ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

कक्षा बाह्र पछि स्वदेशी उच्च शिक्षा कि विदेशी भिसा ?

२ आश्विन २०८१, बुधबार
२ आश्विन २०८१, बुधबार

शैक्षिक इतिहास पढ्दा र महाभारत हेर्दा थाहा पाएअनुसार शिष्य गुरुको आश्रम वा कुटीमा गएर गुरुलाई रिझाएर, गुरुको सेवा गरेर आश्रम व्यवस्थाका नियम पूर्ण पालना गर्ने सर्तमा गुरुले पढ्न अनुमति दिएको पाइन्छ । हुन त आधुनिक समयमा यो वाहियात लाग्न सक्छ । आजको आधुनिक समयमा विभिन्न क्याम्पसका गुरुहरू विद्यार्थीहरूको घरघरमा पुगेर मेरो क्याम्पसमा भर्नाहुन आउनु प¥यो भनेर तानातान गर्ने अवस्था आएछ । “कलि आयो, जमाना उल्टियो भन्छन् पाका मान्छेहरू” हो कि क्या हो ? विज्ञान र प्रविधिको समयमा अनलाइन सपिङले होम डेलिभरी सेवा दिएजस्तै कतिपय क्याम्पसहरूले भर्नामा होमडेलिभरी सेवा दिएको सुन्न पाइन्छ । यी र यावत कुराहरूले यो आलेख पाठकवर्ग माझ पस्कने विचार आएको हो । कक्षा १२ को नतिजा प्रकाशित भएको करिव एक महिना भयो । कक्षा १२ को नतिजा प्रकाशित भएपछि नेपालका विभिन्न विश्वविद्यालय मातहतका स्नातक अध्यापन गराउने क्याम्पसहरूले विभिन्न संकायमा भर्नाकालागि पत्रपत्रिका, टेलिभिजन, रेडियो र सोसल मिडियामा विज्ञापन गरी विद्यार्थी आकर्षण गरिरहेका छन् ।
कक्षा १२ मा नियमित र ग्रेडबृद्धि गरी जम्मा २३१२३६ जना विद्यार्थीहरू पास भएका थिए । पास भएका मध्ये अधिकांशले विदेश जाने सपना बोकेर कन्सल्टेन्सी र भाषा प्रशिक्षण केन्द्र धाएका छन् । केही विद्यार्थीहरू विविध कारणले स्नातक नपढ्ने सोच बनाएर बसेका छन् । बाँकी रहेका विद्यार्थीहरू लगभग एक हजारको हाराहारीमा रहेका क्याम्पसहरूमा भर्ना हुने छन् । अहिलेको परिदृश्य हेर्दा र बुझ्दा कक्षा १२ उत्तीर्ण मध्ये बढीमा ६० प्रतिशत मात्र विद्यार्थीहरूले स्नातक पढ्छन् होला । तिनै विद्यार्थीहरू तान्नमा क्याम्पसहरूको दौडधुप चलिरहेको छ । स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरू चौथो वर्षमा पुग्दा एक चौथाईमा सीमित हुन पुग्दछ । यो क्याम्पस विचैमा छोड्ने दर भयावह छ । यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरोकार निकायहरू मौन छन् । यस विषयमा गहन अध्ययन गरी समाधान नखोजिएमा र अहिलेको प्रवृत्ति कायम रहेमा अवका दुई-तिन वर्षमा धेरै क्याम्पसहरू बन्द हुनेछन् । जसले गर्दा सरकार, समुदाय र निजी क्षेत्रले गरेको अरर्बाैं लगानी खेर जाने छ । यो समयमा विद्यार्थीहरू एकातिर विभिन्न कन्सल्टेन्सी, भाषा प्रशिक्षण केन्द्रमा विदेशका क्याम्पसहरू बारे बुझ्ने र अध्ययन गर्ने गरेका छन् भने अर्को तर्पm नागरिकता र पासपोर्ट बनाउन व्यस्त छन् ।

हाल विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूको आकर्षणका देशहरूमा अमेरिका, अष्ट्रेलिया, वेलायत, जर्मन र क्यानडा रहेका छन् । सम्भव भएसम्म यी देशमा जाने र नभए अन्य युरोपियन देश तथा जापान वा कोरिया जाने तयारीमा रहेको देखिन्छ । ती ठाँउहरूमा देखिएको भिडले त्रिभुवन विश्वविद्यालयको लाइन भन्दा पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमको लाइन लामो हुने प्रष्ट संकेत गर्दछ । यसरी यो कलिलो उमेरका विद्यार्थीहरूमा विदेशप्रतिको मोह वृद्धि हुनुमा विविध कारणहरू छन् । एकातिर विदेश जाने संख्या दिनानुदिन बढ्दो छ भने अर्कोतिर विभिन्न देशहरूले आप्रवासी विद्यार्थीहरूको संख्यामा कटौती गरेका समाचारहरू आइरहेका छन् । ती देशहरूले आप्रवासी विद्यार्थीहरूले गर्ने काम र अन्य कार्यहरूमा कडा नीति बनाएको पाइन्छ जसले गर्दा आप्रवासी विद्यार्थी जान नसक्ने गइहाले पनि काम गर्दै पढ्न नसक्ने अवस्था सिर्जना भएको छ । केही देशमा आप्रबासी कामदार र विद्यार्थीहरू माथि आक्रमण गर्ने दर पनि बढ्दो छ । नेपाली विद्यार्थीहरूको रोजाइमा परेका देशहरूमा पढाइ, काम र बसाइमा कडा नीति अपनाइरहेका छन् किनकि आप्रवासी विद्यार्थी र कामदारहरूले गर्दा ति देशहरूमा वेरोजगारी समस्या बढ्दो छ । वेरोजगारी दर बढ्दै गएमा गन्तव्य मुलुकहरूले आप्रवासी विद्यार्थी, कामदार र पिआरधारीहरूलाई समेत बर्मा, भुटान लगायतका देशहरूबाट लखेटे जस्तै लखेटिने दिन नआउला भन्न सकिदैन । हालै वेलायतमा आप्रबासीहरूको विरुद्धमा भएका विरोधका कार्यक्रम तथा स्वरहरूले यो छनक दिएको छ । यस्तो अवस्था हुँदा–हुँदै पनि कलिलो उमेरमा विदेश मोह वढ्नु वा विदेशिन वाध्य हुनुमा विभिन्न कारक तत्वहरू जिम्मेवार रहेका छन् ।

सरकारी उदासिनता
अंग्रेजी साहित्यको समय अनुसार यो उत्तर–आधुनिक समय हो । यो उत्तर–आधुनिक समयमा पनि हाम्रो देशको शिक्षा नीति वा पद्धति वि. सं. २०२८ मा आधारीत छ । आधा शताब्दी भन्दा बढी समय सम्म पनि पुरानै शिक्षा पद्धतिमा आधारित शिक्षा प्रणालीले अहिलेको समाज, समय, परिवेश र युवाहरूको चाहनालाई बुझ्न सक्दैन । हुन त समय समयमा विभिन्न आयोगहरूमार्पmत नयाँ शिक्षा पद्धति लागू गरिएको भनिन्छ तर त्यसले समग्र राष्ट्रको आवश्यकतालाई समेट्न सकेको पाइँदैन ।

शिक्षा ऐन धेरै वर्षको रस्सा कस्सि पछि संसदमा विराजमान छ तर पारित हुन सकिरहेको छैन । चार पाँच जना शिक्षा मन्त्री फेरिए तर शिक्षा ऐन पारित हुन सकेन, शिक्षा नीति फेरिन सकेन । हाम्रो शिक्षा नीतिले हाम्रो माटो, समाज, संस्कृति र प्रकृति चिन्न सकेन । फलस्वरूप हाम्रो उत्पादित दक्ष जनशक्ति विदेशीलाई काम लाग्ने भयो । हाम्रा शिक्षालयहरूबाट उत्पादित जनशक्तिलाई देशमा राख्न नसक्नुमा प्रमुख जिम्मेवार प्रजातन्त्र प्राप्ति पछिका सरकार र सरकारी नीति हुन् भन्ने कुरामा कुनै दुइमत छैन । बौद्धिक जनशक्ति र युवा पलायन देशका लागि घातक हुन्छ भन्ने बुभ्mने, नीति तथा कार्यक्रम तय गर्ने सरकार नआएसम्म यस्तै हुँदै जान्छ । रेमिट्यान्समा रमाउने सरकारले शिक्षा क्षेत्रमा देखिएको भयावह समस्या समाधान गर्न सक्दैन । घरमा आगो लगाएर खरानीको आवश्यकता पुरा गर्ने प्रवृति रहेसम्म देशको उन्नती प्रगति हुँदैन । सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा लगाउदैमा देशले विकासको छलाङ मार्दैन । गाँउ त खाली भइसके अव सहर पनि विस्तारै खाली हुँदै छन् ।

अस्तव्यस्त त्रिभुवन विश्वविद्यालय
नेपालको पुरानो, सबैभन्दा वढी आंगिक र सम्बन्धन लिएका क्याम्पस र बढी विद्यार्थी संख्या भएको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । त्रिविको पठनपाठनको शैक्षिक सत्रको समयावधि, परीक्षा प्रणाली, नतिजा प्रकाशन गर्न लगाउने समय, एक तह उत्तीर्ण गर्न लाग्ने समय लगायतका विविध कार्यहरू देखेर, भोगेर पनि विद्यार्थीहरू अन्योलमा पर्दछन् । स्नातक वा स्नातकोत्तर तह पढिरहेका दाइ दिदीहरू कसैले पनि भाइबहिनीहरूलाई यहाँ पढ्न सुझाव दिंदैनन् किनकि उनीहरू भुक्तभोगी छन्, आजित छन् । एउटा वर्षको नतिजा अर्को वर्षको परीक्षा फारम भर्ने बेलासम्म आउँदैन, ४ वर्षे स्नातक तह पुरा गर्न ५/६ वर्ष लाग्ने । राजनितिक खिचातानीको त कुरै नगरौं । त्रिभुवन विश्वविद्यालय भित्रका यी र यस्तै वेथितिले गर्दा पनि विद्यार्थी भर्ना भए पनि विचैमा पढाइ छोड्ने वा विदेश पलायन हुने क्रम बढ्दो छ ।

समाजिक सोच
हाम्रो सामाजिक परिवेश, सोचाइ, रहनसहन र देखावटीपना पनि वैदेशिक पलायनको एउटा कारक तत्व हो । हाम्रो समाजले पढाइ भएकालाई भन्दा पैसा भएकालाई चिन्दछ, गन्दछ, मान मर्यादा गर्दछ र महत्व दिन्छ । पढेर के हुन्छ र ? भन्ने मानसिकताले हाम्रो समाज ग्रसित छ । वाह्य नजरले हेर्दा त्यस्तै देखिन्छ, हो जस्तो पनि लाग्छ । यस्तो किन भइरहेको छ भन्दा हाम्रो समाजमा “विद्या भन्दा धन ठूलो” देख्नेहरूको जमात धेरै छ । हाम्रो समाजमा पढेर काम नपाएका उदाहरणहरू प्रसस्त छन् । स्वरोजगार बन्न पनि धन चाहिन्छ । त्यसैले पढेर काम छैन भन्ने मानसिकता विकसित भएका व्यक्तिहरूको वाहुल्यता भएको समाजको पनि युवा विद्यार्थी पलायन हुनुमा कुनै न कुनै रूपबाट भूमिका रहेको छ ।

अभिभावकमा चेतनाको कमी
वैदेशिक पलायनमा जिम्मेवार अर्को पक्ष बुवा आमा वा अभिभावक पनि हो । हामी बुवाआमाले कलिलो उमेरका बालबालिकाको अगाडि कुराकानी गर्दा देशको परिवेशलाई नकारात्मक ढंगबाट चित्रित गरेका हुन्छौं । चिया पसलमा भेला भएर चिया गफ गर्दा छिमेकीका छोराछोरीले विदेश गएर गरेका प्रगतिका कुरा गरिरहेका हुन्छौं । तर उनीहरूले त्यहाँ के काम गर्छन्? कसरी बसेका छन्? कसरी जीवन चलाएका छन् ? कति दुःख कष्ट गरेका छन् ? भन्ने सोच्दैनौ । पैसा पठाएको, बुवा आमालाई लगेर घुमाएको र उनीहरूले सामाजिक सञ्जालमा राखेका फोटा र भिडियो हेरेर आफ्ना छोराछोरीहरूलाई सुनाउने वा प्रतिक्रिया व्यक्त गर्ने गर्दछौं । तर उनीहरूले विदेशी भूमिमा गरेको मिहिनेत र परेको दु्ःख सोच्ने र बुभ्mने प्रयास नै गर्दैनौं । यसको अर्को पाटो यस्तो पनि छ । कक्षा १२ उत्तीर्ण गरेर विदेिशएको छिमेकीको छोराले गरेको प्रगति र ऊ सँगै कक्षा १२ उत्तीर्ण गरेर स्नातक र स्नातकोत्तर गरेका आफ्नो छोराछोरीले जागिर पाएको छैन वा पाए पनि जीवन चलाउन धौ धौ परिरहेको छ । अथक प्रयास गरेर जागिर पायो भने पनि सरुवा, बढुवामा खिचातानी, तलव थोरै आदि इत्यादि । यो धेरै हदसम्म सत्य पनि हो । अनि कुन बुवाआमा वा अभिभावकको मनले छोराछोरीलाई यहीँ पढ् र वस् भन्छ होला ?

सकी–नसकी घर जग्गा धितोमा राखेर बैंक, सहकारी, साहु महाजनसँग ऋण काढेर भए पनि छोरा छोरी विदेश पठाउनु हामी बुवाआमाले महान काम गरेको ठान्छौं । भाग्यले साथ दिएकाले त राम्रो गरेका पनि छन् तर केहीको अवस्था पीडादायक पनि छ । कतिपय विद्यार्थीहरू डिप्रेसनको सिकार भएका छन् । कतिले आत्महत्या गरेका छन्, कतिपय बिचमै फर्केर आएका छन् । अभिभावकले बुझेर हो वा नबुझेर हो यहाँ वसेर के हुन्छ र ? देशको अवस्था यस्तै छ, रोजगार पाइँदैन, स्वरोजगार बन्ने अवस्था नै छैन आदि–आदि कुराले आफ्ना छोराछोरीहरूलाई विदेशप्रतिको आकर्षण बढाइदिने कार्य गरिरहेका छौं । केहीहदसम्म यो कुरा सत्य पनि छ । धेरै उद्योग बन्द भए, केही उद्योगहरू बन्द हुँदै छन्, व्यापार व्यवसाय अस्तव्यस्त छ, रोजगारीका अवसरहरू धेरै न्यून छन् ।

यथार्थ बुझ्न नसकेका विद्यार्थी
अहिलेको सामाजिक, शैक्षिक, आर्थिक, राजनैतिक लगायतका परिवेशले कक्षा १२ परीक्षा दिएका विद्यार्थीको मनस्थिती यसरी परिवर्तन भएको छ वा परिवर्तन गराइएको छ कि देशमा वसेर केही काम छैन । जे जसरी हुन्छ विदेश जानुपर्छ । सके पढ्नु पर्छ नसके जे जसरी भएपनि पैसा कमाउनु पर्छ । कलिलो उमेरका विद्यार्थीहरूले गाँउका अग्रज दाइदिदीहरू विदेश गएका छन् । पैसा कमाएका छन् । अग्ला भवनको छेउको फराकीला बाटोमा खिचेका फोटोहरू देखेका छन् । कार किनेर चलाएका छन् । समुन्द्रको छेउमा रमाएका छन् । यी र यस्ता कुराहरू सामाजिक सञ्जालमा देखेर कलिलो मस्तिस्क प्रभावित भएको छ । उनीहरूले गर्ने काम र दुःख देखेका छैनन् । कतिपय विद्यार्थीहरूले घरको अवश्था परिवेश बुझेका छैनन् वा बुझ्न चाहेका छैनन् किनकि विदेशी भूत सवार छ । कतिपय विद्यार्थीहरूले परिवारमा आत्महत्याको धम्की दिएर पनि परिवारलाई मनाएको सुनिन्छ । यावत् कुराहरू हाम्रो परिवेशले मलजल गरिरहेको देखिन्छ ।

अत्यमा, शिक्षित जनसक्ति विदेशीने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी छ । नभए हाम्रो समाज युवा विहिन समाज हुन धेरै वर्ष लाग्दैन । सरकारले शैक्षिक नीतिलाई देशको माटो, भौगोलिक विविधता, प्राकृतिक सम्पदा, साँस्कृतिक विविधता, नेपाली पन र मन अनुसार समयानुकुल बनाउन नितान्त जरुरी छ । देशमा रोजगारी सिर्जना गर्न बन्द भएका उद्योगहरू खुलाउने, चलिरहेका उद्योगहरूलाई टिकाउन कानुनी लगायत अन्य जटिलताहरूमा सहजता प्रदान गर्ने । नयाँ उद्योगहरू खोल्न प्रोत्साहन गर्ने वा वातावरण मिलाउने कार्य सरकारले गर्नु पर्दछ । त्रिभुवन विश्वविद्यालयले शैक्षिकसत्र नियमित गर्ने, परीक्षा प्रणाली समयानुकुल बनाउने, व्यवस्थित गर्ने, समयमा नतिजा प्रकाशन गर्ने, पाठ्यक्रम देश, काल, परीवेश र समय अनुकुलको बनाउने गरेमा विद्यार्थीहरू पढ्न विदेश जाने क्रम कम हुन सक्दछ । समाजले शिक्षा र धनलाई हेर्ने सोच र प्रवृतिमा परीवर्तन गर्न जरुरी छ । हाम्रो समाजले पैसालाई शिक्षालाई भन्दा धेरै गुणा प्राथमिकता तथा महत्व दिन्छ । हाम्रो सामाजिक संरचना, मूल्य मान्यता, रहन सहन, भेषभुषा, धार्मिक तथा सास्कृतिक कार्यक्रमहरू भड्कीला र महंगा छन् । यस तर्पm राज्य र सामाजिक अगुवाहरूले अहम् भूमिका निर्वाह गर्नु पर्दछ । धन नै सर्वेसर्वा हो भन्ने मानसिकतालाई चिर्न जरुरी छ ।
रूपन्देही

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?