ट्रेंडिंग:

>> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने

रवि निला स्याल हुन्, बाघ मान्ने गल्ती नगरौं : डा. पौडेल

३ बैशाख २०८०, आईतवार
३ बैशाख २०८०, आईतवार

बुटवल, ३ बैसाख ।  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले रवि लामिछाने रंगमा पोतिएका नीला स्याल जस्तै भएको टिप्पणी गर्दै उनलाई बाघ मान्ने गल्ती नगर्न अपील गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत पौडेलले चितवन–२ मा यसपाली कांग्रेसका उम्मेदवार श्रेष्ठलाई विजयी गराउन अपिल गरेका हुन्।
‘चितवनमा यसपाली जनताको समस्यालाई स्टन्टको विषय बनाउनेहरूलाई हराऔं र सबक सिकाऔं। रंगमा पोतिएका नीला स्याललाई बाघ मान्ने गल्ती अब नगरौं,’ उनले भनेका छन्।
उनले जनताको समस्यालाई स्टन्टको बिषय बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पराजित बनाउँदै श्रेष्ठलाई विजयी​ गराउन आग्रह गरेका छन्।

‘मेरा मित्र जीतनारायण श्रेष्ठजी सानै देखी चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानीयको सुख दु:खमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो। गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिंदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ। जित नारायण स्टन्टवाज हैनन, यि अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्।

पौडेलले मंसिर ४ गतेको निर्वाचनमा आफूहरूले हार्दा कस्ता ‘क्षमतावान’ले जिते, जग जाहेर रहेको उल्लेख गर्दै गोजीमा नागरिकता नहुनेले देश बनाउने गफमा जनता भुलेको टिप्पणी गरेका छन्।

‘जसको गोजीमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले। सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटंकी ? पानी ओसार्ने नौटंकी ? कोही स्थानीयले सिइओको जागिर पाए ? एयरपोर्ट गएर कसैलाई ल्याइयो ? ’ उनले प्रश्न गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?