© २०२३
बुटवल,३ बैसाख । तिलोत्तमा बुद्धज्योति लायन्स क्लबको अध्यक्षमा देवबहादुर कुंवर निर्वाचित भएका छन् । क्लबको शनिबार ढोरपाटन रिसोर्ट भलबारीमा सम्पन्न वार्षिक साधारणसभाले वर्ष २०२३–२४ का लागि कुंवरको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयां कार्य समिति चयनका लागि क्लबका चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्का संयोजक रहेको निर्वाचन समिति गठन भएको थियो । क्लबको निवर्तमान अध्यक्ष (आईपीपी)मा गंगाराज सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण पन्थी,द्वितीय उपाध्यक्षमा उपेन्द्र अधिकारी,तृतीय उपाध्यक्षमा विनोद भण्डारी,सचिवमा करन राना,क्लब एडमिनिस्ट्रेटरमा शोभाखर खनाल,कोषाध्यक्षमा मेख कुंवर,सहसचिवमा हुतराज शर्मा,सहकोषाध्यक्षमा राजेन्द्र शर्मा र क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयर पर्सनमा टि.आर. शर्मा निर्वाचित भएका छन् । अन्य पदाधिकारी र सदस्य पछि चयन गरिने छ ।
नवनिर्वाचत अध्यक्ष कुंवरले क्लबले वार्षिक कार्ययोजना बनाएर स्वास्थ्य शिविर लगायत सामाजिक कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । सो अवसरमा चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्का,पुर्व अध्यक्षहरु नारायण पाण्डे,केशर थापा,गंगाराज सापकोटा लगायतले बोल्दै क्लबलाई चार्टर प्रेसिडेन्टको कार्यकालमा जस्तै चलायमान र गतिशील बनाउनुपर्ने धारणा राखेका थिए । क्लबले तिलोत्तमाको योगीकुटीमा नगरपालिकाको सुन्दरतामा योगदान पुराउने उद्देशयले करिब २० लाख लागतमा स्मार्ट हरियाली पार्क स्थापना गरेको छ ।