© २०२३
डेढ महिनाको आसपासमा क्षणिक असावधानीले स्थल मार्ग र हवाइमार्गबाट यो बर्ष ठूलो जनधनको क्षति व्यहोर्न प¥यो । यात्राका क्रममा बाटोको घुम्टी साँघुरो, भूक्षयले यस्तो अवस्था आएको हो ।
गाउँ गाउँबाट बिहान जाने बेलुका आउने यातायात बाहेक अधिक मात्रा सञ्चालन हुने यात्रुको सहजता बनाउन सके यात्राको क्रममा लाभ पुग्ने देखिन्छ । यसको लागि लगानी गरी निजी क्षेत्रबाट सहयोग बढाउन सक्नुपर्छ । ठाउँ अनुसार ठाउँठाउँमा माटोको संरक्षणको लागि फलफूलका बिरmवा र अन्य विरुवा लगाइ वृक्षरोपण गर्नपर्ने देखिन्छ ।
नदि छेउ किनारा वाल पर्खाल लगाइ पहीरोबाट बचाउन र जनधनको क्षति कम गर्न सकिन्छ । यात्राका क्रममा सवारी उछिनेर जाने कार्य रोक्नुपर्छ । वस सवारी रोकिन परे किनारा लगाएर रोक्नु पर्दछ । यसले गर्दा थोरै भएपनि दुर्घटना कम गर्न मद्दत् पुग्नेछ । वर्तमान साँघुरो बाटोमा सवारी उछिनेर चलाउने सवारीलाई कारबाही गर्नुपर्छ । यो कार्य नरोक्दा विभिन्न कारण वस आउजाउमा सवारी नदेखीनेर र सवारी जुध्न गइ धनजनको क्षति पुग्ने गरेको छ । बुटवल काठमाडौँ यात्रा गर्दा सडक विभाग वा यातायात कार्यालय र जिम्मा लिने निकाय कहीँकतै बाट देखिदैन र क्षति भएमा क्षतिपूर्ति पाइदैन । सरकारको मुख ताक्न भन्दा सवारी साधानबाट लेविका माध्यम बाट बिभिन्न सवारी साधन अनुसार बस, मिनी बस, टिप्पर पटक अनुसारको रकम बाट यात्रालाई सहज बनाउन पर्नेहुन्छ । यात्रुको गन्तब्य अनुसार सम्बन्धित क्षेत्राधिकार भित्र पर्ने यातायात सुबिधाका लागी प्रति किलोमिटर पैसा ५० वृद्धिबाट प्रतिसिट क्षमता ४० सिट बराबर एक तर्फबाट उठने रकम थोरै रु. २ हजार मालवाहक सवारीबाट प्रति क्विन्टल रु.२५ टनका दैनिक उठ्ने रकमबाट बाटो निर्माण गर्न कार्य अगाडि बढाउन पर्छ ।
अहिलेको मौसम अनुसार हिलाम्मे र धुलाम्मे बाट बच्न गाह्रो छ । सवारी साधनको मर्मत सम्भारमा भएको देखिदैन । सवारी भवितव्य दुर्घटना चालकको कमजोरीले हुने गरेको छ । सवारी यात्रामा ६ घन्टापछि चालक परीवर्तन हुनुपर्छ गन्तव्यबाट छुटेको यात्री सवारी ६ घन्टामा २ सवारी किलोमिटर भित्र पुग्न सकिन्छ रोडको (सडक विकृति देख्दा समय अवधिमा पुग्न सकेका छैनौं । सरकारी निकायनै सक्रिय छैन । सडक वा बाटो बनाइ हाले पनि कुनै न कुनै प्रकार बाट उत्खनन भएको छ यसको छिटो समाधान गर्नुपर्दछ । जमिन भित्रबाट जाने कार्य योजनाका लागी उत्खनन् गर्दा बजेटको दुरूपयोग भएको छ । यात्रीलाई यात्राको लागि असहज बनाएको छ ।
धन्यवाद !