© २०२३
बुटवल,६ बैसाख । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठक निष्कर्षविहीन भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाका अनुसार आजको वैठक निश्कर्षविहीन भएपछि अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।