© २०२३
गाउँमा डोजर आतंक । चलन चल्तीमा सबै प्रकारका डोजरलाई सबै प्रकारलाई डोजर भन्ने रहेछ भुटुके गाउँमा । घर अगाडिबाट ६ महिना मात्र गुडने मोटरको घुलोले घर आँगन छोपेपछि नर बहादुरको गनगन सुरु हुन्छ ।
सानो तरकारी बारीमा कलकलाउँदो सिमीमा मोटरले उडाएको घुलो र छेपेको हिलोको असर देखेपछि नरबहादुरको श्रीमती दुर्गा कुमारीको पनि उस्तै गनगन गर्छिन् । मोटरले उडाएको हिलो र घुलोको कारण डाले घाँस पानीमा नपखाली बस्तु भाउलाई खुवाउन नमिल्ने केशरबहादुर बताउँछन् । उनको गनगनका बीच छोराले आँगनमा भटभटे (मोटरसाइकल) बटार्दछन ।
गाउँमा डोजर पसेपछि सबैको घर घरमा महँगा भटभटेको जोहो भएको छ । पहिले पहिले यस्ता गाउँ बस्तीमा लैनो भैसी, हल गोरुको सान थियो । तर अहिले भटभटे । फरक यत्ति हो , लैनो भैसीले दुध दिन्थ्यो । भटभटेले उल्टै पिउँछ ।
तर पनि डोजर छिरेपछि गाउँमा आनन्द छ ।
जब गाउँमा डोजर पस्यो । छोरी माइत आउदा बाबुको लागि भनेर ल्याउने राङ क्वा (पियोर कोदाको रक्सी ) आउन पनि छाड्यो । घर घरमा चेप्टा सिसीको चाङ लाग्न थालेको छ । यसैगरी राङ क्वा नखाने तन्नेरीहरुले बियर खान थालेपछि घर वरपर बियरका बोतलहरु छरपष्ट देखिन्छन । यता कोदाको बिकल्पमा खुदीबाट बनाएको गाच कुरा बिक्न छाड्यो । त्यो मात्र होइन हान पनि बिक्न छाड्यो । बरु समय समयमा त्यही डोजरले खनेको बाटो पछ्याउदै पुलिस आइपुग्छन । अलि अलि बिक्री होला भनेर बनाएको सेतो कोदोको तिनपाने लुकाउँदा लुकाउँदै खेम कुमारीलाई हैरान छ । जौ को रस भनेर पिउने तर निख्खरा सेतो कोदो बाट बनाएके तिन पाने नपिउने समय आइ सक्यो ।
गाउँमा डोजर छिरेपछि आनन्द छ ।
गाउँमा डोजर प्रवेशसँगै मकै भट्टभुटेर क¥याम क¥याम चपाउने दिन पनि गइसकेछ । पकेटका तयारी खाजाहरुले त्यही डोजरले बनाएको बाटो हुदै गाउँका पसलहरुमा बर्चस्व कायम गरेपछि खाजाका रुपमा प्रयोग हुने मकै भट्ट ओझेलमा पर्दै गयो । गाउँ बस्तीमा सिमेन्ट लागाएर फलामका छड राखेर बनाएका घरका भित्ताहरुमा चिसो भनेकै ….नामका प्रचार ब्याप्त छन । अब गाउँमा मही खाएर आनन्दले तिर्खा मेटने समय हराएछ । त्यही डोजरले उधीनेर बनाएको बाटो भएर सुनवल, खैरेनीबाट लामा लामा ट्रकले एल.पि. ग्यास भित्र्याए पछि घर वरपरका खर बारी जगंलमा दाउरा कुइन थाल्यो । वर्षभरीलाई पुग्ने गरी दाउराको खलियो बनाउने परम्परा पनि हरायो । सुनवल खैरेनी सँगसँगै ग्यासको हाहाकार सामना गर्न सक्ने क्षमता बढायो । कात्तिकको ठुलो एकादशीमा माइत आएका चेलीका आफन्तले कालो चश्मा लगाएर दुई औंला देखाउदै तोरी बारीमा फोटो खिच्ने चलन पनि बिरानो हुदै गयो । प्लाष्टिकको पोकामा पाइने सन फलावरले तोरी बारीलाई विस्थापित बनायो । गाउँगाउँमा पुक पुक आवाज निकाल्ने मिलको आवाजसम्म सुन्न पाइन छाड्यो । गाउँमा डोजर पस्नु अगाडि प्राय सबैको घर घरमा ठेको र मदानीको घारघुरु सगंै नौनी घिउको स्वाद थियो । जब गाउमा डोजर पस्यो घिउको भुटनले मान्यता पाउन छाडेछ । आत्म निर्भरको विकल्पमा गाउँले पर निर्भरताको बाटो रोजेका छन ।
सिरानको डाडाबाट डोजर मालिकले नजर लगायो । बाजे बराजु रिसाउँदा आजभोलि गाउँमा ठुला ठुला पहिरो जान थालेछ । डोजर ड्राइभरको इन्जिनियरीङमा खनेको मोटर बाटो पहिरोको आँखामा परेको छ । गाउभरका लोकल कुखुराको भाले खादै ड्राइभरले बल लगाएर जथाभावी डोजर चलाउदा जमिनै थर्काएर ढुंगा र माटो बिचको सम्बन्धमा फाटो आउँदा डाडामा पहिरो जान निकै सजिलो भएके छ । हिउँदमा घुलो उढाउदै मोटर हिड्ने बाटोमा असार लाग्न साथ गाउँ भरीको भल बाढी नै भएर बग्न्ो बाटो भएको छ । राम्रो दक्ष इन्जिनियरिङको प्रयोग गरिएर बाटो खनिएको भए आज सुबिधाको नाममा सास्ती खेप्न पर्ने थिएन । गाउालेहरुले वर्षायाम सुरु हुन साथ पहिरोको पिरलोमा दिन रात बिताउन पर्ने थिएन भन्दै नरबहादुर टोलाउदै धुजा धुजा भएर फाटेको सुनवल तर्फको बारी हेर्दै टोलाउन पुग्छन ।
तर पनि गाउँमा डोजर पसेपछि आनन्द छ ।
जमिन थर्काउदै डोजर गाउँ पसेपछि पानीको मुहान क्षेत्रको सामुदायिक वन समेत मासिन लागेका छन् । सदियौंदेखि अविरल रुपमा कलकल गर्दै आउने पानीको मुहान सुक्न लागे पछि गाउामा खाने पानीको समस्या उत्पन्न हुन लागेको छ । पानीको मुहान वरपर अनाधिकृत रुपमा यन्त्रको प्रयोग गर्दा उत्पन्न कम्पनले पानीको प्राकृतिक बाटोमा असर पारेपछि सतहसम्म पानी आउनै छाड्यो । गाउँ बस्तीमा मोटर गुडाउने चाहानामा डोजरहरुलाई मन परी खन्न लगाउादा पानीको मुहानमा असर पा¥यो । यस्तै यस्तै गरी गाउँमा डोजरको बिकासलाई बढवा दिने हो भने घर घरमा पानीको जार सप्लाइ गर्ने दिन पनि ज्यादै टाढा छैन । तर पनि गाउँमा डोजर पसेपछि आनन्द छ ।
जब गाउँमा डोजर पस्यो तब आस्थाका धरोहरहरु मासिए । तिजको दिन दिदी बहिनीहरु जम्मा भएर नाच्ने स्थानमा अहिले डोजर नाच्यो । युगौं युगदेखि गाउँमा भएका एंव घटने घटनाका साक्षी बसेका ठुला ठुला ढुंगाहरु डोजरले उधिनेपछि परम्परा, सभ्यता संकटमा प¥यो । गाउँको ठाउँ ठाउँमा पैदल यात्रीका लागि बनाइएका आरामगर्ने बाँस, काठबाट निर्मित फलैचाहरु पनि मोटर चढने वहानामा सबै हराए ।
तर पनि गाउँमा डोजर पसे पछि आनन्द छ ।
भौतिक बिकासको ब्याख्याले अहिलेको बिकासले लक्षित वर्गमा आवश्यक भन्दा बढि सुबिधा पुराए जस्तो देखिन्छ तर जति सुबिधा पुगेको छ । त्यो भन्दा बढि सास्ती थपेको छ । यसको प्रभाव र असर तत्काल देखिदैन परन्तुमा घातक साबित हुन्छ । गाउनमा मोटर पुग्नु गलत थिएन तर डोजर ड्राइवरको इन्जिनियरीङमा जताततै सग्लो जमिन चिरा चिरा पार्नु गलत थियो । भौतिक बिकास प्रति सरकार जिम्मेबार र गंभिर भएको भए । योजना बद्ध रुपमा भौतिक बिकासको आधार मानिएको सडक, विद्युत, खानेपानी जस्ताको बिकास हुने थियो तर तिनै तहका सरकारका प्रतिनिधी डोजरका मालिक छन् । त्यसैले सरकार कहिल्यै गम्भिर हुन सकेन । बिकासको अनगिन्ती सपना देखाएर राज्य बेखवर रहदा जनताको सपना ओइलाउनुको सट्टा झनझन मौलायो । चाहाना पुरा हुन्छ भन्ने डोजर डाइभरकै इन्जिनियरिङ नै ठिक । मोटर गुडाउने भनेर गाउँमा डोजर पसेको छ ।
गाउँमा डोजर पसे पछि आनन्द छ ।