ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

तोडफोडमा संलग्न बिद्यार्थीलाई कार्यवाही गरिने

२२ श्रावण २०७५, मंगलवार
२२ श्रावण २०७५, मंगलवार

सहपाठी बिरामी बिद्यार्थीको मृत्युको बिषयलाई लिएर अस्पतालमा तोडफोड मच्चाउने बिद्यार्थीहरुलाई मेडिकल कलेजले कार्यवाही गर्ने भएको छ । मेडिकल कलेजले अस्पतालका चिकित्सक डाक्टर मनोहर जोशीको नेतृत्वमा कलेजले ५ सदस्यीय छानविन समिति समेत गठन गरेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले बताए ।
अस्पतालको गरिमामै आँच पुरयाउने गरि दुश्प्रचार गर्ने र आईसियु तथा सिसियुमा तोडफोडमा संलग्न बिद्यार्थीलाई कार्यवाही अस्पताल प्रशासनले बताएको हो ।
“संलग्न बिद्यार्थीहरुको सिसिटीभि फुटेजबाट पहिचान गर्ने कार्य भई रहेको छ” मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले भने “आन्तरिक छानविन समिति बनाई उनिहरुलाई कार्यवाही गर्नेछौं ।”
यसरी संलग्न बिद्यार्थीहरुको परिक्षा समेत रोक्न सक्ने अस्पताल प्रशासनले बताएको छ । सोही घटनामा अराजक बिद्यार्थीहरुको समूहले सञ्चारकर्मिहरु सित गरेको दुव्र्यवहार तथा सञ्चार सामाग्री तोडफोड बारे छानविन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत बिष्णु प्रसाद ज्ञवालीको नेतृत्वमा ५ सदस्यीय समिति पनि गठन भएको छ । दोषी बिद्यार्थीहरुलाई कार्यवाही तथा क्षति भएका क्यामेराको क्षतिपूर्तिकोसहित रुपन्देहीमा क्रियाशिल पत्रकार संगठनहरुको मागलाई सम्बोधन गर्न छानविन समिति गठन गरिएको हो । समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक उमेश जोशी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गाना र मेडिकल कलेजका १ जना प्रतिनिधि रहने गरि समिति बनाईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए । समितिले १ साता भित्र अनुसन्धान गरि पेश गरेको प्रतिवेदनको आधारमा दोषी उपर कार्यवाही गरिने रानाले जानकारी दिए । सञ्चारकर्मिहरुलाई समाचार संकलन गर्ने वातावरण मिलाई दिन भन्दै नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रेस क्लब र नेपाल प्रेस युनियनले प्रजिअ रानालाई आग्रह गरेका हुन ।
यसै बिच भैरहवा स्थित मेडिकल कलेजमा चिकित्सकको लापारवाहीले मृत्यु भएका भनिएका महादेव साहका आफन्तले उनको शव बुझ्ने सहमति भएको छ । कलेज प्रशासन सित वार्तामा उनका आफन्तले शव बुझ्ने सहमति भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
मृतकका भाई, मामाका छोराहरु र अन्य आफन्तहरुले शव बुझेका छन । शव बुझे पछि मेडिकल परिसरमै श्रद्धान्जली सभा गरि उनको शव अन्तेष्टिको लागी लगिएको थियो ।
यता दोषी चिकित्सकलाई कार्यवाहीको माग गर्दै बिद्यार्थीहरु दिनभरि अनशन बसेका थिए । बिद्यार्थीहरुको अनशनका कारण मेडिकल कलेजको बहिरङ्ग सेवा पूर्ण रुपमा प्रभावित बनेको थियो । आईतबार आफ्नो सहकर्मिको उपचारमा लापारवाही भएको र उसको ज्यान गएको बताउदै अराजक भएको बिद्यार्थीहरुको समूहले अस्पतालको आईसियु र सिसियुमा तोडफोडको साथै पत्रकारहरुको क्यामरा समेत फुटाएका थिए ।
युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा डेन्टल सर्जरीमा अध्ययन गर्ने जनकपुरका महादेव साहको उपचारको क्रममा आईतबार विहान मृत्यु भएको थियो । साहको मृत्युपछि सो कलेजमा अध्ययनरत बिद्यार्थी अराजक हुदै अस्पतालमा रहेको आईसियु र सिसियुमा तोडफोड गर्नुको साथै बुटवल टुडेका वरिष्ठ सम्वाददाता राधेश्याम विश्वकर्माको क्यामेरा फुटाएका थिए

अनेरास्ववियुद्धारा ध्यानाकर्षण
 रुपन्देहीको भैरहवामाअवस्थितयुनिभर्सल मेडिकल कलेजमा यहि श्रावण २० गते आइतबार बिहान घटेको घटनाप्रति रुपन्देहीकादुई ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) द्धारा संयुक्त रुपमाध्यानाकर्षण गराएका छन् ।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष लेखनाथ खनाल र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रुपेश पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा भैरहवाको युनिभर्सल मेडिकल कलेजमाबीडीएस चौथो वर्षमाअध्ययनरत जनकपुरका विद्यार्थी महादेव साहको उपचारका क्रममा मृत्युभएको र उक्त घटनाको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलन मासमाचार संकलनका लागि घटनास्थल पुगेका पत्रकारहरुका बिचमा भएको घटनाप्रति दुख ब्यक्तगरिएको छ । विज्ञप्तिमा आफ्नै कलेजको विद्यार्थीको उपचारमागम्भीर लापरबाहीगर्ने चिकित्सक, कलेज प्रशासन, विद्यार्थीको आन्दोलनमा घुसपैठ गरी अराजकगतिविधिगर्ने ब्यक्तिको छिटो भन्दा छिटो छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीगर्न तथा स्वच्छ र शान्तवातावरणमा कक्षा सञ्चालन गरी आगामीदिनमा यस प्रकारका घटनाहरु हुन नदिनकालागि सम्बन्धितपक्षसंग आग्रहगरिएको अनेरास्ववियु रुपन्देहीकाअध्यक्ष लेखनाथ खनालले जानकारी गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?