© २०२३
कोरोना पोजेटिभ धेरै जनालाइ परामर्श दिदै गर्दा म आफैले पनि धेरै कुरा सिक्ने अवसर पाए । होम आइसोलेसनमा बसेका धेरै जनाले मनोबल घटाइ विक्षिप्त भएको अहिलेको अबस्थामा उच्च मनोबल नै कोरोनाको सबैभन्दा ठुलो औषधी हो ।
पोजेटिभ भएर घर भित्र बस्दा झ्याल ढोका बन्द गरि पर्दा लगाएर बस्ने अनि धेरै डाइट खाँदा छिटो निको हुन्छ भनि माछा मासु अण्डा र हाड खाना खाँदा धेरैमा समस्या आएको देखियो । दिन भरि कोठा भित्र बस्दा सरिर निष्क्रिय हुने र पाचनक्रिया पनि कमजोर हुने हुँदा पटक पटक थोरै थोरै सन्तुलित आहार प्रयोग गर्नु राम्रो मानिन्छ । प्रयाप्त झोल चिज र दालको रस अनि फलफुल र साबिकको जस्तै सादा खाना पटक पटक खादा पनि सन्तुलित आहार पुर्ति भइराखेको हुन्छ ।
हाम्रै भान्सामा भएका कतिपय मसला जन्य चिजहरुमा पनि एन्टिभाइरल गुण छ्न । जस्तो ज्वानो, बेसार, तेजपत्ता, ल्वाङ, जिरा, धनिया, लसुन, मरौठी, टिमुर, मरिच, अदुवा, पिप्ला आदि । जसले औषधिको काम त गर्छ्न नै साथै सन्तुलित आहारको पनि पुर्ति गरिरहेका हुन्छन् । यथोचित प्रयोग गर्न जानेमा यी चिजहरुको भुमिका पनि महत्वपूर्ण छ ।
कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बस्दा ज्वरो सहित रुघाखोकी जस्ता सामान्य लक्षण मात्रै छ्न भने ज्वरो कम गर्न प्यारासिटामोल र आयुर्वेद औसधि जसमा गुडुची, मुलेठी र त्रिकटु मिश्रण क्वाथ पर्योग गर्दा यसको रिजल्ट प्रभावकारी हुन्छ । साथमा अस्वगन्धा पाउडर पनि दिन सकिन्छ ।
योग ध्यानको लागि केहि समय छुट्याउ जसले कमजोर मनोवललाई उर्जा प्रदान गर्दछ । मनोबल बड्दा आत्मबल बढ्ने, आत्मबल बढ्दा रोग प्रतिरोधक क्षमतामा उल्लेख्य बृद्धि हुन्छ । साथै योग प्रणायामले शरिरमा अक्सिजन लेभललाई पनि सन्तुलन कायम गर्दछ । जसमा ओम उच्चारण, अनुलोमबिलोम, भ्रामरी उद्गीत महत्वपूर्ण मानिन्छ्न ।
दिनभर कोठामा थुनिए बस्दा मनमा बेखुसीका लहरहरु सल्बलाउन सक्छ्न जसको न्युनिकरणका लागि बिभिन्न गितहरु सुनौ, केहि छिन नाचौ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी