ट्रेंडिंग:

>> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

कोरोना विरुद्दको खोपले काम गर्ने संकेत

२० भाद्र २०७७, शनिबार
२० भाद्र २०७७, शनिबार

रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।

खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन्।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ।

खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको रुस त्यसो गर्ने पहिलो देश हो।

विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्नको उक्त परीक्षण निकै न्यून भएको बताएका छन्।

तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको छ।

केही पश्चिमा विज्ञहरूले रुसले गरेको कामको तीव्र गतिलाई लिएर चिन्ता प्रकट गरेका छन् र अनुसन्धानकर्ताहरूले छिटो हुन सजिलो बाटो रोजेको हुनसक्ने उनीहरूको भनाइ छ।

 
साइड इफेक्ट के छ?

गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए।

स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख छ।

 

प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वस्थ स्वयम्‌सेवकलाई पहिलो खोपको लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो।

सहभागीको उमेर १८ देखि ६० वर्षसम्म थियो। उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एन्टीबडीको विकास भएको थियो।

उनीहरूमा सामान्यतया टाउको र जोर्नी दुख्ने साझा खालको साइड इफेक्ट देखिएको छ।

 
लामो प्रक्रिया बाँकी

प्रतिवेदनमा भनिएको छ, “कोभिड-१९ को सङ्क्रमण रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक लाभको तुलना सहितको ठूलो दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक छ।”

जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा ‘फरक-फरक उमेर र जोखिम समूह’ बाट ४०,००० स्वयम्‌सेवक सहभागी हुनेछन्।

तर विज्ञहरूले खोप बजारमा उपलब्ध गराउनका निम्ति अझैँ पनि लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको चेतावनी दिएका छन्।

 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा अहिले १७६ वटा सम्भावित खोपको विकास गरिँदैछ।

ती मध्ये ३४ वटा मानिसहरूमा परीक्षणका क्रममा छन्।

जसमध्ये आठवटा तेस्रो चरणको परीक्षणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?