ट्रेंडिंग:

>> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र >> नक्कली सवारी चालक अनुमति पत्र बनाएर मासिक ३ करोड ठगी >> यातयात कार्यालय बाँकेका चार जना पक्राउ

कथा लेखनका १२ सुत्र

११ कार्तिक २०७७, मंगलवार
११ कार्तिक २०७७, मंगलवार

कथा पढ्न जति सहज हुन्छ त्यसको बनावट र शिल्प निर्माण त्यतिनै कठिन हुन्छ । कथा लेख्न चाहनेहरूको लागि केही उपायहरू छन् । जसलाई मैले १२ चरणमा उल्लेख गरिएको छ ।

१.कथाको बारेमा विषयको खोजी 

तपाई कस्तो खालको कथा लेख्न खोज्दै हुनुहुन्छ । पहिला त्यो बारे निर्क्यौल गर्नुपर्छ । कथाको शिर्षक पहीले नै सोचेमा कथा बनाउन सजिलो हुन्छ । जसलाई पछि आवश्यकता अनुसार परिर्बतन गर्न पनि सकिन्छ । शिर्षक पहिलेनै सोचिएमा त्यसको वरिपरिरहेर कथा भन्न वा भनाउन सजिलो हुन्छ । शिर्षक सोच्दा कथाको सम्पूर्ण भागलाई सम्बोधन गर्न सक्ने हुनु पर्छ । पाठकले धेरै हदसम्म कथाहरू शिर्षक हेरेर छान्ने हुँदा शिर्षकको बारेमा गहन अध्यन गर्नु पर्छ । कथाको प्रकार अनुसार शिर्षक लामो, छोटो, अपत्यारीलो लाग्ने नाम तथा ठाउँ छनौट गर्न सकिन्छ तर यो कथाकारको शौलीमा नै बढी भर पर्छ ।

२.बिषय सुहाँउदो चरित्रको पुर्ननिमाण ।

अब, कथाम आउने पात्रहरूको बारेमा सोच्न थाल्ने । यो नै कथाको मुटु हो । जसले तपाईको कथालाई पाठक समक्ष चिनाउने राम्रो उर्जा बोकेको हुन्छ ।
-चरित्र छनोट गर्दा ध्यान दिनु पर्ने कुराहरू ।

क.कथाको बाताबरण अनुसार पात्रहरू छान्ने ।
ख.पात्रहरू वास्तविक वा अवास्तविक के हुने हो त्यो सोच्ने ।
ग.पात्रहरूको मुख्य विशेषता र काम पहिलेनै लेख्ने ।
घ.पात्रहरूले बोल्ने कुराहरू तर्कसँग हुने हुन वा दृष्टान्तमा बढी केन्द्रित हुने हो । यो पहिले नै सोच्नु पर्छ ।
ङ.पात्रहरू को भेषभुषा र अन्य पात्रसँग भेट हुदाँ कस्तो व्यवहार देखाउने हो त्यो पनि पहीले नै सोच्नु पर्छ।

यसरी पात्रहरूको बारेमा सानो टिपोट बनाई तिनीहरूको नाम, बिषेशता सबै खुलाई पहिलेनै लेखी छाड्ने । जसले गर्दा लेख्न सुरु गरेपछि अफ्ठ्यारो नहुने हुन्छ ।

३.कथाको लम्बाई को बारेमा पुर्नसोच ।

छोटा कथाहरू यिनै हुन् भनी ठिकसँग भन्न कठिन हुन्छ । छोटा कथाहरूलाई पनि बिभिन्न आकारमा लेखेको पाइन्छ । प्राय गरी छोटा कथाको अर्थ एकै ठाउँमा बसि एकै चोटि पड्न सकिने आकारको भनी बुझिन्छ । Edgar Allan Poeले आफ्नो निबन्ध “The Philosophy of Composition” (1846)मा लेखनको लम्बाईको बारेमा लेखेका छन् । उनले छोटा भएकैले कथाहरू उपन्यासभन्दा मिठा हुन्छ भनेका छन् । आफूले लेख्न थालेको कथा यती लामो हुन सक्छ भनी पहीले नै पेपर ठिक पारि (पेपर गन्ती गरेर लिन पनि सकिन्छ) लेख्न सुरु गरेमा त्यतिसम्म कथालाई लम्बाउनु पर्ने आफैमा मानसिक दबाब जस्तो बन्छ । जसले गर्दा कथाले आवश्कता अनुसार पूर्ण लम्बाई पाउँछ । २०००० शब्दभन्दा बढी नहुने र १००० शब्दभन्दा कम नहुने कथालाई छोटा कथाको रुपमा लिन सकिन्छ । म छोटा कथा को बारेमा पछि लेख लेख्ने छु ।

४.कथा बाचन शैली र कथा कसलाई भन्न लगाउने 

‘म’ प्रथम पुरुषमा । ‘तिमी’ द्धितीय पुरुषमा । ‘उ’ अथवा ‘उनी’ तृतीय पुरुषमा गरी कथा लेख्न सकिन्छ । ‘म’बाट कथा सुरु गर्ने हो वा अरु कसैबाट, पहिले नै अन्दाज गर्नु पर्छ । द्धितीय पुरुषमा त्यति कथाहरू लेखेको पाईदैनन् । तर तृतीय पुरुषमा कथाहरू भन्न मिल्छ । जसले कथालाई ‘म’बाट सुरु गरेकोभन्दा मिठो बनाउँछ । कथा बाचन शैली पनि अहिले धेरै प्रकारका छन् । जस मध्ये उपयुक्त हुने कुनै एक छान्न सकिन्छ ।

५.कथाको सुरुवाती बिन्दु र अन्तिम बिन्दुको तय

कथा कस्तो हुने र कहाँ यसको अन्त्य हुने भन्ने कुरा पहिले नै तय गरिनु पर्छ । कथाको अन्त्य तथा सुरुबाती बाक्य भ्रामक नहुने तर सकेसम्म पाठकलाई भ्रान्तीमा राख्ने वा मायामा पार्ने बनाउन सक्नु पर्छ जसले गर्दा कथाको अन्त्य पछि पनि पाठक केही बेर कथा सोच्न सकुन् ।

६.कथाको समय निर्धारण/रचना 

कुन समयको कथा हो र कथा कस्तो बाताबरणमा लेख्न खोज्दै हुनुहुुन्छ । जस्तै ऋृतुको समय । काल्पनिक समय निर्धारण गरिए पनि त्यो बास्तिकतासँग मेल खाने हुनु पर्छ । जसलाई कथाको टाईमलाइन भन्न सकिन्छ । यो कथाको महत्वपूर्ण स्थान हो जसले तपाईको कथालाई पढ्न योग्य र यथार्थको निकै नजिक लैजान्छ ।

७.पात्रहरू बिचको संभाषण शौलि र बाक्यहरूको पूर्व निमार्ण 

कथामा कस्तो किसिमको संघर्षको निमार्ण गर्ने । पात्रहरूले बोल्ने शौलि कस्तो हुने । उनीहरूले बोल्ने लामा तथा छोटा बाक्यहरूलाई पहिले नै लेख्नु पर्छ । यो टाईमलाइन बनाए पछिको प्रकृया हो । जहाँबाट कथा लेखनको आरभ्भ गर्न सकिन्छ । पहिले नै यो समयमा यो पात्रले यहाँ यो बोल्नु पर्छ भनी तय गरिएमा कथालाई आफूले भनेबमोजिम बनाउन सकिन्छ । यो काम कठिन हुन्छ तर हरेक उच्च स्तरका लेखकले गर्ने यो महत्वपूर्ण काम हो । जसले उनीहरूको कल्पनाशीलतालाई दर्शाउँछ । कथाको मुख्य भाग भनेको पात्रहरूले बोल्ने बाक्यमा नै हुन्छ ।

पात्रहरू बिचको संभाषण भनेकै लेखकको भावनालाई राम्रोसँग देखाउने स्थान हो । लेखकले दिने संदेश यिनै पात्रहरूबाट झल्किन्छ । कुनै पनि लेखकलाई अमर बनाउन उसको यिनै संभाषण बाक्यहरूले प्रमुख भूमिका निर्बाह गर्दछ । यदि तपाईले यो प्रकृया सन्तुष्टसँग गर्न सक्नुहुन्छ भने तपाईको कथा लेखनको आधा काम समात्ती यहीँ हुन्छ ।

८.सोचाइको अन्तिम तयारी ।

यो लेख्न सुरु गर्नुभन्दा पहिलेको अन्तीम अवस्था हो । तपाईले अहिलेसम्म गर्नुभएको कामलाई फेरि एकचोटी नियाल्ने काम यहाँबाट हुन्छ । यदि यो काम ठिकसँग भएको छैन भने पुन यही प्रकृया दोहराउनु उत्तम हुन्छ । यहाँसम्म को कदमले नै सबैभन्दा बढी समय लिन्छ । तपाईले आफ्नो सम्पूर्ण सोचको शत्ति यस बिन्दुसम्म लगाउँनु भयो भने मात्र कथा उत्कृष्ट बन्छ । तपाईले यस प्रकृया सम्मलाई घटिमा ७ दिन वा सोभन्दा बढी लगाउन सक्नुहुन्छ ।

९.लेख्न सुरु गर्ने

अब यहाँबाट तपाईले कथा लेख्न बस्नुहुन्छ । यो ठाउँ भनेको अहिलेसम्म सोचको, टिपेको कामलाई लयमय बनाउनु मात्र हो । तपाईले बास्तबमा कथा लेखिसक्नुभएको हुन्छ । यहाँ तपाईले शब्दहरूको चयन बिशिष्ट ढङ्गबाट गर्नु पर्छ । यसको लागि तपाईले शब्दकोष पल्टाउन सक्नुहुन्छ । लेख्नको लागि बढी बुझेको हुनु पर्छ त्यसैले बडिभन्दा बढी अध्यन गर्नु पर्छ ।

१०.पात्रहरूलाई बुझ्ने र सुन्ने 

मनोमानी तरिकाले कथा अगाडि बडाउने मात्र होइन कि पात्रलाई तपाईले आफ्नो महशुस गरेको हुनु पर्छ । त्यो पात्र कथामा किन सिर्जना भयो भन्ने कुराको गहन बुझाई हुनु पर्छ । अनि मात्र तपाईको पात्रले पाठको हृदयमा ठाउँ लिन सक्छ । तपाईले लेख्न बस्दा पात्रहरूको बयान बरबराउन सक्नुहुन्छ । उनीहरूलाई जीवन्त ठान्नुहुन्छ भने कथा लेखनको स्थिति सहज बन्छ । लेखक बन्नु भनेको आफूलाई बिभिन्न पात्रहरूसँगै खेलाउनु हो । उनीहरूलाई सुन्नु र बुझ्नु हो । यो प्रकृयासँग लेखकले अहोरात्र आफूलाई पागल बनाउनु पर्छ । यही नै पात्रहरूलाई बुझ्ने र सुन्ने माध्यम हो ।

११.कथाको दोस्रो मसौदा सुरु

तपाईले कथा लेखिसक्नुभएको हुन्छ । त्यसलाई पुर्न लेखन गुर्नुस । नमिलेको ठाउँमा पुन थप्न वा घटाउन सक्नुहुन्छ । यस प्रकियामा तपाई कथा छिटो सकाउन खोज्नुहुन्छ । आफू माथि बोझ थप्दा कथाले खुल्न सक्ने अवस्थासम्म नखुल्न सक्छ । त्यसलै धैर्य राख्नुस् र चाहिने अवस्थासम्म कथालाई खुलाएर लेख्नुस् ।

१२.अन्तिम प्रारुप

यस चरणमा तपाईले लेखिसक्नुभएको कथालाई साथीभाइ वा अन्य कोही कथा सम्बन्धी दखल भएको व्यक्त्तिलाई पढ्न दिन सक्नुहुन्छ । जसले तपाईले लेखेको कथालाई कसरी बुझ्छ, कथाको बारेमा उनीहरूको टिपण्णी कस्तो हुन्छ त्यो हेर्न सकिन्छ । तपाईले बुझाउन खोजेको वा देखाउन खोजेको कुरा र उनीहरूले कथाबाट बुझेको कुरा एउटै भयो भने तपाईले लेख्नुभएको कथा उत्कृष्ट छ । अन्यथा पुन यी चरणहरू दोहोराउन सक्नुहुन्छ जसले गर्दा तपाईको लेखन अँझै प्रखर हुन्छ ।

छोटा कथा सम्बन्धी अरु कुरा अन्य लेखमा गर्ने छु । धैर्य साथ पढिदिनु भएकोमा धन्यवाद । तपाईलाई यो लेखले केही सहयोग गर्छ वा केही प्रतिक्रीया छ भने अवश्य भन्नु होला । अन्य यस्तै उपयोगी लेख लेख्न मलाई मदत मिल्ने छ । Socure:sahitya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission