ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

कृषिबाटै समृद्धि संभवः मन्त्री खनाल

११ माघ २०७५, शुक्रबार
११ माघ २०७५, शुक्रबार

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् । दाङको घोराहीमा बिहीबारबाट सुरु भएको प्रदेशस्तरिय पोल्ट्री महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले देशको आर्थिक विकाशका लागि पनि कृषि क्षेत्रको विकाश गर्नुपर्ने बताएका हुन् ।

अहिले सम्मको परीपाटिमा कृषिकाम नगर्नेहरुलेपनि अनुदान लिएकोले विकाश नभएको बताउदै मन्त्री खनालले अव कृषि अनुदान गैर कृषकको हातमा नजाने बताए । ‘नेपाल कृषिप्रधान देश भएकाले कृषिको विकासबाट मात्रै समृद्ध मुलुक बनाउन सम्भव छ र सोही दिशामा सरकार अगाडि बढिरहेको छ’ मन्त्री खनालले भने । कृषिको विकासबाटै मुलुकको मुहार फेर्ने संकल्प यो सरकारले लिएको भन्दै कृषि मन्त्री खनालले सम्भावनाका आधारमा पकेट क्षेत्र बनाएर कृषिको विकास गर्दै जाने मन्त्रालयले योजना बनाएको जानकारी दिए । कृषि क्षेत्रको विकासका लागि अहिले विभिन्न योजनाहरु बनाउदै जहाँ जे सम्भावना छ त्यसकै आधारमा विभिन्न बालीनालीको पकेट क्षेत्र बनाउँदै जाने योजनामा सरकार लागिपरेको उनले बताए । ‘कृषिलाई निर्वाहमुखी भन्दा पनि जीवनमुखी बनाउने दिशामा सरकार अगाडि बढिरहेको छ’ मन्त्री खनालले भने । अबको १० वर्षभित्र भित्रमा मुलुक आत्मनिर्भर बन्ने भन्दै कृषि मन्त्री खनालले यसै वर्षदेखि आत्मनिर्भरताको यात्राको थालनी गरिसकेको बताए ।
अहिलेको सरकार विगतको जस्तो म्यादी सरकार नभएको भन्दै मन्त्री खनालले अबको पाँच वर्षभित्र मुलुकको स्वरुप नै परिवर्तन भइसक्ने गरी काम भैरहेको उनले बताए । सरकारले दशकलाई समृद्धिको दशकका रुपमा लिएको बताउदै मन्त्री खनालले पाँच वर्षभित्र आत्मनिर्भरताको जग बसिसक्ने दावि गरे । ‘सरकारको योजना अनुसार काम भैरहेकोले अवको दश वर्षभित्रमा मुलुक पूर्णरुपमा आत्मनिर्भर बनिसक्नेछ’ मन्त्री खनालले भने । दाङ जिल्ला उद्योग बाणिज्य संघले घोराहीमा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषि क्षेत्रको विकासका लागि योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । कृषि क्षेत्रमा अहिलेसम्म प्रभावकारी योजना निर्माण हुन नसकेकोले विकाश हुन नसकेको बताउदै उनले अव हरेक क्षेत्रमा योजना बनाउनु पर्ने बताए । नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहिरहेको भन्दै मन्त्री खनालले अब कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । नेपालमा ६६ प्रतिशत नागरिक कृषि पेशामा संलग्न भए पनि यसको विकास हुन नसकेको उनको भनाइ छ । ‘२ तिहाइ जनसंख्या कृषिमा संलग्नता हँुदा पनि बाहिरबाट आयात गर्नुपर्ने बाध्यताहुनु परनिर्भरता भएको उनको भनाई छ । त्यसैले अब कृषिलाई आधुनिक प्रविधिसँग जोडेर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।
सुरक्षीत कुखुरा तथा दाना ब्यवसायी समिति दाङले आयोजना गरेको प्रदेशस्तरीय पोल्ट्री महोत्सवको उद्घाटन गर्न मन्त्री खनाल दाङ आईपुगेका हुन् । ‘कुखुरापालन एवं बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ आयोजना भएको महोत्सव २० गते सम्म चल्ने छ ।
सुरक्षीत कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका अध्यक्ष नीमबहादुर बुढाथोकीका अनुसार महोत्सवमा प्रदेशको पहिचान झल्कने कुखुरा जन्य वस्तुको प्रदर्शनी गरिने छ । महोत्सवमा कुखुरा उत्पादनका साथै प्रशोधित वस्तुको प्रदर्शनी तथा बिक्री गरिने अध्यक्ष बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?