© २०२३
मथुरा पिया
लिला भन्नाले सोझो अर्थमा कृयाकलाप हो । काम हो । लगभग चालिस, पैतालीस बर्ष पहिलेको कहानी हो यो । त्योबेला नारायणगढको लिलाचौकको लीला पनि अपरम्पार नै थियो । नारायणगढमा लिला चौक अथवा अन्य थुप्रै चोकहरु छन् । ती हुन् पुलचोक, बेलचोक, लायन्सचोक, संगमचोक, गणेशचोक, चौबीस कोठीचोक आदि । यी चौकहरु बजारको पश्चिम, दक्षिण दिशामा अवस्थित छन् । जहाँसम्म लीलाचौकको विषय छ यो मुख्य बजारको पूर्व दिशामा पर्दछ । अगाडि, पछाडि, दाया“ बाया“ पा“चवटा बाटाहरुसंग गा“सिएको छ । नारायणी नदीले बर्षा याममा यो ठाउ“लाई पानीको भेलले छोला झैँ गर्दछ । चोकको नामाकरण लीलाबाजेको नामबाट भएको हो । बाजे आफैले आफ्नो नामबाट होटल खोलेपछि यो चोक लीला नामले प्रख्यात भएको हो । लीला होटल भन्नु र लीलाचौक भन्नु पर्यायवाची शब्दजस्तै भए । अचम्म लाग्छ लीलाचौक अस्तित्वमा छँदा यहा“का अन्य कुनैपनि चोकहरु स्थापना नै भएका थिएनन् । बजार विकासको क्रममा पछि यहा“ पुल बनेपछि पुलचोक, गणेश मन्दिर स्थापना गरेपछि गणेशचोक, दुकान (कोठी) खोलेपछि चौबीस कोठीचोक, लायन्स क्लबको सचिवालय खोलेपछि लायन्सचोक, दाया“बाया“ घर बनाएपछि बीचमा संगम परेकोले संगमचोक भएका हुन् । नेपालभरीकै नाम कहलिएका चौकहरुको विषयमा लहरो तान्ने हो भने पनि लिलाचौकको नाम अग्रपंक्तिमा नै आउने गर्दथ्यो । जस्तो काठमाण्डौंको इन्द्रचोक, पोखराको पृथ्वीचोक, बुटवलको जेसीजचोक, बन्दीपुरको चाँदनीचोक, धरानको छाताचोक, बिराटनगरको ट्राफिकचोक, नेपालगञ्जको धम्बोजीचोक र तानसेनको भगवतीचोक, बिरगंजको घण्टाघर चोकहरु आदि । यस भित्रका अरु चोकहहरु त लीलाचोक भन्दा कान्छै हुन् ।
इन्द्रजात्रालाई नेवारी भाषामा यया पून्ही पनि भनिन्छ । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म सत्ताहव्यापी रुपमा यो पर्व मनाउने चलन छ । किंवदन्तीअनुसार यो पर्वलाई औपचारिक रुपमा मनाउने प्रचलन लिच्छवी राजा गुण कामदेवले थालेका हुन् । ऐतिहासिक मान्यताअनुसार लिच्छवीकालिन समयमा नेपालमा ठूलो संकट आएको थियो । राजा गुण कामदेवले भगवान इन्द्रको पूजा गरी देश र जनतालाई ठूलो संकटबाट बचाएका थिए ।
लीलाचौकको भौगोलिक बनावटबारे बुझ्दै जा“दा यहा“का पुराना बासिन्दाहरुले भन्ने गरेका कुरा यस्ता छन् । पहिले नारायणी नदी यही चोक भएर बग्ने गर्दथ्यो । पछि नदीले धार परिवर्तन गरेपछि भनौ या पानीको भलुम कम हु“दै गएपछि यो ठाउ“ समथर भूमिको रुपमा रह्यो । पछि यस भूभागलाई पुरै ढड्डीघारीले ढाक्दै ल्यायो । मान्छेहरुको बस्ती लगभग यहा“ शुन्य थियो । बिस्तारै थारु समुदायका मानिसहरु यहा“ बस्न थाले । पछि बन्दीपुरबाट पनि मानिसहरु यहा“ आउन थाले । २०१०।११ सालतिरको कुरा हो त्यतिबेला उनीहरुले नै बस्ती बसालेका हुन् । झुपडी बनाएर आफ्ना व्यवसाय नुन मट्टितेलबाट काम प्रारम्भ गरे ।
त्योबेला यहा“ जंगली जनावर, हुरीबतास, बाढी, मलेरियाको प्रकोप बढि थियो । बर्षायाममा ब्यापारीहरु आफ्नो घर पहाडतिर फर्कन्थे । हिउ“दमा मात्र बस्थे । विस्तारै यसले बजारीकरणको रुप लिंदै गयो । पछि नारायणगढ, बिरगञ्जबीच कच्ची मोटर बाटो बन्न शुरु ग¥यो । यता नारायणगढ बुटवल पनि बृटिसले सडक खन्ने कामको जिम्मा लियो । बन्दीपुर अलवा मनाङ, लमजुङ, गोर्खा, धादिङसम्मका मानिसहरु ब्यापार अलावा औषधि मुलो गर्न पढ्न, लेख्न साथै काठमाडौं र भारतसम्मको नाकामा जान नारायणगढ झर्नुपर्ने भयो । त्यतिखेर त्रिभुवन राजपथमात्र चल्तीमा थियो । बिरगञ्जबाट नारायणगढसम्म बसको सेवा भर्खरै भर्खरै सुरु हु“दै थियो । यातायात खुलेपछि यो ठाउ“ दिन दुइगुना रात चौगुनाका हिसाबले विकास हु“दै गयो । विशेष नारायणगढको लीलाचौकमा नै सम्पूर्ण पूर्वाधारहरु केन्द्रित हु“दै गए । बिरगञ्जबाट आएको सम्पूर्ण बसहरु यहीँ रोक्न थालियो । लगभग यसले बस स्टपकै रुप लियो । सम्पूर्ण बसहरु नेपाल पब्लिक मोटर सर्भिसका थिए । यही नै होटल, लज, मिठाई पसलहरु खुल्दै गए थपिँदै गए । पान पसल पनि बिरगञ्जका नेपाली मुलका देशीहरुले सुरु गरे । छेउँछाउँतिर किराना दुकान, कपडाको दुकान पनि खुल्न थाले । गल्लाको काममा पनि केही व्यवसायीहरु लागे । नारायणघाटको प्रवेशद्वार फेरी (डुंगाबाट मानिसहरु ओहोर दोहोर गर्ने ठाउ“) पनि यसको सम्मुखमा प¥यो । फलतः नारायणी नदीको पश्चिमतिरका मानिसहरुको आगमन पनि यहा“ बढ्यो । त्यसैपनि यहा“ किनमेल, खाने बस्ने ग्राहकहरुको जमघट बढि नै थियो । रातको १,२ बजेसम्म व्यवसायच चल्न थाल्यो । यहा“का मानिसहरुको भाग्य चम्कँदै गयो । सबै व्यवसायीहरुको आयश्रोत बढ्न थाल्यो । मान्छेको मात्र होइन ठाउ“को पनि भाग्य कुनैबेला के हुन्छ किमार्थ भन्न सकिदैन ।
विकासको चरम बिन्दुमा पुगेको यो लीलाचौक अहिले चामचुम छ । सुनसान छ । दुकानहरु बन्द हुने क्रममा छन् । धेरै दुकान त पहिले नै बन्द भैसके । लिला होटल बन्द भएको पनि बर्षांै भैसक्यो । कति व्यवसायीहरु विस्थापित भैसके । झिंगा धपाउन फुर्सद नभएका यहा“का व्यवसायीहरु अहिले धपाउनका लागि झिंगा खोज्दैछन् । पाँचवटा बाटोको बीचमा बसेको यो बस्ती अहिले निमोनिया लागेको रोगी झँै सुस्ताएको छ । अब मेरो कहानी शुरु छ । कहानी लीलाचौकसंग सम्बन्ध राख्दछ । प्रवेशिका परीक्षा २०२६ सालमा उत्तीर्ण भएँ । दोस्रो श्रेणीमा परिणाम निस्केपछि अंग्रेजी र गणित बिषयमा भने पहिलो श्रेणीको लब्धांक थियो । साइन्स पढ्ने प्रवल इच्छा थियो । त्योबेला बन्दीपुरबाट पोखरा र काठमाण्डौ पढ्न जाने भन्ने कुरा असंभव नै थियो । बाटोघाटो केही सुविधा थिएन । दुई दिनको पैदल यात्राले नारायणगढ पुगें । बन्दीपुर नारायणगढको बिचको बाटो बडो कठिन थियो । बीच बाटोमा दुई ठूला नदीहरु साराङघाट र गाइघाट पर्दथ्यो । नदिकोबीचमा पुग्दा भेलले डुङै ढाकिएला जस्तो हुन्थ्यो । त्यतिखेर राम राम भन्दै भगवानको कृपाले ज्यान बचाए झँै लाग्थ्यो । साहिँलाबाको छोरा देशीराम पिया पनि साथैमा थिए । भरतपुरको बिरेन्द्र क्याम्पसमा भर्ना भयौँ । साइन्सको फेकेल्टी रहेनछ । इण्टरमिडियट अफ आर्ट लिएर पढ्यौं । नाइट क्याम्पस रहेछ । दिनभरि हामी दुवै व्यवसायमा लाग्यौं । म मट्टितेल बेच्ने काममा लागेँ । दाजु प्राइभेट पढाउने काममा लागे ।
हाम्रो डेरा लीलाचौकभन्दा एक फर्लाङ्ग अगाडि थियो । दिनहु“ झ्यालबाट लीलाचौकको चर्तिकिला हेर्ने गथ्र्याैं । बडो अजीबोगरीबको लिला हुन्थ्यो त्यहा“ । क्याम्पसबाट फर्केपछि साँझको ८ बजे डेरा आइपुग्थ्यौं । खाना खाइवरी हामी दुवै दाजुभाइ बेला मौकामा लीलाचौकमा टहलिन पनि निस्कन्थ्यौं । हामी दुवैको यो सधैँको रुटिनजस्तो बन्यो । यहीँबाट बढि जात्राहरु पनि निस्कने गर्दथ्यो । भाद्र महिनामा हामीले यहा“ गाईजात्रा, बाघजात्रा, लाखेनाच, कृष्णजात्रा, तिजको रतेउली, गाँठेमगल देख्न पायौं । यतिबेला त यहा“ जात्राले गर्दा अन्य कृयाकलाप कमै हुन्थ्यो । अरुबेला त यहा“को लीला बेग्लैछ । जब सा“झ सुरुहुन्छ तब बुढीमाउ तात्छ भने झँै हुन्छ । कहिले यहा“ बाँदरको लठ्ठी डान्स सुरु हुन्छ, कहिले भालुको नाच भैरहन्छ । शिवविँडी ग्रुपको नाच बेजोड छ । ठूलाठूला ढोलकका बाजाले नाचलाई थप उचाईमा पु¥याइरहेको छ । रात छिप्पिँदै गएपछि झगडा सुरु हुन्छ । कहिले ड्राइभर र पेसेन्जरबीच, कहिले ग्राहक र साहुजी को बीच, कहिले स्थानीय डांडा र बाहिरको डांडाको बिच । हल्लाखोर उत्तिकै छ । यस्तै छ यहा“को माहोल लगभग हरेक दिन । मान्छे ग्वारग्वार आइरहकै छ, गईरहेकै छ । बाहिर सडकमा बस्दै कोही जेरी स्वारीको स्वाद लिँदैछ, कोही सोमरस खुलेआम पिउ“दैछन् । कहिँकतै कुनै छेकवार छैनन् यहा“ । अबेलासम्म कहिले यता कहिले उता मानिसहरु हल्लीरहेकै छन् । होटलेभित्र खाना खानेको भीड अत्याधिक छ । विशेष लिला होटलमा ग्राहकको माचामाच बढि हुन्छ । बाहिर पानको दुकान वरीपरी मानिसहरुको जमघट पनि उत्तिकै हुन्छ । हिन्दी गीत बेजोडले बजीरहेको छ । गीतको मजा लिँदै मानिसहरु पान चपाउ“दै छ । सबैका ओठ लाली दलेझँै राता देखिएका छन् । हामीलाई यो दृश्य देख्दा छक्क पथ्र्यांै । हामीलाई पनि आफ्नो आँेठ रातो पार्ने इच्छा लाग्याँै । यसैले पानको दोकान नजिक पुग्यौँ । साहुजीले हामीलाई कौन सा पान लेंगे ‘मिठा, सादा, और जर्दा’ भनेर सोध्थ्यो । कुन ब्राण्डको खाने भन्ने अलमलमा प¥यौँ । कहिले खाएको भए पो चाल पाउनु । मिठा र सादाको अर्थ त बुझ्यौँ । तर जर्दा भन्ने ब्राण्ड पहिलो पल्ट सुन्दैछौँ । यसैले यही खाने भन्ने सोँचमा पुग्याँै । दुवैले दुई दुई बिँडा पान चपाउ“दै डेरातिर लाग्यौँ । हिँड्दै गर्दा बीच बाटामा नै चकराउन शुरु ग¥यो । डेराम पुगुञ्जेल दुवैजना ढल्न पुग्यौँ । दुवै अचेत भएछौँ । पछि पो थाहा भयो जर्दा भनेको त सुर्ती पो रहेछ । त्यो मोरो पानवालाले ३६४ नम्बरको सुर्ती पो राखेकोरहेछ पानमा । हामी भर्खरै गाउ“बाट झरेका गाउ“लेलाई ३६४ नं. सुर्तीको के पत्तो ? तै पनि लीलाचौकमा हामीले व्यहोरेको त्यो लीला जिन्दगीमा कहिले भुल्न सकँुला र ? अस्तु ।
बन्दीपुर, हाल बुटवल