ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
विचार

मणिपुरको घटनाः नेपालीलाई चेतना

२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

मित्रराष्ट्र भारतको उत्तरपूर्वी राज्य मणिपुरको घटनाका बारेमा हामी सबैले साँझ विहान आउने न्यूज च्यानलका माध्यमले सुन्ने र देख्ने काम त पक्कै गरेका छौँ । तर, त्यस किसिमको अमानवीय घटना हुनुको पृष्ठभूमिका बारेमा हामी लगभग धेरै व्यक्तिहरू अज्ञात छौँ । केही जानेका भएपनि सायद त्यस घटनाको चुरोलाई अन्तै मोडेर निर्दोषीलाई दोषी र दोषीलाई निर्दोषी देखाउने खालका झार उम्रेझैँ उम्रेका न्यूज च्यानलका माध्यमले अर्कैतिर बुझेका हुनसक्छौँ । तर त्यहीँ बसोबास गर्ने एवम् मणिपुरको सच्चा इतिहास जान्ने जानकारका माध्यमले त्यहाँको घटनाको मुख्य कारणका साथ हामी नेपालीले त्यो घटनाबाट कस्तो किसिमको पाठ सिकी अगाडि बढ्नुपर्दछ भन्ने विषयमा यहाँ केही भन्ने प्रयास गरिएको छ ।

भारतको उत्तरपूर्वका सातवटा प्रदेशहरू मध्येको एक राज्य मणिपुर बर्मासँग सीमा जोडिएको प्रदेश हो । यो प्रदेशलाई प्राकृतिक सुन्दरताको हिसाबले भारतको स्वीट्जरल्याण्ड भनेर पनि चिनिन्छ । सन् १८९१ म अङ्ग्रेजहरूले मणिपुरका शासक टीकेन्द्र जीतलाई फाँसी दिई यहाँको शासन व्यवस्था आफ्नो कब्जामा लिएका थिए । भारत अङ्ग्रेजको कब्जाबाट मुक्त भइसकेपछि यसको पनि पुनर्गठन भई केन्द्र शासित भइरहेकोमा सन् १९७२ जनवरी २१ देखि मात्र भारतको स्वतन्त्र राज्यको अभिन्न अङ्गको रूपमा कागजी मान्यता पाएको देखिन्छ । लगभग नेपालकै जति जनसंख्या रही नेपालका पहाडी र तराईका भागको जस्तो वातावरण भएको यस प्रदेशको राजधानी भने इम्फाल हो । प्राकृतिक हिसावले स्वर्गीय आनन्द रहेको यस प्रदेश अहिले जातीय द्वन्द्वको चपेटामा गहिरो किसिमले फसेको छ ।

यहाँका मुख्य आदिवासी मैतेयी जातीहरू हुन् । त्यसपछि नागा जातिपनि यहाँका मुख्य आदिवासीहरू नै हुन् । कुकी समुदायका केही थोरै मानिसहरूलाई चाहिँ अफिम खेतीका लागि अङ्ग्रेजहरूले वर्माबाट ल्याएका हुन् । त्यसैले मणिपुरमा बसोबास गरिरहेको यो विदेशी मूलको कुकी समुदाय १५० वर्षअघिदेखि मात्र पहाडमा आएर बसोबास गरेको थियो । परापूर्वकालदेखि नै मणिपुरमा बस्दै आएका सत्य सनातन वैदिक हिन्दू धर्मका अनुयायी यी मैतेयी जातिहरू अत्यन्तै करुणाले युक्त भएका हुन्छन् । यस्तै करुणाले युक्त भएकै कारणले यिनीहरूले आफ्नो राज्य मणिपुरमा अङ्ग्रेजहरूले ल्याएपछि पनि बर्माबाट शरणार्थीको रूपमा आएका कुकी समुदायका मानिसहरूलाई बस्नका लागि आश्रय दिए । आश्रय दिनुको अर्को कारण चाहिँ उनीहरू सस्ता सिपाही पनि थिए । तर, तिनै सस्ता सिपाही नै मणिपुर राज्यकालागि घातक भएका छन् । बर्माबाट आएर त्यहाँ बस्ने क्रममा हाल पनि राोकिएको छैन । यो घुसपैठ रोक्न सरकार प्रयासरत छ तर पूर्णतया सफल हुन सकेको छैन । बर्मामा अङ्ग्रेजको शासनकालमा नै यी पिछडिएका जातिहरूको धर्म परिवर्तन गराई इसाई बनाइएको थियो । यिनीहरू मणिपुर आइसकेपछि अफिममात्रको खेती गरेनन् यिनले धर्मान्तरणको पनि खेती गर्न लागे । अझ भारतको स्वतन्त्रता पछि, जब इसाई मिसनरीहरूले उत्तर पूर्वमा स्वतन्त्र हात पाए, तिनीहरूले बाँकी रहेका सबै कुकीहरूलाई धर्म परिवर्तन गराए । त्यसैले अहिले लगभग सबै कुकीहरू ईसाई छन् । यिनैको प्रभावले गर्दा मणिपुरको दोस्रो आदिवासी नागाजाति पनि अधिकांश इसाई बन्न पुग्यो । यसले केहीरूपमा मैतेयीलाई पनि छोयो ।

मूलतः विदेशी इतिहासकारहरूले मिलेको समाज फुटाउनका लागि थेप्चो अनुहार भएकालाई मङ्गोल नामकरण गरिदिएका मानिसहरू नै कुकी समुदायका मानिसहरू हुन् । तिनीहरूको व्यवहारमा आएको यो क्रूरता विदेशीहरूका झुट्टा इतिहासका कुराहरूले गर्दा नै हो । विदेशीहरूले उनीहरूलाई प्रणाली विरुद्ध नै प्रतिरोधको भावना जगाइदिएका छन् । माथि नै बताइसकियो कि मेइतेई मेइतीवा मैतेयीहरू मणिपुरका मूल निवासी हुन् । सधैं वनवासीहरू जस्तै जीवन विताउने सभ्य सनातनी मानिसहरू हुन् । पुरानो जमानामा शक्ति उनैको साथमा थियो, उनीहरू मध्येबाट राजा चुनिन्थ्यो । अहिले राज्य छैन, जमिनपनि छैन । मैतेयीहरू मणिपुरको आधाभन्दा बढी जनसंख्या हुन्, तर तिनीहरूसँग करिब १० प्रतिशतमात्र जमिन छ । अर्कोतर्फ कुकीहरूको जनसंख्या ३०% छ तर भूमि ९०% छ । तर अचम्म त के छ भने ९० प्रतिशत जमिनको स्वामित्वमा रहेका कुकीहरूले १० प्रतिशत जमिनको स्वामित्वमा रहेका मैतेयीहरू जसले कुकीहरूलाई नै मणिपुरमा आश्रय दिएर राखेका थिए तिनैले मैतेयीलाई नै जनजातिको दर्जा दिन नहुने माग गरेका छन् । उनीहरूको भनाई छ – ती मानिसहरू विकसित छन्, समृद्ध छन् । अनुसूचित जनजातिको हैसियत दिएमा हाम्रो विकास हुँदैन । हामी शोषित छौं, हामी कुपोषित छौँ । यदि उनीहरूलाई जनजातिको दर्जा दिने हो भने हामीलाई अब इसाई राज्यको रूपमा छुट्टै राज्य चाहिन्छ ।

यता हाम्रो देश नेपालमा पनि अब मणिपुरको अवस्था नआउला भन्ने आधार नै छैनन् । हामी बुद्धु नेपालीलाई भूटान र सिक्किमको डर देखाएर भित्रभित्रै मणिपुरको अवस्था ल्याउने योजनामा यस्तै विदेशीबाट पालित पोषित भई उल्टापुल्टा कुरा सिकाइएकाहरू नै लागिपरेका देखिन्छन् । मनाङ् मुस्ताङ्ग आदि हिमाली जिल्लाहरूमा अमेरिका पालित तिब्बतीहरू भरिन थालेका छन् । उनीहरूको धर्मबाहिर बाहिर बुद्धिष्ट जस्तो देखिएपनि भित्रभित्रै क्रिश्चियनका अधिकारका लागि लागेका आङ्काजीको जस्तै छ । पहाडहरूका वस्ती वस्ती पनि नवइसाईहरूले भरिन लागेका छन् । उनीहरूलाई विदेशीले इसाई धर्मका माध्यमले मुक्ति भन्दापनि यो वर्ग र त्यो वर्ग भनी फुटाएर जातीय द्वन्द्व गराउने खालको प्रशिक्षण दिइरहेका छन् । पहिले पहिले त मणिपुरमा जस्तै यहाँ थेप्चो नाकको आधारमा मङ्गोल भनिएकाहरूलाई हामी हिन्दू धर्मावलम्बी होइनौँ हामी त बौद्ध धर्मावलम्बी हौँ भन्ने पाठ सिकाई विस्तारै विस्तारै इसाई धर्ममा लगिरहेका थिए । तर अहिले त बाहुन, क्षेत्रीलाई पनि यो हिन्दू धर्म त नेपालको धर्म नै होइन । यो त भारतबाट आयातित धर्म हो भन्न भ्याएका कुरा सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरूको लक्ष्य भनेकै मङ्गोल, खस या अरू कुनै मन्दविषका आधारमा जसरी पनि फुटाउनु मात्र हो । मधेशतिर त झन् अति नै विकराल अवस्था छ । मधेसीका नाममा बङ्गलादेश र पाकिस्तानबाट आएकाहरूले नागरिकता त पाएकै थिए । त्यो भन्दा अचम्मको कुरो त १५–१६ वर्ष अघि नेपालमा आएका बर्मेली रोहिङ्ग्याहरूले पनि नागरिकताको लागि आन्दोलन गरिसके ।

त्यसैले यस्तो अवस्थामा यहाँका आदिवासीहरू विदेशतिर वसाईसराई गर्ने अनि यो नेपालचाहिँ तिनै शरणार्थी र विखण्डनको भाष ासिकाइएकाहरूको रजाईले छिट्टै नै मणिपुरको घटना आउँदैन भन्न सकिँदैन । मणिपुरको घटनाको प्रारम्भिक रूप कोशी प्रदेशमा चलिरहेको घटनालाई लिन सकिन्छ । जहाँ भइरहेको घटनामा मङ्गोलियन र नव नागरिकताधारीहरूको प्रबल हात रहेको प्रत्यक्ष देखेकै छौँ । अतः यस्तो अवस्थामा अब के गर्ने भन्ने चेतना सच्चा देशभक्त नेपालीले लिनैपर्ने अवस्था आएको छ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?