© २०२३
बुटवल,६ बैसाख । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नक्कली पाससोर्टमा दोषी ठहर भएका व्यक्ति सडकमा हिरो भएर हिँडिरहेको टिप्पणी गरेका छन् ।
पार्टी निकट विद्यार्थी अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तै पात्रका कारण अहिल राजनीति भाडिएको बताए । नक्कली पासपोर्टदेखि अनेक अपराधमा दोषी भनिएका मान्छे थोरै दिन एक महिना राज्यमा पुग्दा पनि लुट मच्चाएको भुसालले आरोप लगाए ।
‘अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडेका छन् । तीनिहरूसँग गठबन्धन भएको छ । पूजा भइरहेको छ’–भुसालले भने–‘अहिले कोसँग फुट्छ र को कोसँग मिल्छ भन्न सक्ने अवस्था छैन , कांग्रेससँग मिलेर गठबन्धन गरेर समाजवाद ल्याउने कुरा पनि भएको छ, कम्युनिष्ट पार्टीको झण्डा टाँगेर राप्रपासँग गठजोड गरेर हिँडेको अवस्था पनि छ ।’