ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

डिजिटल नागरिक वडापत्रले सेवाग्राहीलाई सहज

१७ श्रावण २०७५, बिहीबार
१७ श्रावण २०७५, बिहीबार

 जिल्ला प्रशासन कार्यालय गुल्मीले डिजिटल नागरिक वडापत्र शुरु गरेपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई थप सजिलो बनेको छ । विभिन्न कामका लागि प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरु कामका लागि अल्मलीन नपरोस् र उनीहरुले डिजिटल वडापत्रको माध्यमवाट सजिलै रुपमा सम्बन्धित फाँटहरुमा पुगेर छिटो छरितो रुपमा काम गर्न सकुन् भन्ने उद्देश्यले डिजिटल नागरिक वडा पत्र शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालयमा वर्षौदेखि नागरिक वडापत्र राखिए पनि सेवाग्राहीहरुले कहिल्यै पनि उक्त वडापत्र हेर्ने तर्फ कहिल्यै नजर पुराएका थिएनन् । तर कार्यालयले डिजीटल वडापत्र राखेपछि अहिले प्रशासन कार्यालयमा सेवा लिन पुग्ने जो कोहीले पनि एकपटक उक्त वडापत्रमा नजर नपुराई सुखै छैन । डिजीटल वडापत्रमा कुन फाँटमा के काम हुन्छ, उक्त फाँटको प्रमुख को हो ? र कोसँग सम्पर्क गर्नुपर्छ, के कस्ता कागजातहरु आवश्यकपर्छ, कुन कोठामा कुन फाँट रहेको छ ? सेवा प्रवाहको क्रममा केही गुनासो भए कोसँग सम्पर्क गर्ने भन्ने जस्ता कुराहरु स्क्रीनमार्फत सजिलै देख्न सकिन्छ ।
डिजीटल नागरिक वडापत्रवाट एकातिर सेवाग्राहीहरुलाई पटक पटक सोधिरहनु पर्ने जस्ता झन्झटवाट मुक्त हुने र अर्कोतिर सेवा लिनका लागि पनि अल्मलमा नपरि सरासर सम्बन्धित फाँटहरुमा पुग्न समेत सहज बनेको बताउँछन् जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेय । ‘कार्यालयमा पहिलो पटक आउने सेवाग्राहीहरुलाई प्रशासनमा सेवा लिन आउँदा कुनै व्यक्तिको सहारा लिएर आउने प्रचलन बढी मात्रमा थियो, आजभोली डिजीटल नागरिक वडापत्र शुरु भएपछि दुई सातामै उक्त समस्या धेरै कम हुँदै जान थालेको मैले अनुभव गरेको छु’ प्रशासकीय अधिकृत पाण्डेले भने ।
आफ्नो नागरिकताको प्रतिलिपि लिन मुसिकोट नगरपालीका ३ भराहादेखि जिल्ला प्रशासन कार्यालय आईपुगेका हरिप्रसाद घिमिरे पनि कार्यालयमा पहिलो पटक यसरी स्क्रीनमा सबैकुराहरु तस्वीरसँगै लेखेर सेवाग्राहीलाई जानकारी दिएकोमा आफै दंग परे । ‘टिभीमा के रहेछ भनेर हेरेको त, कार्यालयमा कहाँ के काम हुन्छ भनेर सबै छर्लङ्ग हुनेगरि बताएको पो रहेछ, हैन सिंहदरवारको अधिकार गाउँगाउँमा भन्थे हो रहेछ,’ घिमिरेले वडापत्रतिर हेरेर हाँस्दै भने ।
जिल्ला प्रशासन कार्यालयले यही साउन एक गतेदेखि उक्त डिजीटल नागरिक वडापत्र शुरु गरेको हो । उक्त वडापत्रमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष सहित ११ वटा शाखाहरुवाट उपलब्ध हुने सेवाप्रवाह सम्बन्धमा जानकारी दिईएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आउने कतिपय सेवाग्राहीहरुले उक्त डिजीटल वडापत्र पढ्न नसक्ने भएका कारण उक्त समस्याको समाधानका लागि कार्यालयमा केही दिन भित्रमा हेल्पडेस्क स्थापनागरि सेवा प्रवाहमा थप सहजता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् । ‘सेवा लिन आएका सेवाग्राहीहरुसँग बाहिर लेखनदासहरुले मनपरि पैसा लिने गरेको गुनासो कार्यालयमा आएको छ, त्यसको समाधानको लागि कार्यालयमा चाहिने आवश्यक निवेदनका फर्मेटहरु पनि छपाएर हामीले यहीवाट निशुल्क रुपमा उपलव्ध गराउने तयारी गर्दै छौ’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।
उनले सेवा लिन आउने सेवाग्राहीहरुलाई बाहिर राहदानीको फाराम भरेको र फोटो खिचेको शुल्क पनि महंगो लिने गरेको गुनासो आएको भन्दै उक्त समस्यालाई तत्कालै समाधानका लागि सम्बन्धित व्यवसायीहरुलाई राखेर छलफलगरि न्यूनतम दररेट कायम गर्न लागेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission