ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

देवदहको सिसपुरमा फल्यो अर्गानिक फलफूल र तरकारी

२८ माघ २०७८, शुक्रबार
२८ माघ २०७८, शुक्रबार

रसायनिक मल र विषादीयुक्त कीटनाशक औषधी प्रयोगले गर्दा भान्सामा अर्गानिक तरकारी पाउन मुस्कील छ । रसायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको पनि छ । बिषादीयुक्त औषधी प्रयोगले जनस्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ ।

त्यो असरबाट टाढा राख्नका लागि देवदहको पससपुरमा एउटा प्रयास गरिएको छ । देवदह ग्रीन एग्रो एण्ड रिसर्च एण्ड रिसोर्स प्रालिले रुपन्देहीको देवदह नगरपालिकामा ३ सिसपुरमा सामुहिक लगानीमा अर्गानिक तरकारी खेती गरेको हो । रसायनिक मल र विषादीयुक्त कीटनाशक औषधी प्रयोगलाई विस्थापित गर्ने, स्थानीय उत्पादनलाई प्रोत्साहन, रोजगारी सिर्जना गर्ने उद्देश्यले काम गरिएको संचालकको भनाई छ ।

१ करोड ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको एग्रो फर्ममा ५० जना सामूहिक रूपमा उत्पादनसँग जोडिएका छन । करिब पाँच बिघा जमिनमा अहिले तरकारी उत्पादन गर्दै आइरहेको छ । अहिले दुई बर्षदेखि उत्पादन गर्न थालिएको छ । स्थानीय उत्पादन स्थानीय क्षेत्रमा खपत गर्ने उद्देश्यले फर्म संंचालनमा ल्याइएको संचालकको भनाई छ । अहिले स्थानीय युवा लगायतले यस फर्ममा रोजगारी पाइरहेका छन् ।

रूपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले राजनीतिसँगै स्वाभिमानको लागि उद्यमी बन्नुपर्छ भन्ने बुझेका खत्रीको नेतृत्वमा फर्म अहिले अगाडि बढेको छ । मेयर हुनु अघिदेखि नै खत्री पशुपालन र दुग्ध उत्पादनसँग जोडिँदै आएका व्यक्ति हुन् । उनको देवदहमा शिवगंगा डेरी उद्योग र गोधुली डेरी सप्लायर्स थियो । जनताको सेवासँगै गत वर्षदेखि उनले देवदह ग्रीन एग्रो एण्ड रिसर्च एण्ड रिसोर्स प्रालि संचालनमा उनी पनि जोडिएका छन । १ करोड ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको एग्रो फर्ममा सामूहिक रूपमा उत्पादनसँग जोडिएका हुन् खत्री । उनी राजनीतिसँगै दुध उत्पादन र प्रशोधनमा रमाएका छन् ।

नेताहरू राजनीति गर्न आत्मनिर्भर पनि हुनुपर्ने उनले बताए । ‘राजनीति गर्ने नेताहरूले भाषण मात्र गर्ने होइन, केही आफैं गरेर देखाउन सक्नुपर्छ,’ खत्री भन्छन्, ‘कृषिमैत्री नीति निर्माण गर्ने, अनुदान किसानसम्म पुग्ने वातावरण बनाउनेदेखि आफैं उत्पादनसँग जोडिन सक्नुपर्छ ।’

एग्रोले अहिले उत्पादन दिन थालिसकेको छ । स्ट्रवेरी, सन्डोबी कोरियन फर्सी, वाटरमेलन, लोकल काक्रो, करेला जस्ता उत्पादनले बजार लिन थालेको छ । जहाँ थोपा सिचाइँ प्रणाली र प्राङ्गारिक मल प्रयोग गरी ग्रीन हाउसभित्र उत्पादित बेमौसमी तरकारी अहिले सबैको रोजाइमा परेको छ । अहिले यसको प्राबिधिक रुपमा भोजराज भट्टले हेरिरहेका छन । यसरी सामुहिक रुपमा गरिएको काममा आफू प्राबिधिकको रुपमा काम गर्दा खुसी लागेको उनी बताउछन् ।

‘हलो जोत्नेलाई हली र गोबर सोहोर्नेलाई गोठालो भन्ने होइन,’ मेयर खत्री भन्छन्, ‘कृषि पेशा सम्मानको पेशा नबन्दासँग नेपालको कृषि क्षेत्रको व्यावसायिक विकास हुँदैन । युवा शक्तिले कृषिमा रचनात्मक काम नगरेर देश बिग्रिएको हो ।’ यहि उद्देश्यलाई ध्यानमा राखेर सामुहिक कृषिमा हात हालिएको समुहका एक सदस्यले बताए ।

रसायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र बिषादीयुक्त औषधीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले प्राङगारिक मल तथा विषादीरहित औषधीको प्रयोग तथा अर्गानिक तरकारी उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै कृषिमा आत्मनिर्भर गराउने फार्मको उद्देश्य रहेको छ । फार्ममा अहिले दैनिक जसो गाउँका युवाहरुले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?