ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

लक्ष्यमै पुगेन मुद्धा फछ्र्यौट

११ श्रावण २०७५, शुक्रबार
११ श्रावण २०७५, शुक्रबार

गत आर्थिs बर्षहरुको तुलनामा यस बर्ष अपराधको संख्या बढेको छ । रुपन्देही जिल्ला अदालतमा आर्थिक बर्ष २०७४÷०७५ मा गत बर्षहरुको तुलनामा यस बर्ष बढी अपराधका मुद्दा दर्ता भएको छ । रुपन्देही जिल्लामा प्रत्येक बर्ष अपराधको संख्याको ग्राफ बढ्दो रहेको तथ्यांकहरुले देखाएका छन ।

रुपन्देही जिल्ला अदालतले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक बर्ष २०७१÷०७२ मा जिल्ला अदालतमा ३ हजार ६ सय २१ मुद्दा तथा २०७२/०७३ मा यो संख्या बढेर ४ हजार पुगेको थियो । यसै गरि २०७३/०७४ मा ४ हजार ३ सय ४० मुद्दा दर्ता भएका थिए भने गएको आर्थिक बर्ष २०७४÷/०७५ मा यो संख्या ५ हजार ५१ पुगेको रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार संजिव पोखरेलले बताए ।

जिल्ला अदालतमा बिभिन्न देवानी, फौजदारी रिट लगायतको मुद्दा दर्ता हुने क्रम बढ्दै गए पनि गत बर्ष रुपन्देही जिल्ला अदालतले लिएको लक्ष्य भन्दा कम मुद्दा फछर्यौट गरेको छ । श्रेष्तेदार पोखरेलले न्यायपालिकाको तेश्रो पञ्चबर्षिय रणनितिक योजना अन्र्तगत रुपन्देही जिल्ला अदालतको चौथो कार्य योजना तर्जुमा गर्दा पछिल्लो आर्थिक बर्षबाट १ हजार ९ सय ५१ मुद्दा जिम्मेवारी सरेर आएका थिए । यसै गरि पर्न सक्ने मुद्दा ३ हजार ३ सय ६८ र जिम्मेवारी सरि आएको मुद्दा समेत गरि अनुमानित ५ हजार ३ सय १९ मुद्दाको ६५ प्रतिशत मुद्दा फछर्यौट गर्ने अदालतले लक्ष्य लिएको थियो । आर्थिक बर्ष २०७४÷/०७५ मा ३ हजार १ सय मुद्दा मात्र दर्ता भएकोमा जम्मा मुद्दा संख्या ५ हजार ५१ मध्ये ३ हजार १ सय १३ थान मुद्दा अर्थात ६१ दशमलव ६३ प्रतिशत मुद्दा मात्र अदालतले फछर्यौ गर्न सकेको पोखरेलले बताए । गत आर्थिक बर्षमा बिभिन्न निर्वाचनमा अदालतका न्यायधिश एवम कर्मचारीहरु खटिएको तथा तथा लक्ष्य निर्धारण गर्दा ७ जना न्यायधिशलाई तोकेर गरेकोमा ६ जना न्यायधिश मात्र कार्यरत रहेको कारण आशतित लक्ष्य प्राप्त गर्न नसकिएको अदालतको भनाई छ ।

रुपन्देही जिल्ला अदालतका न्यायधिश नरिश्वर भण्डारीले रुपन्देही अन्तरदेशीय सीमा रहेको कारण यस जिल्लामा अत्याधिक मात्रामा लागु औषधको मुद्दा रहेको बताउछन । उनले लागु औषधको मुद्दा बढी भएको कारणले नै प्रत्येक बर्ष रुपन्देहीमा अपराधको संख्या बढ्दो रहेको बताए । यस अतिरिक्त मानिसहरुमा न्याय प्रति विश्वास बढेको र आफ्नो अधिकार प्रति सजग रहेको कारणले पनि जिल्लामा मुद्दाको संख्या बढी रहेको जिकिर गरे ।

रुपन्देही जिल्ला अदालतमा आर्थिक बर्ष २०७४/०७५ मा सबै भन्दा बढी मुद्दा अंश सम्बन्धि परेको थियो । ७ सय २६ वटा अंश मुद्दामा २ सय ३५ वटा फछर्यौट गरिएको थियो भने ४ सय ९१ वटा फछर्यौट हुन बाकी रहेको छ । यसै गरि अंश मुद्दा पछि सम्बन्ध बिच्छेदको मुद्दा बढी रहेको रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार सञ्जिव पोखरेलले बताए । २०७४÷/०७५ मा ५ सय १४ वटा सम्बन्ध बिच्छेदका मुद्दा परेकोमा ३ सय ७६ वटा मात्र फछर्यौट हुन सकेको थियो भने १ सय ३८ वटा मुद्दा फछर्याैट हुन बाकी रहेको छ । जिल्ला अदालतमा लेनदेनका ३ सय २० , लागे औषधका ३ सय १९, जग्गा सम्बन्धि २ सय ४७, जालसाजीको १ सय ६४, सवारी ज्यानको १ सय २१, चोरीको ९१, फैसला बदर ७४ र जवरजस्ती करणीका ४५ मुद्दा दर्ता दर्ता भएको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission