ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

सरावल सरकारले खोज्दै कुलो पुनःउत्थान

२४ श्रावण २०८०, बुधबार
२४ श्रावण २०८०, बुधबार

नवलपरासी, २४ साउन ।  जिल्लाको सरावल गाउँपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम बनाउने योजना अगाडि सारेको छ । कतिपय पालिकामा कुलो पुर्दै सडक पूर्वाधार बनाउँदै गरेको भए पनि सरावल गाउँपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको हो ।

पूर्खाले कुलो मार्फत सिंचाई तथा जलनिकास दुबै गर्दै आएको कुरालाई विचमा बोरिगँ र पम्मिगँसेट तथा नहर आदीको प्रचलनले हराउँदै गएको कुलो सिचाई ब्यवस्थालाई पुनः स्थापित गर्नका लागि गाउपालिकाले अब योजना बनाएरै कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराए । कुलो सुख्यायाममा सिचाई साधन मात्र होईन्,उनले भने,कुलो बाढीको बेला जलनिकासको साधन पनि हो ।

कुलो सिंचाईले विगत बर्षमा गाँउको जलनिकास र खेतमा सिंचाई प्रबन्ध मिलाइएको थियो । २०२४ सालको नापी हँुदाको बखत पनि पुराना नक्सामा धेरै कुलो, घोलहरू हँदै छाडन्, सोई जस्ता जलस्रोतको उल्लेख गरेको पाईन्छ । तर विगत केही दशकदेखि विकास पूर्वाधारका लागि स्थानीय तहमा बजेट आउन थालेपछि बजेटको सदुपयोग गर्ने नाँउमा पुराना कुलो पुरियो, घोलहरू भरियो, सोईहरू पुरेर खेत बनाइयो, पोखरी पुर्ने चलनले पनि ब्यापकता पायो, अध्यक्ष चौधरीले भने, तर अहिले आएर ती पुराना संरचनाहरू आवश्यक रहेको कुरा स्थानीयले महशुस गर्न थालेका छन् ।

कुला, घोल, पोखरी, ताल, सोई जस्ता पानीका स्रोतहरूलाई पुनः पुर्नउत्थान नगरि स्थायी रूपमा पानीको स्रोत संरक्षण हुँदैन । प्रविधिले बोरिगँ र ट्युवेल गाड्ने सहजता त ल्यायो,तर जमिन मुनिको पानीको स्थायी स्रोत जमिन भित्र जल पुर्नभरणको यिनै स्रोत मास्ने अवस्था पनि ल्याएको छ । दुई दशकमै जमिन मुनिको जल भण्डार सकिएको महशुस हुन थालेको छ, अध्यक्ष चौधरीले थपे, अहिले जमिनमुनिको पानी निकाल्न डिजल महगो भयो, विकल्प बिजुली रोजिदै छ, तर पानीको विकल्प पानी नै भएको हँुदा पुर्नभरणको माध्यम पनि तिनै कुला र घोल हुन सक्ने भएकोले कुलो पुर्नउत्थान आवश्यक रहेको गाउँपालिकाले महशुस गर्न थालेको छ ।

गाउँपालिका भएर गण्डक नहरको मुल नहर तथा शाखा नहरहरू पनि छन्, तर ती नहरहरूमा पनि एकै पटक सबै तिर पानीको माग हुन थाले पछि नहर भए पनि पानी पाउन सकेका छैनन् । आधुनिक सिंचाई विधिका कारण नासिदै गएको पुराना सिंचाई विधिलाई जसरी पनि पुर्नउत्थान गर्न आवश्यक रहेको उनको भनाई थियो । उनले पहिलो चरणमा प्रत्येक वार्डमा रहेका कुलोहरूको सर्वेक्षण गरिने र लगत तयार गर्न लगाईने छ । त्यस पछि कुलोको पानीको मुहान, स्रोतको पहिचान गराईने छ । जल निकासका सोईहरूको समेत पहिचान गरिने गरि जलनिकासको ब्यवस्थापन गरिने उनले जनाए । चुरे देखी भारतिय सिमासम्म फैलिएको सरावल गाउँपालिकालाई सिचाई ब्यवस्थापनका लागि तिनै कुलो, घोल, सोर्इं, ताल पोखरीको लगतको आधारमा गुरुयोजना बनाईने छ,उनले भने, क्रमशः प्राथमिकताको आधारमा कुलो पुर्नउत्थानका लागि बजेट विनियोजन गर्दै कुलो सफाई गर्ने, हुलासी, पिडुरा, पेटबनिया लगायतका विभिन्न घोलको पनि उचिन ब्यवस्थापन गरिने छ । कुलो सिचाई स्रोत हो,भन्ने घोलहरू, पोखरी, ताल तलैया पानीको स्रोत हुन, त्यसै गरि सोईहरू सिंचाईपछि बढि भएका पानीहरू बग्ने जलनिकासका पारम्परिक साधन हुन् । यसलाई पुर्नत्थान गर्न आवश्यक छ ।

आधुनिक सिंचाई साधान नहर,बोरिगँका लागि पनि पारम्परिक जलस्रोत ब्यवस्थापन गर्न सकियो भन्ने मात्र ती साधनको दिगो प्रयोगमा ल्याउन सकिन्छ । दिगो कृषि प्रणालीलाई सुचारु गर्न सकिन्छ । आधुनिकताको नाममा पारम्परिक साधनलाई वेवास्ता गरियो भन्ने केही समय पछि आधुनिक साधनले पनि काम गर्न छाड्ने उनको तर्क थियो । जुन यो बर्ष देख्न सुन्न पाइयो, अध्यक्ष चौधरीले भने,धेरै बोरिगँमा पानी आउन छाड्यो,नहरमा पानी अभाव भयो,अन्तिममा खेत बाझो हुने अवस्था पनि देखियो । त्यसै गरि जलनिकासका प्रारम्परिक साधान सोईहरू पुरेर खेत बनाइए पछि जलनिकास बन्द भएर ठूलो पानी पर्यो भन्ने डुबान निम्त्याउने गरेको छ । यसले गर्दा पनि जिल्लामा सबै भन्दा लामो समय डुबानको मार झेल्नेमा सरावल गाउपालिका नै रहेको छ । त्यसमा पनि सिचाई प्रणालीको नाममा गण्डक सम्झौता अनुसार बनेका झरही,धनेवा,खजुरा खोलामा बनाइएका बाँधहरू रहेका छन् । चुरे देखी भारतिय सिमासम्म कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डमा सुख्खा हुने र ३ वटा वार्ड डुबान हुने समस्या हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?