© २०२३
बुटवल, ५ बैसाख । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी जोन १४ अन्तर्गत क्लबहरुको सहभागितामा तेस्रो जोनल एड्भाइजरी कमिटी मिटिङ सम्पन्न भएको छ । तिलोत्तमा बुद्धज्योति लायन्स क्लबको आयोजनामा भएको वैठकमा रिजन ७ का चेयर पर्सन विनेशमान बज्राचार्य,जोन चेयर पर्सन रोमनाथ ढकालले क्लबलाई प्रभावकारी सञ्चालनका विविध विषयमा जानकारी गराएका थिए । सो अवसरमा आयोजक तिलोत्तमा बुद्धज्योति लायन्स क्लबका अध्यक्ष गंगाराज सापकोटाले क्लबको बारेमा परिचय गराउंदै आफ्नो क्लब लायन्स इन्टरनेसनलमा वार्षिक सदस्यता शुल्क समयमै बुझाउने क्लबका रुपमा राम्रो छवि सथापित गरेको बताए । क्लबका चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्काले क्लबले योगीकुटीमा २० लाख लागतमा स्मार्ट हरियाली लायन्स पार्क स्थापनासहित सामाजिक कामहरु गरेका जानकारी गराए । सो अवसरमा लायन्स क्लब बुटवल फुलबारीका अध्यक्ष धिरजमान श्रेष्ठले क्लबको प्रतिवेदन पेश गरे भने लायन्स क्लब देउराली साकुराकी अध्यक्ष कमला जोशी,तिलोत्तमा बुद्धज्योति लायन्स क्लबका सचिव कृष्णप्रसाद पन्थी लगायतले आआफ्ना क्लबले गरेका गतिविधिबारे भनाई राखेका थिए ।