँ दिदै आएको छ ।

बजार मूल्य सस्तोः
सहकारीले उत्पादन गरेको ढाकाको कपडा अन्य बजार मुल्य भन्दा सस्तोमा विक्रि गर्दै आएको छ । महिलाहरूले हातबाट बुनेको ढाकाको कपडाको साडी बजार मुल्य १२ हजार भन्दा बढि हुने गरेकोमा सहकारीले ७ हजार रूपैयाँमा नै उपलब्ध गराउँदै आएको छ । अन्य सामानहरू समेत अन्य भन्दा सस्तो रहेको सहकारीका अध्यक्ष भट्ट्राईको भनाई रहेको छ ।

त्यहाँ महिलाहरूले उत्पादन गरेको थान कपडा अन्य व्यवसायीहरूले समेत खरिद गरेर लगेर ढाकाका विभिन्न सामग्री बनाएर बजारीकरण गर्दै आएका छन् । महिला मात्रै सदस्य रहेको सहकारीमा ७ सय भन्दा बढि सदस्यरहेका छन् भने सहकारीको कुल पुँजी १ करोड २६ लाख भन्दा बढि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?