ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

महिलालाई आत्मनिर्भरमा सहयोगी बन्दै तरकारी खेती

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

लमही, १४ पुस । बिहान ४ बजेदेखि नै देउखुरी लमही, भालुबाङ विभिन्न चोकमा कठ्याङ्ग्रिने जाडोको परवाह नगरी छिटुवा र डालोमा सागसब्जी तरकारी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छ देउखुरीका थारू महिलाहरू । लमही चोकचोकमा महिला किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा लस्करै बसेका हुन्छन् न चिसो न घाम पानी पर्दा शीत झर्दापनि ग्राहकको प्रतीक्षामा बसिरहेका हुन्छन् ।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्दै आएकी राप्ति गाउँपालिका ४ कि सिता थारु बिहानै पिपरि बाट लमही आउने बस चढेर लमही आउछिन अनि चोक निरको सडकपेटिमा तरकारीको पसल लगाउँछिन अनि बिहानभर तरकारी बेचेर पुन घर फर्कने गर्छिन । उनको दिनचर्या यसरी नै बित्ने गरेको बताउँछिन । यस्तै राजपुर गाउँपालिका १ बेलाकि कमलावती चौधरी पनि व्यवसायिक रूपमा काउली, टमाटर र आलुखेती गरेर आत्मनिर्भर बनेको बताउँछिन । उनी भन्छिन ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषि कर्मबाट राम्रो आम्दानी भएको छ । पछिल्लो समयमा गाउँपालिका र सघ÷ संस्थाले पनि सहयोग गरेका छन । तालिम, प्राबिधिक सहयोग पाएका छौं । अहिले पालिकाबाट केही अनुदान दिएको छ उनले भनिन् । गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले बस त कहिले अटो चढेर आउने छुकनि थारु पनि सडकपेटिमा नै तरकारी बेचेर आत्मनिर्भर भएको बताउँछिन । दैनिक गुजरा टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उनको कृषि आम्दानीले थेगेको छ ।

५ देखि ७ कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक २ देखि ३ लाखसम्मको कारोबार गर्दै बचत गर्दै आएको बताउँछिन । बचत रकमबाट नै उनी मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आएकी छिन । यस्तै गढवा गाउँपालिका मानपुरकि दुखिया चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राख्दै आएकी छिन। पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेँडा काउली फलाउने दुखिया धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउछिन।उन्ले गत वर्ष ३ लाख आम्दानी गरेको बताइन। चिसो होस या जाडो बिहान गढवा बजार बजारमा तरकारी राख्नुस् भन्दै घरघर पुग्ने गर्छिन ।

यस्तै लमही नगरपालिका घुम्नाकी रामपती चौधरी लगायत थारु महिला दिदिबहिनिहरू पनि बिहानै टाउकोमा छिटुवा अनि डालोमा तरकारी बोकेर लमही बजार बजारमा ताजा साग तरकारी राख्नुस् भन्दै झिसमिसेमै आइपुगछन । केहीले स्वयं आफैले बजारमा बिक्री गर्छन भने केहीले घरबाट थोक मुल्यमा बिक्री गरेको बताउछन । सिजन अनुसार आफ्नै बारीमा उत्पादित तरकारी बेच्न हिँड्दै गरेका सयौँ थारु महिलाहरूका झुण्ड सहर बजारका चोक गल्लीमा देखिनु अब सामान्य दृश्य जस्तै बनेका छन् ।

बजार सानो भएकाले गाउँका सबै उत्पादन त्यहाँ खपत हुँदैनन् । बजार खोज्दै जाँदा उनीहरू महेन्द्र राजमार्ग आसपासका स साना चोक बजार हुँदै लमही तथा भालुभाङसम्म पुग्न पर्ने बाध्यता उनीहरूको रहेको छ । थारु महिलाहरूले तरकारी बेचेर दुई चार पैसा हात पार्न थालेपछि बस्तीको दैनिकी पुरै फेरिएको छ । एकातिर आर्थिक स्वतन्त्रताले महिलाहरूलाई आत्मविश्वासी बनाएको छ भने बजारको प्रतिस्पर्धाले उनीहरूलाई उत्पादनको विविधता सिकाएको छ ।

छोराछोरीको पढाई खर्च, औषधी उपचार, लत्ताकपडा र घरायसी सामानको लागि उनीहरूले ऋण खोज्नु परेको छैन । आधुनिक खेतीप्रणालीको प्रयोगले तरकारीमा सुधार गरेपछि देउखुरीका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले आम्दानी हुन सकेको थिएन । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । उष्ण हावापानी ,सिचाइको सुबिधा भएका कारण यहाँ अधिकाम्स किसानले मौषमी तथा बेमौसमी तरकारी खेती गर्ने गर्दछन । पछिल्लो समयमा पालिकाहरूले पनि व्यावसायिक तरकारी खेतीलाई प्राथमिककता दिएको बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?