© २०२३
बुटवल,६ बैसाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स एम्स अस्पताल लागिएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई अस्पतालबाट निकालेर थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट लगिएको हो ।
बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको राष्ट्रपति सचिवालयले जनाएको छ । परिवारको आग्रहमा उनलाई थप उपचारका लागि भारत लगिएको हो ।
महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।