ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

प्रभाबकारी बन्दै न्यायिक समिति

१९ श्रावण २०७५, शनिबार
१९ श्रावण २०७५, शनिबार

स्थानीय तहका बिबाद समाधानमा न्यायिक समितिको भूमिका महत्वपूर्ण बन्दै गएको छ । स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिले न्याय सम्पादनमा सफल बन्दै गएपछि न्यायिक समिति महत्वपुर्ण बन्दै गएको हो । न्यायिक समिती गठन भईसकेपछि बर्षौ पुराना मुद्धाहरुलाई टुँगो लगाएको छ । सुरुवाति दिनहरुमा केही अन्यौलता भएपनि अहिले भने धेरै मुद्धा फैसला गरिसकेको र काम गर्न धेरै सहज भएको तुलसीपुर उपमहानगरपालीकाका उप प्रमुख तथा न्यायिक समितिका संयोजक माया आचार्य बताउछिन् ।अदालतमा न्यायिक प्रक्रिया लामो र महंगो भएकोले न्यायिक समिति मार्फत् न्यायका लागि निबेदन दर्ता गराउने संख्या पनि बढेको उनले बताईन् । एकबर्ष अघि अन्यौलताका बिच न्यायिक समितिको संयोजकको जिम्मेवारी सम्हालेका स्थानीय तहका उपप्रमुखहरुले कामकाजमा पनि सहजता आउन थालेको बताउने गरेका छन् । भौतिक पुर्बाधार र कर्मचारीको अभाव र संरचनागत बिकास हुन नसक्दा अझै पनि काम गर्न अप्ठयारो रहेको उनीहरुको भनाई छ ।

तुलसीपुर उपमहानगरपालीकाले गत आर्थिक बर्ष २०७४÷०७५ मा जग्गा विवादका २३, सम्बन्ध विच्छेदका ११, घरेलु तथा महिला हिँसाका १७, लेनदेन तथा कुलोपानीका ४÷४ पूरुष हिँसा र अंश मुद्धाका १÷१ गरि ६७ ओटा मुद्धा दर्ता भएको र जसमध्ये २२ ओटा मुद्धाको फैसला भईसकेका अचार्यले जानकारी दिएकी छिन् । घोराही उपममहानगरपालिकाले भने बितेको आर्थिक बर्ष २०७४÷०७५ मा न्यायको माग गदै दुई सय ५६ वटा बिभिन्न प्रकारका मुद्धा परेका थिए । जसमध्ये न्यायिक समितिले एक सय ५६ वटा मुद्धा किनारा लगाईसकेको छ भने एक सय ५१ वटा मुद्धा प्रक्रियामा रहेको संयोजक सिता न्यौपानेले जानकारी दिएकी छिन् । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले अदालतको फैसला भए पनि कार्यान्वयन हुन नसकेका करिब आधा दर्जन मुद्धा कार्यान्वयनमा ल्याएको छ । न्यायिक समितिका संयोजक न्यैपानेका अनुसार अदालतले फैसला गरे पनि कार्यान्वयन हुन नसकेका करिब आधा दर्जन मुद्धा न्यायिक समिति मार्फत् कार्यान्वयनमा ल्याइएको छ ।
ग्रामीण क्षेत्रबाट जिल्लाको न्यायिक निकाय सम्म पुग्न गाह्रो हुने र गाँउघरमा हुने गरेका साना घटनाको विषयमा जिल्लामा पटक पटक जानु पर्ने बाध्यताबाट अहिले स्थानीयलाई छुटकारा मिलेको छ । धेरै जसो उजुरी अहिले प्रहरीकोमा नभई स्थानीय तहमा रहेको न्यायीक समितिको कार्यालयमा पुग्ने गरेका छन् ।
मुद्धा फैसला प्रकृयामा जटिल तथा केही असजता हुदा स्थानिय तहका न्यायिक समितिबाट जिल्ला अदालतसम्म पनि पुग्ने गरेका छन् । केही जटिल सम्बन्ध विच्छेदका मुद्धा भने जिल्ला अदालतमा पठाउने गरिको आचार्यले जानकारी दिएकी छिन् । स्थानिय न्यायिक समितिको संयोजकमा महिला भएकै कारण सहज रुपमा मुद्धा दर्ता गर्न सकिने भएकाले राज्यले पनि स्थानीय तहका उपप्रमुखलाई न्यायिक समितिको संयोजक बनाएको उनले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission