ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

उजाड डाँडामा मनमोहक पार्क

२९ जेष्ठ २०७८, शनिबार
२९ जेष्ठ २०७८, शनिबार

सुक्खा र उजाड पहाडका रूपमा रहेको बंगलाचुली पहाडलाई अहिले पार्कको रूपमा विकास गरिएकोे छ । बंगलाचुली गाउँपलिका ५ को मुर्कुटी बजारदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमाविकास गर्ने उद्देश्यले गाँउपालिकाले पार्क निर्माण गरिरहेको छ ।

केहीवर्ष अघि सुक्खा डाँडाको रूपमा रहेको उक्त पहाड अहिले बंगलाचुली गाँउपालिकाले पालिकाको पहिचानका लागी भन्दै पार्कको रुपमा विकास गरिरहेको जनाएको छ । करिब दुई सय ५० रोपनी क्षेत्रफल रहेको उक्त ठाउँमा अहिलेसम्मविभिन्नभौतिक संरचनाहरु निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च भएको छ । समुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाउँलाई गाउँपालिकाकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि अहिलेसम्म भ्यू–टावर, प्रतीक्षालय, नाँचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागिकुर्सी, भ्यू–टावरको संरक्षणका लागिपर्खाल, गेट र उक्त क्षेत्रमा हिडडुल गर्नका लागिपक्की बाटोलगायतका विभिन्न संरचनाहरु निर्माण गरिएको गाँउपालिकाकाअध्यक्षभक्तवहादुर ओलीले जानकारी दिए । बंगलाचुली पार्कलाई थप आकर्षक बनाउनका लागि पिक स्पोर्ट, खेल मैदान, मन्दिर, विवाह मण्डप लगायतका अन्य थुप्रै संरचनाहरु निर्माण गर्न बाँकी रहेको उनले बताए ।

वि.सं २०६४÷०६५ सालमा बंगलाचुली पर्यटकीय क्षेत्र पूर्वाधार समिति गठन गरेर उक्त क्षेत्रको विकासका लागि काम सुरु गरिएको हो । सुरुमाउक्त क्षेत्रलाई विकास गर्न सरोकारवाला निकायले चासो नदिँदा पछाडि पर्दै आएको उनको भनाई छ । “यो पहाड यस क्षेत्रकै अग्लो भएको र सफा मौसम भएको समयमा उत्तरी क्षेत्रमा रहेका अग्ला हिमालहरुको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँलाई पर्यटकीय स्थलका रुपमाविकास गर्न स्थानीय लागेका थिए तर बजेट अभावका कारण विकास गर्न सकेका थिएनन् तर अहिले प्रदेश सरकार र स्थानीय सरकार बंगला चुलीले पार्कको विकासमा बजेट राख्न थालेपछि अहिले विकसित हुँदै गएको हो” अध्यक्ष ओलीले भने । बंगलाचुली पार्क नामाकरण गरिएको उक्तपार्क क्षेत्रमा अहिले प्रारम्भिक चरणको मात्र विकास भएको उनले बताए । “अहिले पार्कको प्रारम्भिक चरणको विकासको कामभएको छ, अझै धेरै कामहरु हुनबाँकी नै छन्, सबै संरचनाहरु निर्माण भएपछि यो नमुना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ” अध्यक्ष ओलीले भने ।

बंगलाचुली पार्कमा पूर्वाधार विकासका लागि गतवर्ष प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयले ५० लाख रुपैयाँ खर्च गरेर संरचनाहरु निर्माण गरेको हो । त्यस्तै यस वर्ष पनि कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको र संरचना निर्माणको काम भइरहेको छ । यसैगरी उक्त ठाउँको पर्यटकीय विकासका लागि गाउँपालिकाले करिब २० लाख रुपैयाँ र पर्यटन बोर्ड भैरहवाले तीनवर्ष अघि सुरुमा पाँच लाख रुपैयाँ खर्च गरेर भ्यू टावर निर्माणको सुरुवात गरेको थियो । बंगलाचुली पार्कको पर्यटकीय विकासले यस क्षेत्रको समग्र विकासका लागि भूमिका खेल्ने बंगलाचुली गाउँपालिका ५ का अध्यक्ष एनुराज खत्रीले बताए ।

उनले सामान्य पहाडको डाँडालाई पर्यटकीय रुपमा विकास गर्नका लागि विभिन्न संरचनाहरु निर्माण गर्दा अहिले आकर्षणको केन्द्र बन्दै गएको बताए ।“बंगलाचुली पहाडलाई पार्कका रूपमा विकास गर्नका लागिप्रदेश सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेर विभिन्न संरचना निर्माण गर्ने कामभइरहेको छ, सवै संरचना निर्माण भैसकेपछि थप आकर्षक हुनेछ” वडा अध्यक्ष खत्रीले भने ।

पार्कलाई थपआकर्षक बनाउनका लागि हिड्ने बाटोमा रेलिङ राख्ने, विभिन्न प्रकारका विरूवा रोपेर हरीयाली बनाईने भएको छ । बंगलाचुली पार्क घोराही बजारदेखि ३२ किलोमिटरको दूरीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?