बुटवल, २८ कात्तिक ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड लुम्बिनी प्रादेशीक कार्यालयद्वारा “ग्लोबल मनी वीक २०२५” को अवसर पारेर लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लामा रहेका बैंकका ३४ वटै शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
गत मार्च १७ देखि २३ सम्म सञ्चालित साताव्यापी ग्लोबल मनी वीक २०२५ कार्यक्रममा विभिन्न समूहहरु जस्तैः विद्यार्थी, रेमिट प्राप्त गर्ने समूह, आमा समूह, स्थानीय क्षेत्रका सर्वसाधारण, कृषक सहित करिव २ हजार भन्दा बढी व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम मार्फत वित्तीय सचेतना प्रदान गरेको बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले जानकारी गराएको छ ।
वित्तीय साक्षरता कार्यक्रम मार्फत समुदायमा रहेका विभिन्न समूहले रकम बचत गर्ने, कर्जा उपभोग गर्ने, रेमिट्यान्सको उत्पादनशिल क्षेत्रमा प्रयोग÷लगानी गर्ने, डिजिटल बैंकिङ्ग सेवाको प्रयोग साथै सो सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु एवं जोखिम कम गर्ने, पारिवारिक खर्च व्यवस्थापन गर्ने लगायतका बैंकिङ्ग सेवा सुविधा सम्बन्धी जानकारी गराएको बैंकले जनाएको छ ।
नेपालभर २२९ शाखाहरु, २०५ ए.टि.एम. साथै ६० एक्टेन्सन काउन्टर मार्फत करिब २९ लाख भन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।