ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

सुकुम्बासी सङ्घीयता

२४ आश्विन २०७७, शनिबार
२४ आश्विन २०७७, शनिबार

इतिहास भन्छ– महाराजधिराजले ‘विकासको मूल फुटाउन’ देशलाई भौगोलिक र प्रशासनिक क्षेत्रहरूमा विभाजन गरेका थिए ।

विकास क्षेत्रका नाममा । अञ्चल र जिल्लाका नाममा । नगर र गाउँ पञ्चायतका नाममा ।

त्यो विभाजनको पृष्ठभूमिमा विकेन्द्रीकरणको सिद्घान्त रहेको भनिए पनि सत्ता र शक्ति केवल काठमाण्डौमा नै थियो ।

सार्वभौमसत्ता नै महाराजधिराजमा थियो । महाराजधिराजको कृपाबिना विकेन्द्रीकरणको स्वाद चाख्न पाउँदैनथे सुदूरका गाउँहरूले ।

त्यसबेला ‘विकासको मूल’ नारायणीहिटी दरबारबाट फुट्थ्यो ।

दार्शनिक हेगेलले इतिहास र इतिहास बनाउने व्यक्तित्वहरू दोहरिन्छन् भनेका छन् । निश्चय पनि इतिहास दोहरिन्छ । हाम्रोमा पनि इतिहास दोहरियो ।

इतिहास दोहरिएपछि के भयो ? नेपालको संविधान २०७२ अनुसार मुलुकलाई सातवटा प्रदेशमा विभाजन गरियो । यो विभाजनको सैद्घान्तिक पृष्ठभूमिमा सङ्घीयता रहेको छ । यो सङ्घीयताको परिकल्पना संविधानसभाको हो । जुन सभाको प्रादुर्भाव तत्कालीन माओवादीको ‘जनयुद्घ’ को प्रवेगको भरमा भएको हो । ‘गाडा चढेर अमेरिका पुग्न सकिन्न’ भन्ने ठहरावको सिद्घान्तमा उभिएर भएको होइन ।

सङ्घीयतालाई परिवर्तनको सिद्घान्त मानियो । नेपाल निर्माणका लागि प्रस्थानविन्दु मानियो । मानियो–सङ्घीयताले हजारौं वर्षदेखि सीमान्तकृतहरूलाई पहिचान दिन्छ । सम्मान दिन्छ । रोजगारी दिन्छ । शासन सत्तामा सामेल गराउँछ । कर्तव्य पूरा गर्न लगाउँछ र अधिकारको प्रयोग गर्न दिन्छ । बोल्न दिन्छ । आवाज सुनिन्छ । पहिचान र सामथ्र्यका आधारमा प्रदेशहरू अस्तित्ववान हुन्छन् । सयौँ वर्षदेखि अन्तिम किनारमा उपेक्षित भएर उभिएकाहरू पनि मूलधारमा आउँछन् ।

साक्षी किनाराका देखी जान्ने सुनी जान्नेहरू भन्दछन्– तर त्यस्तो केही देखिएन । युग युगदेखि जो सत्तामा थिए, ती नै सत्तारुढ भए । माथि सम्राट मानसिकता नै कायम रह्यो । तल दास मानसिकता ! दासहरूले जनताका प्रतिनिधिहरूको आत्मसम्मान, अधिकार, चाहना सबै सम्राटको पाउमा सुम्पिदिए । सम्राटका अघि हात जोडेर प्रार्थनारत् भए । सम्राटले ‘तथास्तु’ भन्दियो । बस् प्रदेशको छिनोफानो भइगयो !

अनेक उथलपुथल बेहोरी आएको यो मुलुक सङ्घीयतालाई नकार्नसक्ने अवस्थाबाट भने धेरै अघि बढिसकेको छ । तर सतहमा जस्तो दृश्य देखिएको छ, सक्कली सङ्घीयताको परिकल्पना त्यो कदापि थिएन । ‘जनयुद्घ’ले यस्तै अनपेक्षित दृश्यहरूका लागि त्यो बलिदानीपूर्ण प्रवेग लिएको थिएन ।

दृश्यमा सहभागी पात्रहरूलाई छोडौँ । लज्जास्पद दृश्यका साक्षी किनारामा रहेकाहरूको अनुहार हेरौँ । सङ्घीयताको घाम तिनको अनुहारमा झुल्किने छाँटछन्द छैन । समृद्घिको यात्रा कुर्चीबाट तल झर्दैन । भोका पेटमा पटुकी बाँधेका दिदीबहिनीहरू बालबच्चा बोकेर रुँदै सीमा काटिरहेका छन् । देशका खम्बा भनिने युवाहरू पोकापकुन्तरा बोकेर रुँदै मुगलान झरिरहेछन् ।

दुखियाहरूलाई सङ्घीयताले मलम दिन सकेन । सङ्घीयता के तिनका लागि होइन ?

साक्षी किनारामा रहेकाहरूले हैन कि, हैन कि जस्तो मान्न थालिसके । किनभने दलालहरूको ‘कारोवार’ भइरहेछ सङ्घीयता । भइरहेछ हनुमानहरूको ‘चाकरी’ । भ्रष्टहरूको लागि भइरहेछ शकुनिको पासा । भइरहेछ अमुक नेताको भोट बैंक । यस अघि सुकुम्बासी बस्तीहरू क्रान्तिकारी नेताहरूको ‘भोट बैंक’ हुने गथ्र्यो । अब सङ्घीयता नै नेताहरूको ‘भोट बैंक’ भइरहेछ । ‘भोट बैंक’ बचाउन नेतृत्वले नै सङ्घीयतालाई ‘सुकुम्बासी’ बनाउने षड्यन्त्र गरिरहेछन् ।

सुकुम्बासी र सङ्घीयता । सङ्घीयता अर्थात् सुकुम्बासी ! कस्तो दुखिया विम्व !

कार्ल माक्र्स कम्युनिष्टहरूका गुरु हुन् । ‘लुई बोनापार्टको अठारौँ ब्रुमेयर’ मा इतिहास र सेलिब्रेटीहरूको पुनरावृत्तिको बारेमा दार्शनिक हेगेलको विचारमाथि टिप्पणी गर्दै उनले भनेका छन्– “हो, हेगेलले भनेजस्तै इतिहास दोहरिन्छ । तर हेगेलले त्यसमा थप्न बिर्सेका छन्– पहिलोपटक त्रासदीका रूपमा, दोस्रोचोटि प्रहसनका रूपमा ।”

हाम्रो इतिहास र हाम्रा राजनीतिक सेलिब्रेटीहरू कुन रूपमा दोहरिएका हुन् ? के यो एक त्रासदी हो ? कि यो प्रहसन हो ?
दुई तिहाइ मतका साथ सत्तारूढ कमरेडहरूलाई थाहा होला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?