© २०२३
दाङ, ५ बैशाख । घोराही–तुलसीपुर फोरलेन सडक संघर्ष अभियानले जिल्लाका मन्त्री र सांसदहरुलाई दाङ प्रवेश निषेधको घोषणा गरेको छ ।
अलपत्र घोराही तुलसीपुर सडकका कारण धेरैले मृत्युवरण गर्नुपरेको भन्दै अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा रोक लगाएको सुचनासहितको व्यानर घोराहीको चोकमा व्यानर टाँस गरेको छ ।
सडक निर्माणले गति नलिदासम्म मन्त्री र सांसदलाई जिल्ला प्रवेशमा रोक लगाइने अभियानले जनाएको छ । सडकलाई मुद्धा बनाएर चुनाव जितेपनि मन्त्री र सांसदले विश्वासघात गरेको र निर्माणले गति नलिदासम्म जिल्ला प्रवेशमा रोक लगाएको संघर्ष अभियानले सुचना उल्लेख गरेको छ ।
संचारमन्त्री रेखा शर्मा, सांसदहरु दिपक गिरी, मेटमणी चौधरी, डिल्ली चौधरी, राजु खनाल, धनबहादुर मास्की, प्रचण्ड विक्रम न्यौपाने, अनुराग खड्का, इन्द्रजित थारुलाई जिल्ला प्रवेशमा रोक लगाइएको सूचनामा उल्लेख छ ।