© २०२३
बुटवल, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै उनले अडियो इडिट गरेर बनाएको दावी गरे । आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गर्दै उनले आफू हिजो नै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताए। आफ्नो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको भन्दै त्यसप्रति क्षमायाचना गरे । ‘यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो’–उनको जिकिर थियो ।