© २०२३
बुटवल,४ बैसाख । तीन दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्याधीश सिफारिश गर्ने सहमति भएको हो ।
यस्तै, टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उनको भनाई छ ।
लेखकका अनुसार संवैधानिक परिषद्को बैठकको मिति प्रधानमन्त्रीले तोकेर खबर गर्ने कुरा भएको छ ।