© २०२३
१. माधवीमाथिको आलोचनात्मक टिप्पणीको अंशवैदिक युगमा राजाको (हेक्का राखौं— सम्राट्को होइन÷ निर्वाचन हुन्थ्यो भन्ने कुरा डा. काशीप्रसाद जायसवालले ‘हिन्दू राज्यतन्त्र’ भाग–२, पृष्ठ ५–१०मा बताएका छन् । तर, ययातिको सम्राट्–पदमा निर्वाचन प्रत्येक वर्ष गरिन्थ्यो भन्ने कुरा कतै पुराणमा भएको मलाई थाहा छैन । अति प्राचीनकालमा ब्राह्मणहरूले राजा वेनलाई मारेर नयाँ राजा पृथुको चुनाव गरेको उदाहरण भने छ । अथर्ववेदको मन्त्र– (३।४।२) ले यो पनि बताउँदछ कि एकपटक हटाइएका राजालाई फेरि राजा बनाइन्थ्यो ।
त्रेतायुगमा राम–लक्ष्मण वनवासी भएपछि शोकाकुल राजा दशरथ काल–कवलित भएका थिए र भरत–शत्रुघ्न मावलीमा थिए । त्यस्तो परिस्थितिमा राजसिंहासन रिक्त हुनगयो । राजसिंहासन खाली राख्न नहुने भएकोले नयाँ राजाको छनोट गर्ने कुरा यसरी चलेको थियो— “मार्कण्डेय, मौद्गल, कामदेव, कश्यप, कात्यायन, गौतम र महायशस्वी जाबालि— यी सबै ब्राह्मणश्रेष्ठ राजपुरोहितहरूले वसिष्ठसामु बसेर मन्त्रीहरूका साथ आ–आफ्ना सल्लाह दिनथाले— “महाराज दशरथ स्वर्गवासी हुनुभयो । राम–लक्ष्मण वनवासी भए । शत्रुहरूलाई सन्ताप दिने दुवै भाइ, भरत र शुत्रघ्न केकयदेशको रमणीय राजगृहमा आफ्ना मातामहका घरमा निवास गर्दछन् । इक्ष्वाकुवंशी राजकुमारहरूमध्येबाट कुनै एकजनालाई आजै यहाँका राजा बनाइयोस् किनकि राजा नभएको यो राज्य नष्ट हुनेछ (वाल्मीकि रामायण, अयोध्याकाण्ड सर्ग ६७) । अनि राज्यप्रमुख पुरुष नै हुनुपर्ने परम्परा रहेकोले, पुत्रहीन राजा दिवंगत हुँदा, राजाको चुनाउ अवश्यमेव हुन्थ्यो । सम्राट् त राजाहरूले आफ्ना मुखिया वा स्वामीलाई मान्ने हो । त्यहाँ राता–काला गोटीहरू र छन्द (बोट, खयतभ, मत) को के काम !अब रोहिताश्वका अनौठा कुराउपर ध्यान केन्द्रित गरौं । तिनले ययातिसँग भने— “….नागराज नहुषका प्रथम पुत्र ययातिलाई…” को अर्थ भयो ‘तिमीलाई’ । “त्यसपछि तिम्रा पितामह”को अर्थ भयो— ‘तिम्रा पिता नहुषका पिता आयु’। “र (तिम्रा) पिता ययातिलाई…” को अर्थ के हो ? यहाँ ययातिसँग ‘तिम्रा पिता ययाति” भनिएको छ । लेखकले राजा आयुका पुत्र र तिनका पुत्र ययातिलाई बारम्बार नागराज बताउनुभएको छ जो गलत हो ।
नागराज भनाउने अर्कै व्यक्ति नहुष, कश्यप र कद्रका सन्तान भएकाले तिनलाई काद्रवेय पनि भनिन्छ । कश्यप–कद्रूका सन्तान यी नाग हुन्— शेष, वासुकि, तक्षक, अकर्ण, हस्तिकर्ण, पिञ्जर, आर्यक, ऐरावत, महापदूम, कम्बल, अश्वतर, एलापत्र, संख, कर्कोटक, धनञ्जय, महाकर्ण, महानील दुर्मुख, कपिल, अम्बरीश, नहुष र मणि । यी सबका सब र अन्यान्य सर्प र तिनका वंशज, कद्रूका सन्तति भएकाले काद्रवेय कहलाउँछन् । (ब्रह्माण्डपुराण, तृतीय उपोद्घात, पृष्ठ ८३, दिल्ली विश्वविद्यालयका डा. रामचन्द्र वर्मा शास्त्री, एमए (हिन्दी–संस्कृत) एमओएल, पीएचडीको सम्पादन)। विभिन्न पुराणहरूले माधवीका पितामह नहुषकी आमाको नाम प्रभा (स्वर्भानवी),इन्दुमती, विरजा आदि बताएका छन् । लेखकले आयु–प्रभापुत्र नहुषलाई किन कश्यप–कद्रपूत्र भन्नुभयो ? आर्य नहुषलाई बारम्बार असुर र नाग किन भन्नुहुन्छ । वृत्रासुर कुन जातको थियो !पृ. ११९. “पुत्रीको दान नहुषकुलको धर्म हो, दारक््िरmया गर्नेले हामी असुरहरूलाई एउटा वृषभ र एक जोडी गाईको कन्या शुल्क दिने धर्म विधानलाई सम्झ…।”–अति प्राचीनकालमा छोरी दिएको बदलामा पिताले नरपक्षबाट सय गाई र एउटा रथ लिने चलन त आर्यहरूमा पनि थियो । यस विषयमा आपस्तम्ब धर्मसूत्र– (२।६।११)मा बताइएको छ— “विवाहको समयमा कन्याका पितालाई आफ्नो इच्छापूर्तिका लागि र धर्मपालनका लागि कुनै दान दिने नियमबारे सुनिन्छ, यसकारण कन्याका पितालाई सय गाई र एउटा रथ प्रदान गरून् र कन्याका पिताले पुनः त्यो दान वरलाई फिर्ता देऊन् ।”पाइसकेको शुल्क फिर्ता गर्नु छोरीको हितमा भएकोले आवश्यक मानियो । नत्र, छोरीलाई दुःख र सौताको त्रास रहन्थ्यो । यो त ससुराका तर्फबाट ज्वाइँलाई उत्कोच (घूस) भएन र !पृ. १३१. “कोशलाधिपति हर्यश्व अत्यन्त प्रतापी, धर्मपरायण….स्वस्थ र वयस्क छन् तर निःसन्तान छन् ।”–चौबीस वर्षका पुरुष र एक्काईस वर्षकी नारीलाई किशोर–किशोरी बताउने मनीषीले वयस्कको आयु निश्चितरूपमा तीसभन्दा कम त मान्नुुहुँदैनहोला । पुराकालमा केटा–केटीको बिहे कुन उमेरमा हुन्थ्यो । त्यो कुरा जान्नका लागि हामीले ‘धर्मशास्त्र का इतिहास’ भाग १, द्वितीय खण्ड, अध्याय ९ पढे पुग्छ । मोटामोटीमा हामीले जान्नु र मान्नुपर्ने कुुरा यो हो कि केटाको बिहे सो¥ह वर्षको आसपासमा हुन्थ्यो भने केटीको बिहेको उमेर जान्नका लागि यो प्रसिद्ध उक्ति हेरौं— अष्टवर्षा भवेद् गौरी नववर्षा च रोहणी ।दशवर्ष भवेत्कन्या तत् ऊध्र्वं रजस्वला ।।१।।माता चैव पिता तस्या ज्येष्ठो भ्राता तथैव च ।त्रयस्ते नरकं यान्ति दृष्ट्वा कन्यां रजस्वलाम् ।।२।। अर्थात्, आठ वर्षकी पुत्रीलाई गौरी, नौ वर्षकीलाई राहिणी, दशवर्षेलाई कन्या र त्यो भन्दा माथिको केटीलाई रजस्वला भनिन्छ ।।१।। (अविवाहित) केटीलाई घरमा रजस्वला देख्ने मातापिता दाइ, यी तीनै नरक जान्छन् ।।२।।आर्य समाजका प्रवर्तक स्वामी दयानन्द सरस्वतीकृत ‘सत्यार्थ प्रकाश’ पृष्ठ ५५मा माथि उद्धृत गरिएका श्लोक छन् भने पाराशर स्मृति (७।६–८) मा अलि विस्तारसहित यसो भनिएको छ—“अष्टवर्षा भवेद् गौरी, नववर्ष च रोहणी ।दशवर्षा भवेत्कन्या तत् ऊध्वं रजस्वला ।।६।।प्राप्ते तु द्वादश वर्षे यः कन्यां न प्रयच्छति ।मासि मासि रजस्तस्याःपिबन्ति पितरोऽ निशम् ।।७।।माता चैव मिता चैव ज्येष्ठो भ्राता तथैव च । त्रयत्ते नरकं यान्ति दृष्ट्वा कन्यां रजस्वलाम् ।।८।।अर्थात्, आठ वर्षकी गौरी, नौ वर्षकी रोहिणी, दश वर्षकी कन्या र त्योभन्दा माथिकीको संज्ञा रजस्वला बताइएको छ ।।६।। कन्या बा¥ह वर्षकी हुँदा पनि जसले कन्यादान गर्दैन तब प्रत्येक मासमा हुने रजस्रावलाई पितरहरूले सदा पान गर्दछन् ।।७।। मातापिता र दाइ, यी तीनैजना रजस्वला कन्यालाई (घरमा) देखेपछि नरकगामी हुन्छन् ।।८।।”यसको अर्थ यो भयो कि केटीहरूको विवाह दस–बा¥ह वर्षको उमेरमा हुन्थ्यो । प्रमाण चाहिए राम–लक्ष्मण–भरत–शत्रुघ्न र तिनीहरूसँग बिहे गर्ने सीता–उर्मिला–माण्डवी–श्रुतकीर्तिको उमेर कति थियो र अभिमन्यु–उत्तराको उमेरबारे विचार गरे पुग्ला । पुराकालमा बिहे गर्ने उमेरको यसरी अनुमान लगाइसकेपछि कुरै नबुझ्ने यस लाहुरेको मनमा जिज्ञासा जागृत भयो कि के त्यस्ता प्रतापी राजा हर्यश्वको वयस्क हुँदासम्म बिहे भएकै थिएन ! के तिनलाई त्यति उमेरका हुँदा पनि कसैले छोरी दिएन ! जिज्ञासा–शान्तिका लागि किताबका पानाहरू पल्टाइयो । उत्तर पाइयो । तिनको बिहे मधु नामक दैत्यकी कन्या मधुमतीसँग भएके थियो र तिनीहरूको पुत्रको नाम थियो यदु । (हरिवंशपुराण २.३७) । तिनकी अर्की पत्नीको नाम दृषद्वती थियो । तिनीबाट पनि हर्यश्वले एउटा पुत्र पाएका थिए जसको नाम थियो अरूण । (ब्रह्माण्डपुराण, ३.६३.७५) ।अब स्वभाविक प्रश्न उत्पन्न हुन्छ कि वयस्क हुँदासम्म पनि के तिनी निःसन्तान थिए ? माधवीसँग बिहे गरेर एक वर्षभित्रै पुत्र जन्माउन सक्ने हर्यश्व त्योभन्दा पहिले पिता बन्न किन नसकेका होलान् ! उपन्यासकारले हर्यश्वलाई निःसन्तान न भनिदिएको भए यत्रो बखेडा नै हुने थिएन । पृ. १३५. “…सागरगामी सरयूजस्तो ठान्यो ।”–सरयू नदी कुन बाटोबाट सागरसम्म पुग्यो ? त्यो त काशीदेखि अलि पूर्वतिर गंगामा मिसिन्छ ।पृ. १३७. “किनाराबाट हरियो सुगन्ध लिएर मन्द हावा आइरहेको थियो ।”–म एउटा सेवा–निवृत्त लाहुरे । पल्टनबाट बिदा भएर बुटवल आएँ । पञ्चायती व्यवस्था ढलेपछि, “लाल सलाम” सुन्दा म दंग परेको थिए, “स्याल्युटको पनि रङ हुन्छ र !” भनेर । अहिले फेरि चित परेको छु, “हरियो सुगन्ध” पढेर । हरियोको साटो ताजा लेखिदिएको भए आकाश खस्ने थिएन । पृ. १४६. “भित्ताको दीवारमा…।”–दीवारको अर्थ के हो ? यो शब्द नेपाली कोशमा छैन । मुग्लानमा भित्ति, दीवाल, दीवार आदिलाई पर्यायवाची मानिन्छ । यहाँ प्रयुक्त दीवार कतै ‘खोपो’ त होइन !विहंगम दृष्टिपात गर्दा पनि मैले ‘माधवी’मा यत्रा छिद्र देखें । प्रथम मण्डलले नै यत्रा पृष्ठ खाइदियो । “आगाज का आलम ये है तो अंजाम न जाने क्या होगा !”२. ऋग्वैदिक नारी चरित्रमाथि आलोचनात्मक टिप्पणीको अंशहामी ‘ऋग्वैदिक नारी चरित्र’लाई सदैव ध्यानमा राखेर आफ्ना कुरा राख्दैछौं । ऋग्वैदिक समाज, नारी प्रधान समाज थिएन । हामी यहाँ अनार्यहरूका कुरा गरिरहेका छैनौं । हाम्रो सरोकार ऋग्वैदिक समाजसँग जो शुरुदेखि नै पुरूषप्रधान थियो । मलाई थाहा छ, तपाईंहरू लाहुरेका कुरा पत्याउनुहुन्न । ठीक छ । नपत्याए पनि ऋग्वेदका ऋषिहरू नामतिर ध्यान देऔं– मधुच्छन्दा वैश्वमित्र (विश्वामित्रका पुत्र), मनु वैवस्वत (विवस्वानका पुत्र), जेता माधुच्छन्दास् (मधुच्छन्दाका पुत्र), मेघातिथि काण्व (काण्वका पुत्र), शुनः शेप (आजीगर्ति (आजीगर्तका पुत्र), हिरण्यस्तूप आंगिरस (अंगिराका वंशज), आदि । के यिनी मन्त्रद्रष्टा ऋषिहरूका नामपछाडि आमाका नाम जोडिएका छन् । नारी प्रधान समाजमा त त्यस्तो हुनुपर्ने थियो । कर्मकाण्डी तर, वेदविद्याविशारद बाजेहरू, “मन्त्र ब्राह्मणयोर्वेदनामधेयम्” भन्दै ब्राह्मण ग्रन्थहरूलाई पनि वेद मान्दछन् । अब त्यस्तै वेद, ऐतेरय ब्राह्मण–(३.१)बाट केही उद्धरण प्रस्तुत गर्दैछु– “हरिश्चन्द्रो ह वेधस् ऐह्वाको राजाऽपुत्र आस, तस्य ह शतं जाया…प्रपच्छ ।” अर्थात् इक्ष्वाकुंशी वेधस राजाका पुत्र राजर्षि हरिश्चन्द्र निःसन्तान थिए । उनका एकसय पत्नी थिए तर, तीमध्ये कसैले पनि सन्तान जन्माउन सकेनन् । ती राजाका घरमा पर्वत र नारद नामक दुई ऋषिहरूले निवास गरे । तीमध्ये नारदसँग राजाले पुत्रबारे गाथामा प्रश्न गरे । उत्तर दिने क््रmममा पाँचौं गाथामा यसो भनेका थिए– “अन्नं ह प्राणः, शरणं ह वासो, रूपं हिरण्यं, पशवो विवाहाः ।सखा ह जाया, कृपणं ह दुहिता, ज्योतिर्ह पुत्रः परमे व्योमन् ।।”(प्राणरक्षक हुनाले) अन्न नै प्राण हो । (शीत आदिबाट रक्षा गरिदिनाले) वस्त्र (गृह समान) शरण हो र सुवर्ण (का आभरण सुन्दर देखिनाले) रूप हो, (गो एवं अश्वादि) पशु विवाह विशेष (का द्वारा) निर्वाहक हुन् । पत्नी (भोगमा सहायक हुनाले) सखा–स्वरूप हो । पुत्री (केवल दुःखदायिनी हुनाले) दैत्य नै हो । तर, पुत्र त (अन्धकार–निवारक हुनाले) ज्योतिस्वरूप नै हो । यसकारण त्यसले (प्रकाश रूपद्वारा पितालाई परब्रह्मस्वरूपले) उत्कृष्ट आकाशमा (अवस्थापित) गर्दछ । (हिन्दी अनुवाद– डॉ. सुधाकर मालवीय) । माथि उल्लेख गरिएका दुवै उद्धरणमा ‘जाया’ शब्द परेको छ । डॉ. सुधाकर मालवीयजस्ता वेदज्ञ विद्वानले जायाको अर्थ यहाँ पनि पत्नी नै बताएका छन् । अर्थ गलत हो भने के राजा हरिश्चन्द्रले सयजना नारीहरूसँग सन्तान जन्माउने शर्तमा निश्चित अवधिका लागि विवाह गरेका थिए ? थिए भने प्रमाण चाहियो । अर्को कुरा– ऋग्वैदिक समाज नारी प्रधान हुन्थ्यो भने सय–सयजना सबला नारीहरू राजाका आज्ञाकारिणी र यथेच्छभोग्या हुन किन जान्थे ? अनि तिनले रतिसुख पनि दिनमा पाउँथे ? अनि नारी प्रधान समाजमा पतिसुख पाउनाका लागि महिनौं कुर्नुपर्ने ! अनि त्यो समाज नारी प्रधान दियो भने छोरीलाई दैत्य किन भनियो ? चानचुनेले भनेका होइनन्– ऋग्वैदिक नारदले भनेका हुन् । अनि तत्कालीन समाजलाई ध्यानमा राख्दै सायणाचार्यले दैत्यरूपी पुत्रीबारे यसो किन भने ?–“सम्भवे स्वजनदुःखकारिका संप्रदानसमयेऽर्थहारिका ।यौवनेऽयि बहुदोषकारिका दारिका हृदयदारिका पितुः ।।”नारी प्रधान समाजमा के पुत्रीलाई स्वजनदुःखकारिका, अर्थहारिका, बहुदोषकारिका र हृदयविदारिका भनिन्छ ? दीक्षितजीले वेद नै झुट्टा हो, वा डा.मालवीयको अनुवाद नै गलत र मैले भनेको कुरा धु्रवसत्य हो भन्नुहुन्छ भने म पाखेको के लाग्छ र ! म त प्रशंसकविहीन, “एकला चलो रे” वाला मान्छे । ३.असहमतिमाथि आलोचनात्मक टिप्पणीको अंश ‘किराँत’ शब्द शुक्ल यजुर्वेद वाजसनेयी संहिता, अथर्ववेद र जैमिनीय ब्राह्मणमा कहाँ छ भनेर बताइदिएको भए मजस्तो ज्ञानपिपासुको धेरै श्रम बच्ने थियो । अप्राप्य शाट्यायन् ब्राह्मण सौरभजीसँग भए खबर पाऊँ ।
म प्रख्यात वेदज्ञहरूलाई याचक बनाएर उहाँकै घरदैलोमा पठाइदिनेछु ।पुस्तकको पृष्ठ १९५ मा दिल्लीलाई ‘महम्मद घोरी’ को बताइएको छ । अजमेर र दिल्लीका राजा पृथ्वीराज चौहानलाई परास्त गर्ने सुल्तानको नाम शहाबुद्दीन (मुइज्जुदीन) मुहम्मद गोरी हो । ‘ग’ मुनि थोप्लो राखेपछि ग बन्दछ । रोमनमा लिप्यन्तरण गर्दा नज हून्छ यथा– गजल (नजबशब)ि, अफगानिस्तान (बनजबलष्कतबल) आदि । विदेशी शब्दहरूलाई काटछाँट गरी, अपांग बनाएर नेपालीकरण गरिदिनु राम्रो कुरा होइन । न्जयचष् लाई गोरी रहन दिऊँ, न्जबलष् गनी र बनजबल लाई अफगान नै ।पृष्ठ २७ मा सौरभजीले, गुरुले पढाएजस्तै ‘व्याटिकन’ लाई ‘भेटिकन’ लेख्नुभयो । अब उहाँले ‘ख’ (वी) लाई इमान्दारीसाथ सबै गाउँमा भी=भ भन्दै यो वाक्य पढिदिए आभारी हुनेछु–ख्बभिलतष्लभ मष्म लयत नय तय ख्बचबलकष् तय कतगमथ तजभ ख्भमबक।बिहारी, बंगाली, आसामीहरू ‘वी’ लाई ‘भी’ भन्दछन् र यो ‘भी’ पटना र कलकत्ताबाट नेपाल पसेको हो । पृष्ठ ८२ का महमद जिन्ना वास्तवमा मुहम्मद अली जिन्ना हुन् । पृष्ठ १६२ को ‘सार्थवाहु’, सार्थवाह हुनुपर्ने हो । पृृष्ठ २०४ को ‘वोलान’, ‘बोलन्’ हो । पृष्ठ २२० मा बताइएको ल्ऋऋ को ‘फुल फोर्म’ नेशनल क्याडेट कोर हो न कि नेशनल क्याडेट कोर्स । ड्यानियल जोन्सले यस्तै बताएका छन् ।पृष्ठ २२८ मा उल्लिखित ‘बधिया’ लाई मैले ऋग्वेदको मण्डल सात, सूक्त अठारमा खोज्नका लागि सायण, सातवलेकर र आ.टी.एच् ग्रिफिथका भाष्य र अनुवादलाई पल्टाएँ । वेदाचार्य रामगोविन्द त्रिवेदीकृत सायणभाष्यको अनुवादमा पदपाठ पनि दिइएकाले शब्द खोज्न सजिलो त भयो तर, ‘बधिया’ भेटिएन । ग्रिफिथको अनुवादमा ऋबकतचबतभम खाजें, त्यो पनि भेटाइनँ । सौरभजीले कृष्ण यजुर्वेद, शुक्ल यजुर्वेद, अथर्ववेद आदिमा ‘वधिया’ को स्थिति बताइदिएको भए हाम्रो ज्ञान वृद्धि हुने थियो । कात्यायन श्रोत सूत्र मसँग छैन । दीक्षान्त समारोहमा स्नातकहरूले ‘हुड’ लगाउनुपर्ने भएकोले सौरभजी त्यस्ता समारोहमा नै जानुभएन । डाक्टर–फ्रोफेसर हुने चाहना हुनु– नहुनु उहाँको आफ्नो सोंचका कुरा हुन् । तर, शेषनागका ‘हुड’ मुनि त भगवान् विष्णु, आराम गर्दा, पल्टिएकै हुन्छन् सदा । यो ‘हुड’ त हाम्रो देन हो पश्चिमालाई । कि कसो ?आइतबार, असोज १, २०६८ मा, ‘आधिकारिक पोसाक’ बारे ‘कान्तिपुर’ मा सौरभजीको लेख पढेर यो लाहुरे खुश (खुशी) भएको थियो । मनले त चाहेको थियो, ‘हजारौं वर्ष लगाएर….उत्तिकै छुट छ’ (पुस्तकको पृष्ठ १०० को अन्तिम अनुच्छेद) यसै गन्थनमा उद्धृत गरिदिने तर, प्रकाशकको चेतावनी पढेपछि त्यसो गर्न नपाएकोमा क्षुब्ध पनि छु । उहाँले, “अखबारका लागि लेखेको हुँ, अखबारमै सीमित हुन चाहन्छु” भन्नुभयो । तर, यो उक्ति छापियो किताबमा (पृष्ठ २७२) ।गोरा विदेशीहरूले नेपाली समाजलाई फुटाउन र क्रिस्तान बनाउन कुनै कसर बाँकी राखेका छैनन् । यसबारे सौरभजीका चोटिला टिप्पणीहरूसँग म पनि सहमत छु । अब रह्यो घेराबन्दीको कुरा । डोन्ट वरी ! वी आर राइट् बिहाइन्ड यू । मैले ‘आइ’ लाई रोयल ‘वी’ भनेको होइन । सानै भए पनि, हामीसँग पनि सौरभजीको जस्तै सोंच भएको एउटा जमात छ ।मनुस्मृतिले आदेश दियो– “सत्यं ब्रूयात, प्रियं ब्रूयात, बूयान्नप्रियं सत्यम्” (४।१३८) ।
जहाँसम्म सत्य बोल्ने प्रश्न छ, व्यवहारमा नभए पनि, बोलीले त सबै सत्य नै बोल्दछन्, विशेषगरी हामीलाई अग्रगामी बनाउने नेताहरू । सत्य, प्रिय भइदिए झन राम्रो । तर, अप्रिय सत्य नबोल्नू भनेको त कुत्सित राजनीति भएन र ? अब रह्यो सत्यको कुरा । सौरभजीले आफूले जानेको सत्य बोल्नुभयो, मैले अरूले बोलेका सत्य बताएँ । यी सत्यहरू इतिहाससँग जोडिएका छन् । इतिहासले काल–निर्धारण गर्दछ र आफूले जाने–मानेको सत्य बताउँछ जो अहिलेसम्म लागे पनि पछि असत्य प्रमाणित हुन सक्छ । सौरभजी सत्यान्वेषी हुनुहुन्छ, हामी अल्पमति सत्यार्थी हौं । सत्यको खोज परमेश्वरको उपासना हो । कसैले परमेश्वर छँदैछैन भनी प्रमाणित गरिदिए पनि म सत्यलाई नै परमेश्वर मान्नेछु । यो मेरो जन्मसिद्ध अधिकार हो । बुटवल–निवासी मेरा परिचित दिल साहनीजीले भनेजस्तै, “सौरभका लेख फेद न टुप्पोका पनि हुन सक्छन्” भन्ने योग्यता ममा छैन । उहाँका लेखमा फेद पनि हुन्छ र टुप्पो पनि तर, कहिलेकाहीं टुप्पोचाहिँ ‘ग्राफ्टिङ’ गरिएको जस्तो देखिन्छ भन्ने कुरा भने पक्का हो । कुशल मालीले जंगल गुलाफको फेद– (रुट स्टाक) मा चार–पाँच रंगका गुलाफका ‘गावा’ प्रत्यारोपित गरिदए त्यो बुटो झन् महंगो बिक्दछ । एउटै बुटोमा विविध रंगका फूल कसलाई मन पर्दैन र ?सौरभजस्ता प्रखर अध्येता–लेखक घेराबन्दीमा पर्दा पनि नेपालका अर्थात काठमाडौंमा नामूद लेखकहरू के हेरेर बसिरहेका ? विद्वानहरूले खान नसकेर वा खान नचाहेर बचेको (उच्छिष्ट) खाएर बाँच्ने म लाहुरे अन्ध–परम्परावादी होइन । तर, के गर्नु ? म कूपमण्डुक हुँ भने उहाँ मुक्त गगनचारी गरुड ।म बयासी वर्षको भएँ ।
बाजे सौरभलाई म लाहुरे ठकुरीको आशीर्वाद–“शतजीवी भव ! वर्धमान्–वर्चस्वी–तेजस्वी भव !!”तोडिदिएँ नि परम्परा !मनुस्मृति– (२।११०) ले बतायो कि दस वर्षका ब्राह्मणलाई र सय वर्षका क्षत्रियलाई क्रमशः पिता र पुत्र मान्नुपर्छ तिनमा ब्राह्मण नै पिता हो । मनुस्मृतिको स्थापनालाई नमानेर मैले आशिर्वाद दिएँ तर, वकीलको भाषा बोल्ने हो भने उसै दस वर्षे बालक हुनुहुन्न भने म सयवर्षको भएकै छैन । जे होस्, पाप लागिहाल्यो । म प्रायश्चित गर्दिनँ । नरक जानु परे पनि म कुम्भीपाक र रौरवमा जान्नँ । मेरा लागि संस्कृतज्ञ कर्मकाण्डीले गरुडपुराणमा अर्कै नरकको कल्पना गरी घुसारिदिए हुन्छ । तर, मलाई त्यहाँ पनि कलम, कागत र किताबहरू चाहिनेछन् । नत्र त्यहाँ पनि जान्नँ म । कसले के गर्ला ? अरे यार ! शवलाई जलाइन्छ, आत्मालाई– “नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः ..” (गीता २।२३)। आत्मा त परमात्माको अंश हो । नरकको भय देखाएर यस्तो ‘ब्ल्याक मेलिङ्ग’ किन ?