© २०२३
बुटवल,५ बैसाख । संक्रमणकालीन न्यायसम्बन्धी सरकारद्वारा प्रस्तावित विधेयकको विरुद्ध द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले प्रदर्शन गरेका छन् । सो क्रममा नयाँबानेश्वरबाट केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी सरकारद्वारा प्रस्तावित विधेयकले पीडितलाई न्याय नदिने भन्दै उनीहरू लगातार आन्दोलित छन् ।
सोमबार आन्दोलनको क्रममा प्रहरीले उनीहरूमाथि बल प्रयोग गर्नुका साथै केहीलाई पक्राउ गरेको छ ।
पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको भन्दै उनीहरूले टीआरसी विधेयक संशोधनको माग गरेका छन् । बानेश्वरको एभरेष्ट होटलअगाडि विरोधको क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग ठेलमठेल भएको थियो ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले सरकारले संसदमा प्रस्तुत गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एकपक्षीय भएको आरोप लगाए ।