© २०२३
अस्पतालका बिरामीमा संक्रमण देखिएपछि मध्यविन्दु जिल्ला अस्पताललाई शुक्रबारदेखि सिल गरिएको छ । अस्पतालमा उपचारार्थ बिरामीमा संक्रमण देखिएपछि शिल गरिएको हो ।
उपचारका लागि भर्ना भएका अन्य १७ जनालाई घर पठाएर अस्प्ताल सिल गरिएको गोपाल अध्यक्ष खनालले बताए । बिरामीमा संक्रमण देखिएपछि अस्पतालमा सेवा दिइरहेका चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । स्वास्थ्यकर्मीहरुको आइतबार पीसीआर परीक्षण गरिने र त्यसपछि अस्पतालको सेवाबारे निर्णय गरिने अध्यक्ष खनालले बताए ।
अस्पतालका मेसु डा. सुनिलराज गौतमले प्रेस विज्ञप्ती जारी गरी भदौ २ गते भर्ना भएका ४० बर्षका पुरुषमा संक्रमण पुष्टि भएको उपचारमा संलग्न व्यक्तिहरुको स्वाव संकलन गरी रिर्पोट नआउदासम्मका लागि अस्पतालका संम्पूर्ण सेवा बन्द गरिएको जानकारी गराएका छन् ।
यसैबीच पूर्वी नवलपरासीमा एकै दिन २० जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा गरिएको परीक्षणमा १९ र भरतपुरमा गरिएको परीक्षणमा उनीहरु संक्रमित देखिएको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।
शुक्रबार थपिएका संक्रमितमा विनयी त्रिवेणी गाउँपालिकाका १८ र गैंडाकोट र कावासोती नगरपालिकाका १÷१ जना रहेको उनले बताए। संक्रमितमध्ये १० जनामा लक्षण देखिएको छ। तिमध्ये ५ जना मध्यविन्दु अस्पतालमा उपचारार्थ छन्। अरुलाई सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पठाइने छ । रजहरमा पनि चिकित्ससहितको टोली रहेकोले बाँकीको त्यही उपचार हुने स्वास्थ्य प्रमुख चापागाईले बताए। अरुको अवस्था सामान्य छ। सबैलाई प्राकृतिक चिकित्सालयमै पठाइने छ। जिल्लामा हालसम्म ३ सय ८१ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।