ट्रेंडिंग:

>> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

तीन महिनामा उठायो रामग्रामले साढे दुई करोड राजश्व

४ कार्तिक २०८०, शनिबार
४ कार्तिक २०८०, शनिबार

सुनवल, ४ कार्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को तिन महिनामै झन्डै साढे दुई करोड राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष भरिमा ५ करोड ७३ लाख राजश्व संकलन गरेको नगरपालिकाले चालु आर्थिक वर्षको तिन महिनामै २ करोड ४५ लाख ७३ हजार राजश्व संकलन गर्न सफल भएको हो । रामग्राम भित्र रहेका अधिकांश ठुला उद्योगलाई करको दायरमा ल्याएपछि राजश्व संकलन बढेको राजश्व उपशाखा प्रमुख निर्मला प्रजापतीले जानकारी दिईन् । करको दायरामा ल्याउनु र समयमै हाटबजार लगाएतका ठेक्का लाग्नु छोटो अवधिमै राजश्व धेरै संकलन हुनुको मुख्य कारण रहेको प्रजापतीले बताइन् । व्यवसाय रजिष्ट्रशन दस्तुर बापत तिन महिनामै नगरपालिकाले ३२ लाख ४६ हजार राजश्व उठाएको हो ।

नगरपालिकाले नगर क्षेत्र भित्र रहेका ठुला उद्योगलाई पनि करको दायरामा ल्याउन गत वर्ष उद्योगिहरू संगनै छलफल गरेको थियो । नगरको आन्तरिक आम्दानी बढाउन सके मात्रै जनअपेक्षा अनुसारका योजना कार्यान्व्यन गर्न सकिने भएकाले ठुला उद्योगलाई पनि करको दायरमा ल्याएर राजश्व संकलनमा वृद्धि गरिएको नगर प्रमुख धनपत यादवले बताए । जनताले तिर्ने करको दर वृद्धि नगरी अन्य क्षेत्रबाट कर चुहावट हुन नदिने निति अनुरूप नगरपालिकाले काम गरिरहेको यादवको भनाई छ । ‘ठूला उद्योगले स्थानिय तहलाई महत्व नदिने प्रवृत्ति थियो, जसले गर्दा राजश्व संकलनमा पनि असर परिरहेको बुझेर नगरपालिकाले उद्योगि व्यवसायि संग छलफल गरी उद्योग पनि स्थानीय तह मातहतको करको दायरमा आउनुपर्छ भन्ने कुरा बुझाएका छौ जसको सकारात्मक असर राजश्व संकलनमा परेको छ, नगर प्रमुख यादवले भने ।’ व्यवसाय रिजष्ट्रेशन दस्तुर मार्फत गत आर्थिक वर्षभरीमा जम्मा ३५ लाख २१ हजार राजश्व उठेकोमा यस वर्ष तिन महिनामै झन्डै साढे ३२ लाख राजश्व संकलन भएको छ ।

नगरपालिकाले तिन महिनाको अवधिमा सरकारी सम्पत्ति बहालबाट ९५ लाख ६२ हजार, भुमिकर/मालपोट बाट ३३ लाख ७० हजार, सम्पत्ति कर मार्फत ३० लाख ७२ हजार राजश्व संकलन गरेको छ । यसैगरी सिफारीस दस्तुरबाट १५ लाख ५३ हजार, घर बहाल करबाट १२ लाख ८२ हजार, नक्सापासबाट ५ लाख ४ हजार, अन्य दस्तुर मार्फत १२ लाख ६७ हजार राजश्व संकलन भएको छ ।

नगरपालिकाको लेखा शाखा प्रमुख कुन्दन चौधरीले नगरपालिकाले ठुला उद्योगलाई करमा छुट दिदै राजश्व वृद्धि गर्ने योजना बनाए अनुरूप काम भईरहेको बताए । ‘हामिले ठुलो उद्योगीलाई पनि पछिल्लो दुई वर्ष सहित चालु आर्थिक वर्षको कर एकैपटक तिरेमा त्यो भन्दा अगाडीको बाँकि कर भएमा पनि मिनाहा गर्ने निति लिएर काम गर्यौँ, जसका कारण उद्योगीले कर तिरिरहेका छन् यो क्रम अझै बढ्ने छ, चौधरीले भने। ’ व्यवसाय केन्द्रमा दर्ता गरेपनि स्थानिय तहमा गर्नुपर्देन भन्ने थियो त्यो कुरा हामिले चिर्न सफल भएका छौ चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission