ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

विदेशको सोंच त्यागेर स्वदेशमै फूलखेती, तिहारमा माला बनाउन भ्याईनभ्याई

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

दाङ, २४ कात्तिक ।

दाङमा व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ । तिहार नजिकै आइसेकाले अहिले फूल टिपेर माला बनाउन व्यवसायीलाई भ्याइनभ्याइ भएको छ । गढवा गाउँपालिका –४ हडैयाका विरेन्द्र शाहले विगत चार वर्षदेखि व्यावसायिक रुपमा नर्सरीमा फूलका बिरुवा उत्पादन गर्ने गरेका छन् । बिएस फलफूल नर्सरी कृषि फर्मको नामबाट व्यवसाय संचालन गरेका छन् ।

उनको नर्सरीमा विभिन्न प्रजातीका फूलको बिरुवा रहेका छन् । बीएससी एजी तेस्रो वर्षमा अध्ययनरत शाह आफ्नै भूमिमा केही गर्नुपर्छ भनेर कृषिमा जोडिएको बताउँछन् । जिल्लामै नमूना खेती बनाउने उद्देश्यले व्यावसायिक खेतीमा जोडिएको उनको भनाई छ । नर्सरीबाट उत्पादन भएका बिरुवा बिक्री गर्ने गरेकोमा गत वर्ष देखि सयपत्री फूल खेती थालेको उनले बताए । अहिले उनको नर्सरीमा सयपत्री फूल ढकमक्क फूलेका छन् ।

तिहार लक्षित सयपत्री फूल प्रशस्त फूलेकाले बिक्रीका लागि बजारको खोजीमा रहेको उनले बताए । खेती गरेका सबै फूल बिक्री हुन पाए पाँच लाख आम्दानी हुने उनको आसा छ । आफूसंग पढेका साथीहरु विदेशी भूमिमा गएपनि आफूले यहीं केही गर्नुपर्छ भन्न्ो उद्देश्यले कृषिको विद्यार्थी भएकाले कृषिलाई कर्म बनाएको उनले बताए । घरपरिवारको साथ सहयोगले व्यावसायलाई अगाडि बढाउन सजिलो भएको शाहले बताए ।

दाङको गढवा, राप्ती, लमही, घोराही र तुलसीपुर विगत चार वर्षदेखि व्यावसायिक फूल खेती गरेर मनग्य आम्दानी हुने गरेको छ । एक सिजनमा मात्रै पाँच देखि १५ लाखसम्म आम्दानी हुने गरेको व्यवसायीको भनाई छ ।

स्थानीय सरकारले सहजीकरण गरेमा आफूले उत्पादन गरेका वस्तु बिक्री गर्न सहज हुने उनको भनाई छ । बजारमा छ्याप्छाप्ती पलाष्टिकका माला भित्रिएका छन् । किसानले उत्पादन गरेका वस्तुलाई स्थानीय तहले बिक्री वितरणको लागि पहल गरेमा किसानलाई सजिलो हुने उनको भनाई छ । स्थानीय तहले पहूँचका आधारमा कृषि यन्त्र वितरण गरेकाले सहुलियतमा वितरण गर्ने कृषि यन्त्र पाउन नसकेको उनले गुनासो गरे । अहिलेसम्म कुनै पनि निकायबाट सहयोग नपाएको उनको भनाई छ । पालिकामा खुलेका विभिन्न अनुदानमा फर्म भरेपनि आफूलाई नपरेको उनको गुनासो छ । वास्तविक किसानले नपाउने र पहूँचवाला र कृषि कर्मभन्दा बाहिरको मानिसले पाउँदा नराम्रो लाग्ने उनको भनाई छ । पढाई खर्चसंगै व्यवसायको लागि पनि वजेटको जोहो गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?