© २०२३
बुटवल,२९ चैत । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ प्रकरणमा मुछिएका ढाका कुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।
सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।
बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताए ।
श्रेष्ठले आफूलाई फसाउनको लागि सुनियोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गरेका छन् । उनले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी गरेका छन् ।