© २०२३
बुटवलको ग्यालेक्सी क्याफे र बिटफुडमा प्रहरीले छापा मारेको छ । प्रहरीले गाडीमा उठाउदै १८ बर्षमुनिका युवायुवती ।सो क्रममा १८ बर्षमुनिका २ सय ७८ युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बार संचालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । मिलनचोकको ग्यालेक्सी र श्रवणपथमा रहेको विटफुडबाट उनीहरु नियन्त्रणमा परेका हुन् । स्थानीयको गुनासो आएपछि छापा मारिएको इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताए । हुक्का बारमा आएका युवा युवती ९ बर्षदेखि १८ भित्रैका रहेकाले उनीहरुका सम्वन्धमा अध्ययन भइरहेको छ । उनीहरु मध्ये केहिले मादक पदार्थ सेवन गरेको मल्लले बताए । शनिबार दिउँसो प्रहरीको टोलीले बुटवलका विभिन्न हुक्का बारहरुमा छापा मारेको हो ।