© २०२३
बुटवल,४ बैसाख । लायन्स क्लब अफ बुटवल शान्तीदिपको अध्यक्षमा महेश पन्थी निर्वाचित भएका छन् । लायन वर्ष २०२३–२४ का लागि पन्थीको अध्यक्षतामा २१ सदस्यीय नया कार्य समिती चयन गरेको हो । प्रथम उपाध्यक्षमा विशाल पन्थी, द्धितिय उपाध्यक्षमा खिमानन्द आचार्य र तृतीय उपाध्यक्षमा लक्ष्मी नारायण खनाललाई चयन गरेको छ । सचिवमा रामहरी भुसाल र कोषाध्यक्षमा जालान्धर भुसाललाई चयन गरेको छ । स्थापनाको तेस्रो बर्ष प्रवेश गरेको क्लबले बृक्ष रोपण लगायत सामाजिक र मानवीय सेवाका कामहरु गरेको छ । अघिल्लो दुई कार्यकाल बाबुराम खनाल र चेत नारायण भण्डारीले नेतृत्व गरिसकेका छन् ।