© २०२३
बुटवल, १ माघ । प्रेम सुवेदी आफैमा एउटा पहिचान थियो । कुनै समय उनको लेख, रचना तथा राजनीतिक भाषण कलाका मानिसहरू फ्यान थिए । उनी राजनीतिक भाषण, प्रशिक्षण लगायतका विषयमा दशकौं बिताए । एक दिन पार्टीमा कुरा चल्यो, ‘अब भाषण होईन, काम गरेर अन्य आममानिस, किसान तथा सरोकारवालाहरूलाई जवाफ दिनुपर्छ, हामी आफै काम गरौं ।’ काम त गर्ने तर के गर्ने ? भन्ने विषयमा एउटा समूहमा छलफल भयो–‘कृषि मा केही गरौं ।’ सोही अनुसार एउटा समूह भारतको विभिन्न स्थानमा अध्ययन अवलोकनको लागि गयो । त्यहाँ नेतृत्वकर्ता थिए सैनामैना नगरपालिका वडा नम्बर १ का राजनीतिज्ञ तथा लेखक पे्रम सुबेदी ।
उनको नेतृत्वमा आजभन्दा ३ बर्ष पहिला भारतका विभिन्न स्थान अवलोकन भ्रमण गयो । जसले विभिन्न स्थानको अवलोकन समेत गरेको थियो । भ्रमणमा किसानको पनि सहभागिता थियो । उनीहरूले त्यहाँ कागती खेती, तराईंमा हुने सुन्तला खेती, अम्बा खेती लगायतको विषयमा अध्ययन गरे ।
नेपाल फर्किएपछि एउटा समूहले प्यूठान जिल्लामा व्यवसायिक अम्बा खेती सुरु ग¥यो । एक बर्षपछि उत्पादन दिन थालेपछि सुबेदी आफैले रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा रहेको आफ्नो खेत सवा ५ कठ्ठा जग्गालाई मासेर अम्बा खेती गर्ने कुरा परिवारमा सुनाए ।
धान रोप्दै आएको खेत मासेर अम्बा खेती गर्ने विषयमा सुरुवातमा परिवारको विमत्ती भयो ।तर उनले यो विषयमा आफूले गरेको अध्ययन, अनुसन्धानबाट धान खेतीमा भन्दा दोब्बर बढि नाफा हुने भएको कारण उनले यो विषयमा कन्भिन्स गर्न सफल भए । त्यसपछि सुरुवात भयो ‘ प्राकृतिक बहुद्देश्यीय कृषि फार्म ’
एउटा राजनीतिज्ञको रूपमा अहिले पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सदस्यको रूपमा रहेका सुबेदीले ढाई बर्ष पहिला भारतबाट २ सय ६३ बोट लगाएर धान फल्ने खेतमा अम्बा रोपेका थिए । रोपेको अर्को बर्ष बाट नै उत्पादन सुरुवात भएपछि उनी यो पेशामा सन्तुष्ट पनि छ । आफ्नै जग्गामा उनले ३ सय बोट रोपेकोमा अहिले २ सय २४ बोट छन जसले यो बर्ष तेस्रो पटक उत्पादन दिँदै आएको छ ।
मिहिनेत पनि कम, नेपालमा यसको माग समेत उच्च भएको कारण उनले बजारको लागि अन्य स्थान धाउनुपरेको छैन, स्याउमा भन्दा पनि राम्रो खालको प्रोटिन पाइने भएको कारण सुगरका बिरामी, प्रेसरका बिरामी र पाचन प्रणाली समेत खराब भएका बिरामीहरूले खोजी खोजी उनको फार्ममा आएर अम्बा (बेलाउती) खोजेर लैजाने गरेका छन् ।
फार्मबाट अहिले पनि प्रतिकिलो १ सय ५० रुपैयाँमा अम्बा बिक्री हुँदै गएको सञ्चालक सुबेदी बताउँछन् । टाईवान पिंक जातको अम्बा एउटै बोटमा ९ देखि १० किलो सम्म उत्पादन हँुदै आएको छ । एउटा फलको तौल अधिकतम ७ सय ग्राम सम्मको बनेको उनको अनुभव रहेको छ । एभरेजमा २ देखि ३ सय ग्रामको आम्बा उत्पादन हुँदै आएको हो । उनी भन्छन्–‘धान खेती मास्दा खेरी यो बौलायो भन्नेहरू पनि थिए तर अहिले उत्पादन राम्रो छ, बजारको माग अनुसार पुयाउन सकेको छैन ।’
सिजको बेला भन्दा पनि बेसिजनमा यसको माग बढि हुने उनको तर्क छ । नियमित रूपमा कटिङ्ग गर्ने, स्याहार सुसार गर्ने हो भने १२ महिना नै फलाउन सकिने अनुभव रहेको उनको भनाई छ । अहिले उनले बर्षमा ३ पटक सम्म नियमित उत्पादन हुदै आएको छ ।
जसको बजार बुटवल बजार लगायतका स्थानमा हुने गरेको छ । स–सानो बेटमा लटरम्म अम्बा फल्ने भएको कारण सिंचाईंका लागि हिउँमा अभाव रहेको छ । बर्षातको मौसममा कुलो भएपनि हिउँदमा भने थोपा सिंचाई जोडेका छन्, जुन प्रक्रिया झन्झटिलो पनि छ । यसको लागि स्थानी सरकार वा निकाय बाट सिंचाईंका लागि बोरिङ्गको सुबिधा आवश्यक रहेको उनको भनाइ छ । भारतबाट आयात गरिएका विषादी प्रयोग गरिएको अम्बा भन्दा फार्ममा उत्पादन भएको अम्बा अत्यन्तै स्वादीलो रहेको उनको तर्क छ । कृषि प्राविधिहरूले समेत यसमा आयातित फल भन्दा नेपालको स्वादीलो र ताजा समेत भएको बताएका छन् ।
कृषि क्षेत्रमा लाग्नको लागि अन्य व्यक्तिलाई समेत प्रोत्साहित गर्ने हेतुले फार्मको सुरुवात गरिएको सञ्चालक प्रेम सुबेदी बताउँछन् । उत्पादन भएको फलमा चराहरू खासगरी सुगा, भँगेरा लगायत ले बढि मात्रामा क्षति पु¥याउने भएको कारण यसबाट जोगाउनको लागि नेट प्रविधि आवश्यक भएको उनको तर्क छ । तर त्यो खर्चिलो हुने भएको कारण नेट प्रविधि जडान गर्न नसकीएको बताउँछन् ।
स्थानीय निकाय, सरोकारवाला कृषि संग सम्बन्धीत निकायबाट यो विषयमा सहयोगको अपेक्षा व्यक्त गरेका छन् । यसरी व्यवसायीक रूपमा अम्बा(बेलाउती) खेती गर्ने सुवेदी रूपन्देहीका पहिला किसान हुन । अहिले बेसिजन भएपनि उनलाई दैनिक ५ देखि १०, १५ किलो अम्बाका लागि अडर आउने गरेको छ ।
फार्ममा रोपेको अर्को बर्ष नै करिब पौने १ लाख रूपैयाँको बिक्री गरेका थिए । अर्को बर्ष १ लाख ७५ हजार रूपैयाँ बरारबरको बिक्री भएको बताउँछन् । चरा बाट जोगाउन सकीएको भए अझ बढि उत्पादन बिक्री गर्न सकिने उनको तर्क छ । फार्म स्थापना गर्दा सुवेदीले ५ लाख लगानी गरेका थिए । सुवेदीले यो बर्ष अम्बाको बोटलाई कलम (लेयरिङ्ग) समेत गरेका छन् । करिब २ सय बोटको कलमी गरेका उनले बोट पनि बिक्री गर्ने गरी नर्सरी समेत सुरुवात गरिने जानकारी दिए ।